युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 07:27pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
अनर्गल अलाप-विलापको निरन्तरता
Monday, 08.29.2011, 02:11pm (GMT+5.5)

काठमाडौं संविधानसभाको निर्वाचन यता चारवटा बहुमतीय सरकार बने कुनै पनि सरकारका प्रधानमन्त्रीले मुलुकको आवश्यकता अनुसार काम गर्न सकेनन् अन्तरिम संविधान २०६३ मा व्यवस्थित गरिएको राजनीतिक सहमतिका आधारमा मात्र सरकार गठन गर्ने प्रावधानलाई संशोधन गरी बहुमतीय पद्धतिबाट पनि सरकार गठन हुने प्रावधान राखेपछि मुलुकको सत्ता राजनीतिमा सहमतिको अलाप गर्दै बहुमतीय खेलले निरन्तरता पाइरहेको गल्ती सुरुमै भएको हो पछिल्लोपटक प्रधानमन्त्री झलनाथ खनालको राजीनामा सहमतीय सरकार गठनको समयसीमा दलहरूले व्यर्थैमा खेर फाले १० दिनभित्र पनि सहमति जुटाउन सकेनन् बहुमतीय सरकारले काम गर्न सक्दैन भन्ने जान्दाजान्दै पनि नेताहरूले -आफ्नो आग्रह त्याग्न नसकेका कारण मुलुक चौथो बहुमतीय सरकारको भार बोक्न विवश हुन पुग्यो

संविधानसभामा वामपन्थीहरूको पूर्ण बहुमत संयोग नै मान्नुपर्छ यसबीचमा बनेको तीनवटा सरकारको नेतृत्व वामपन्थीले नै गरे तर उनीहरूले आफ्नो आदर्श, सिद्धान्त, दर्शन अनुसार काम गर्न सकेनन् राष्ट्रिय आवश्यकतालाई सम्बोधन पनि गर्न सकेनन् शान्ति संविधानको रट लगाएर आफ्नो जागीर मात्र पकाए संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीको कुर्सीमा आशन जमाए पनि उहाँहरूले शान्ति संविधानका लागि ठोस कार्य गर्न सक्नुभएन उहाँहरू तीनैजनाले काम गर्न पाइँन, काम गर्न दिएनन् काम गर्न सकिनँ भन्नु बाहेक अर्को बोल्ने वाक्य नै पाउनुभएको छैन यो नै नेतृत्वको विफलताको सूचक हो

बहुमतीय सरकारबाट मुलुकको समस्या समाधान हुँदैन भन्ने स्वीकारोक्ति विगतका तीनवटै प्रधानमन्त्रीले गर्नुभए पनि उहाँहरू तीनैजना सहमतीय सरकार गठनका लागि नाटक गर्नुबाहेक केही गरेको देखिएन सहमतीयको नाममा आफू आफ्नो दललाई सबैले स्वीकार्नुपर्ने आग्रहजन्य धारणा अहिले पनि प्रवाहित सहमतिको सरकार गठन गर्ने १० दिनको म्याद गुज्रेपछि बहुमतीय सरकारलाई सहमतीय सरकार बनाउने विगतको राग पुनः अलाप्न थालिएको बहुमतीयलाई सहमतीय बनाउन सकिन्थ्यो भने पहिला नै इमान्दार प्रयास किन भएन ? संकीर्ण स्वार्थ विदेशी प्रभावबाट मुक्त नेतृत्व विकसित नहुँदासम्म देश यसरी नै भौतारिइरहने निश्चित

राजनीतिक दलका नेताहरूमा मौलाइरहेको सत्ता स्वार्थको दुर्गन्धले सिंगो मुलुक दुर्गन्धित जताततै स्वार्थको दुर्गन्धले वातावरण दूषित बनिरहेको शान्ति संविधानको नाममा सत्ता प्राप्तिको खेल यति चरमोत्कर्षमा पुगेको कि -आफ्नो सत्ताको स्थापना नै अहिले एकमात्र अभीष्ट बन्न पुगेको शान्ति संविधानलाई रणनीतिक दाउपेचको औजार बनाएर सत्ता स्वार्थ पूरा गर्ने खेल निरन्तर चलिरहेको सहमति गर्ने बेलामा गर्न नसक्ने त्यसको समय बितेपछि सहमतिको विकल्प छैन भन्दै अरण्यरोदन गर्ने बाहेक अरु केही काम नेताहरुले गर्न सकेका छैनन्

भोलि संविधानसभाको म्याद सकिंदैछ यसबीचमा नयाँ सरकार सहज रुपमा गठन हुने सम्भावना त्यति नदेखिए पनि अघिल्लो पटकको जस्तो सत्र पटकसम्म प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने बाध्यताबाट भने मुलुकले मुक्ति पाएको अहिले व्यवस्थापिका संसद्को बैठकमा उपस्थित सांसद्ले अनिवार्य मतदानमा भाग लिनुपर्ने व्यवस्था गरिएकाले नतिजा छिटो आउनसक्छ यति हुँदाहुँदै पनि अनेक राणनीतिक चलखेल भैरहेका कारण परिणाम जस्तो पनि आउनसक्छ

