युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 07:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नेताहरूलाई कस्ने नियम
Monday, 08.22.2011, 03:35pm (GMT+5.5)

काठमाडौं । विदेशी भन्नासाथ आफ्नो ओहदा र मर्यादा समेत भुलेर हतारहतार भेटघाटका लागि उत्सुक हुनेहरूका लागि सरकारले अंकुश लगाएको छ । सरकारले हालै मात्र पूर्व स्वीकृतिबिना र आफूभन्दा तल्लोस्तरका विदेशीलाई भेट्न नपाइने गरी "कूटनीतिक आचारसंहिता२०६८" जारी गरेको छ । आचारसंहिता अनुसार अब मन्त्री, संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च तहका पदाधिकारीले विदेशी सरकारका मन्त्री, राजदूत वा उच्च अधिकारीसंग भेट गर्दा पूर्व जानकारी गराउनुका साथै परराष्ट्र र सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्ने आचारसंहिता तयार गरेको छ । त्यसो त प्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूले भेट्न परे परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने नियम बनाउनुभएको थियो । उहाँको त्यस्तो नियम विशेष गरी भारतीय राजदूतप्रति लक्षित थियो । नेपालमा राजनीतिक नेताजस्तै गरी गाउँगाउँ, नेताका घरघर जुनबेला मनलाग्यो त्यतिबेला पुग्ने भारतीय राजदूतका लागि कूटनीतिक आचारसंहिताले ठूलै सकस उत्पन्न गर्नसक्छ तर त्यस्तो प्रबन्धले राष्ट्रको सम्मान भने जोगाउन सक्छ । यो आचारसंहिताले ओहदामा रहेकालाई मात्र होइन पूर्व प्रधानमन्त्री लगायत जिम्मेवार ओहोदामा रहिसकेका व्यक्ति र राजनीतिक दलका नेताहरूलाई पनि समेटिने भएपछि नेपालका राजनीतिक दलहरूभित्र बढ्दै गएको विदेशी प्रभाव कम गर्न ठूलो सहयोग पुग्नसक्छ । सरकारले ल्याएको आचारसंहिता मुलुकको आवश्यकतासंग गाँसिएको विषय भएकाले यसलाई ऐनकै रुपमा परिभाषित गर्नुपर्ने सुझाव पनि आउन थालेका छन् ।



Rating (Votes: )   
Share     Print


Other Articles:
हिन्दू राष्ट्रको माग (08.22.2011)
प्रधानमन्त्री खनालको राजीनामा, सहमतिको नाराभित्र सत्तास्वार्थको दुर्गन्ध : सरकार गठनको बाटोमा (08.15.2011)
राष्ट्रको परिचय नै मेटाउने कर्तुत (08.15.2011)
लुम्बिनीमा विशाल लगानी (08.15.2011)
प्राज्ञिक क्षेत्रको दास मानसिकता : विश्वविद्यालयको भविष्य डामाडोल (08.15.2011)
अस्तित्व देखाउन मौका (08.15.2011)
शान्ति र संविधानको बाटोमा नयाँखाले विमति (08.09.2011)
भदौ चौधलाई सम्बोधन गर्ने नयाँ रणनीतिको खोजी (08.09.2011)
अर्को वितण्डा मच्चिने भय (08.09.2011)
फ्रिक्वेन्सीमा तानिने सुडानमा छाडिने ? (08.09.2011)
रेमिट्यान्सले गरिबी घट्यो (08.09.2011)
विश्वविद्यालयहरूमा नियुक्ति (08.09.2011)
दलहरूभित्र बढ्दो गुटबन्दी : घोषित कार्यतालिका ओझेलमा (06.20.2011)
तीन साताको उपलब्धि शून्य (06.20.2011)
युगसम्वाद २४ वर्षमा (06.20.2011)
भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र (06.20.2011)
मूल्य बढे पनि अभाव (06.20.2011)
कसको नेतृत्वमा राष्ट्रिय सरकार ? (06.07.2011)
साठी दिनमा सय विषयको कुरा मिल्ला ? (06.07.2011)
चार वर्षपछि पनि भैललाई छाडेनन् (06.07.2011)



 
::| Latest News

 
[Page Top]