युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 06:48pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
प्रधानमन्त्रीका लागि भयो यस्तो दौडधूप
Monday, 08.29.2011, 02:15pm (GMT+5.5)

काठमाडांै सहमतीय सरकार गठन गर्न असफल भएका दुई दल एकीकृत नेकपा माओवादी नेपाली कांग्रेसका प्रधानमन्त्रीका उम्मेदवारहरूले आफूलाई विजयी गराउन निकै ठूलो अभ्यासमा जुट्नुभयो संविधानसभामा दुई सय ३८ सिट बोकेर बसेको माओवादीका लागि मधेशी मोर्चाले मात्र समर्थन गरे बहुमत जुट्ने अवस्था थियो भने नेपाली कांग्रेसका लागि एमाले मधेशी मोर्चासहित अन्य साना दलको पनि समर्थन चाहिन्थ्यो यसबीच दुवै दल दललाई आकर्षित गर्ने अनेक प्रयास गर्न छाडेनन् एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष एवं प्रधानमन्त्रीका प्रत्यासी डा. बाबुराम भट्टराईले आफू प्रधानमन्त्रीमा निर्वाचित हुने विश्वास व्यक्त गरिरहनुभयो उहाँको पक्षमा विभिन्न टेलिभिजन च्यानलहरूले गरेको मत सर्वेक्षणले पनि ८० प्रतिशतभन्दा बढी जनता उहाँलाई प्रधानमन्त्रीका रुपमा हेर्न चाहेको देखाइए पनि उहाँका लागि पनि स्थिति सहज हुन सकेन यति हुँदाहुँदै पनि डा. भट्टराईले नेपाली काँग्रेस नेकपा (एमाले) एकापट्टी गए पनि मधेशकेन्द्रित साना दलको समर्थनमा आफू निर्वाचित हुने विश्वास कायम थियो

संविधानसभाको तेस्रो ठूलो दल तथा दुईपटक प्रधानमन्त्री खाइसकेको नेकपा एमालेले डा. भट्टराई पौडेल दुवैलाई समानान्तर रुपमा राखेर अन्तिम निर्णय जोसुकैको पक्षमा मतदान गर्नसक्ने निर्णय गरेको थियो माओवादीले अघिसारेको शान्ति संविधानको खाका विश्वासिलो नभएको भन्दै त्यसमा परिमार्जन गरे डा. भट्टराईका पक्षमा पनि विचार गर्न सकिने एमालेका केही नेताहरूले बताउनुभए पनि आधिकारिक रुपमा त्यस्तो सम्भावना नरहेका कारण नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलप्रति लचिलो नीति लिने निर्णय गरेको सार्वजनिक भएको थियो शनिबार बसेको पार्टी स्थायी समिति बैठकले एमाओवादीले सार्वजनिक गरेको शान्ति प्रक्रियाको खाका विश्वासिलो नभएको भन्दै शान्ति संविधानप्रति लिखित प्रतिबद्धता जनाएमा नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय भएको वरिष्ठ नेता माधवकुमार नेपालले बताउनुभएको थियो

त्यसो आफूलाई मध्यमार्गी दलका रुपमा परिभाषित गर्न खोज्ने तर दृढ निर्णय लिन नसक्ने एमाले नेताहरूको चरित्रगत प्रवृत्तिका कारण शर्तमाथि शर्त तेस्र्याउने काम भने गर्न छाडेको छैन एमालेले संसद्मा प्रस्तुत बजेटलाई कार्यान्वयन गर्न तयार भए नेपाली काँग्रेसलाई सघाउने निर्णय समेत गरेको थियो

संविधानसभाको दोस्रो ठूलो दल भैकन पनि पहिलो हुने दल एकीकृत नेकपा माओवादी तेस्रो दल नेकपा एमालेले सरकारको नेतृत्व गरिसकेको अवस्थामा अब आफ्नो पालो भन्दै अंशवण्डा खोजिरहेको नेपाली कांग्रेसले एमाओवादी बाहेकका दलहरूको समर्थनमा रामचन्द्र पौडेलको नेतृत्वमा सरकार निर्माण हुने विश्वास गरेको थियो विगतमा नेपाली कांग्रेसमै रहेका धेरै नेताहरू मधेशी दलमा आवद्ध भएका कारण कांग्रेसले उनीहरूको समर्थन पाउने अपेक्षा गरेको थियो त्यसो माओवादीले शान्ति संविधानको पक्षमा स्पष्ट एजेन्डा राख्दा समेत काँग्रेस एमाले सहमतीय सरकारका लागि तयार नभएको आरोप डा. भट्टराईको थियो

सत्ताका लागि निर्णायक तुरुप बोकेर बसेका मधेशी दलहरूभित्र एकमतले कुनै निर्णय हुन सकेन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को गत शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको निर्वाचनमा कसलाई सघाउने भन्ने निर्णय गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई दिएको थियो बैठकपछि सो दलका संसदीय दलका सचेतक रामजनम चौधरीले माओवादी वा काँग्रेस कसलाई सघाउने भन्ने निर्णय गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्षलाई दिइएको बताउनुभयो त्यसो बैठकले मधेसी मोर्चाले गर्ने निर्णयअनुसार नै प्रधानमन्त्रीका उम्मेदवारलाई पार्टीका सभासद्ले मतदान गर्ने पनि निर्णय गरेको