मुलुकलाई संक्रमणकालबाट पार लगाउन आम सहमतिको विकल्प छैन सहमतिबिना शान्ति प्रक्रिया पनि निष्कर्षमा पुग्दैन संविधान लेखन कार्य पनि सम्पन्न हुँदैन यो वास्तविकताबाट कोही पनि बेखबर छैनन् तापनि त्यही सहमतीय भ्यागुते धार्नी कहिल्यै नपुग्ने विडम्वनापूर्ण स्थिति विद्यमान सरकारको नेतृत्व दावी गर्ने सबै दलले शान्ति संविधानलाई मूल एजेण्डा बनाए पनि त्यसमा इमान्दार प्रयास कहिल्यै नभएका कारण संविधानसभा नै प्रयोजनविहीन अवस्थामा पुगेको लाजै पचाएर बारम्बार संविधानसभाको म्याद थप्ने समयजति सत्ता संघर्षमै बिताउने गर्दा विगत तीन वर्ष तीन महिनाको समय त्यसै खेर गयो अहिले पनि सरकारको नेतृत्वको दावी गर्ने एकीकृत नेकपा माओवादी नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि यो यो काम यति यति समयभित्र सम्पन्न गरिसक्छौं भनेर स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सकेका छैनन् डोलमटोल शैलीमा अरुलाई झुक्याउने प्रवृत्तिकै निरन्तरता माओवादीले शान्ति संविधान लेखनको खाका ल्यायो तर त्यसमा सबैलाई सहमत गराउन सकेन नेपाली कांग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार बने यो यो गर्छु भन्यो तर त्यसमा पनि विश्वस्त हुने आधार छैन किनभने दलहरुको नियत नै सफा नभएपछि कागजमा जनाइएको प्रतिबद्धताको कुनै अर्थ रहँदैन जेजति कुराहरु दुई पार्टीेले अघि सारे त्यसमा विगतकोभन्दा नयाँपन केही पनि छैन

शान्ति संविधानप्रति इमान्दार रहने हो भने सरकारमा जो गए पनि त्यसले खासै फरक नपार्ने भए पनि त्यसैलाई रणनीतिक उपयोगमा ल्याउने गरिएको नेपाली कांग्रेसले हिजो माओवादी एमालेले सरकारको नेतृत्व गरे अब हाम्रो पालो भनेर अंशवण्डाको शैलीमा भाग मात्र खोज्यो, शान्ति प्रक्रियाको निष्कर्ष संविधान लेखन कार्य सम्पन्न गर्न अहिलेसम्म भएका सहमति जनाइएका प्रतिबद्धताभन्दा पृथक अवधारणा ल्याउन सकेन शान्ति संविधानको स्पष्ट मार्गचित्र अझै आएको छैन सत्ताका लागि अनेक दस्ताबेज बनाएर मात्र होइन त्यसको कार्यान्वयनका लागि पनि सबै दलहरूको सहमति जुटाउनु आवश्यक



Rating (Votes: )   
Share     Print


Other Articles:
नाकामा लुटिने क्रम बढ्यो (08.29.2011)
मुलुक पुनः बहुमतीय प्रणालीमा जाने निश्चित (08.22.2011)
चीनको उदार सहयोग ः नेपाल उच्च प्राथमिकतामा (08.22.2011)
राजनीतिको आडमा अराजकताको खेती (08.22.2011)
नेताहरूलाई कस्ने नियम (08.22.2011)
हिन्दू राष्ट्रको माग (08.22.2011)
प्रधानमन्त्री खनालको राजीनामा, सहमतिको नाराभित्र सत्तास्वार्थको दुर्गन्ध : सरकार गठनको बाटोमा (08.15.2011)
राष्ट्रको परिचय नै मेटाउने कर्तुत (08.15.2011)
लुम्बिनीमा विशाल लगानी (08.15.2011)
प्राज्ञिक क्षेत्रको दास मानसिकता : विश्वविद्यालयको भविष्य डामाडोल (08.15.2011)
अस्तित्व देखाउन मौका (08.15.2011)
शान्ति र संविधानको बाटोमा नयाँखाले विमति (08.09.2011)
भदौ चौधलाई सम्बोधन गर्ने नयाँ रणनीतिको खोजी (08.09.2011)
फ्रिक्वेन्सीमा तानिने सुडानमा छाडिने ? (08.09.2011)
अर्को वितण्डा मच्चिने भय (08.09.2011)
रेमिट्यान्सले गरिबी घट्यो (08.09.2011)
विश्वविद्यालयहरूमा नियुक्ति (08.09.2011)
दलहरूभित्र बढ्दो गुटबन्दी : घोषित कार्यतालिका ओझेलमा (06.20.2011)
तीन साताको उपलब्धि शून्य (06.20.2011)
युगसम्वाद २४ वर्षमा (06.20.2011)



 
::| Latest News

 
[Page Top]