प्रधानमन्त्रीका दुबै प्रत्यासी नेताहरूले संविधानसभामा प्रतिनिधित्व गरेका कुनै पनि दलका नेतालाई भेट्न छुटाउनु भएन यसपटक विगतमा अछुतको व्यवहार गर्ने नेताहरूले संविधानसभामा एक्लो विपरीत धारको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासंग आफ्नो पक्षमा समर्थन जनाउन आग्रह गर्न पुग्नुभयो थापासंग भेटगर्न सर्वप्रथम नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेल सिंहदरबारस्थित राप्रपा नेपाल संसदीय दलको कार्यालयमा पुग्नुभएको थियो भेटमा काँग्रेसका तर्फबाट पौडेलका साथै महामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत नेताहरू हुनुहुन्थ्यो राप्रपा नेपालका तर्फबाट अध्यक्ष थापा, पार्टीका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङलगायत नेताहरूको सहभागिता रहेको थियो

भेटमा राप्रपा नेपाल पनि लोकतन्त्रवादी पार्टी भएकाले आफूहरूलाई सहयोग गर्न सकारात्मक रहेको काँग्रेस नेता केसीले जिकिर गर्नुभएको थियो भेटपछि प्रतिक्रिया दिंदै कांग्रेस नेता अर्जुन नरसिंह के.सी.ले मुलुकमा यतिबेला राष्ट्रवादी लोकतान्त्रिक शक्तिको एकता आवश्यक भएको धारणा राख्नुभएको थियो उता राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा राष्ट्रिय एकता दिवस मान्न तयार हुने दललाई आफ्नो पार्टीले सहयोग गर्ने अडान राख्नुभएको थियो

पौडेलले थापासंग भेट गरेलगत्तै माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले पनि उहाँसंग भेट गर्नुभएको थियो भेटका क्रममा उहाँले आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो

संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, हिन्दु राष्ट्र नेपालको माग गर्दै आन्दोलन चलाइरहेको राप्रपा नेपालले संघीयताको पनि चर्को विरोध गर्दैआइरहेको

प्रधानमन्त्रीको निर्वाचनका क्रममा ठूलो मोलमोलाई भएको खबर सूत्रहरूले बताएका छन् माओवादीको पक्षमा सजिलै बहुमत पुग्ने देखिएपछि मधेशी मोर्चामा आवद्ध केही दलहरूले मधेशका मुद्दामा सकारात्मक हुनेलाई मत दिने भन्दै कांग्रेसको तुलनामा माओवादीप्रति लचिलो रहेको धारणा प्रवाह गरिरहेका थिए भर्खरै खुलेको जेपी गुप्ताको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)ले डा. भट्टराईलाई समर्थन गर्ने घोषणा गरेको थियो त्यस्तै फुटेको तमलोपा उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम पनि डा. भट्टराईकै पक्षमा देखिएका थिए अन्ततः उनीहरुले डा. भट्टराईलाई नै समर्थन गरे चार बुँदामा सहीछाप गराएर



Rating (Votes: )   
Share     Print


Other Articles:
अनर्गल अलाप-विलापको निरन्तरता (08.29.2011)
अनर्गल अलाप-विलापको निरन्तरता (08.29.2011)
अनर्गल अलाप-विलापको निरन्तरता (08.29.2011)
नाकामा लुटिने क्रम बढ्यो (08.29.2011)
मुलुक पुनः बहुमतीय प्रणालीमा जाने निश्चित (08.22.2011)
चीनको उदार सहयोग ः नेपाल उच्च प्राथमिकतामा (08.22.2011)
राजनीतिको आडमा अराजकताको खेती (08.22.2011)
नेताहरूलाई कस्ने नियम (08.22.2011)
हिन्दू राष्ट्रको माग (08.22.2011)
प्रधानमन्त्री खनालको राजीनामा, सहमतिको नाराभित्र सत्तास्वार्थको दुर्गन्ध : सरकार गठनको बाटोमा (08.15.2011)
राष्ट्रको परिचय नै मेटाउने कर्तुत (08.15.2011)
लुम्बिनीमा विशाल लगानी (08.15.2011)
प्राज्ञिक क्षेत्रको दास मानसिकता : विश्वविद्यालयको भविष्य डामाडोल (08.15.2011)
अस्तित्व देखाउन मौका (08.15.2011)
शान्ति र संविधानको बाटोमा नयाँखाले विमति (08.09.2011)
भदौ चौधलाई सम्बोधन गर्ने नयाँ रणनीतिको खोजी (08.09.2011)
फ्रिक्वेन्सीमा तानिने सुडानमा छाडिने ? (08.09.2011)
अर्को वितण्डा मच्चिने भय (08.09.2011)
रेमिट्यान्सले गरिबी घट्यो (08.09.2011)
विश्वविद्यालयहरूमा नियुक्ति (08.09.2011)



 
::| Latest News

 
[Page Top]