युगसम्बाद साप्ताहिक

देशको सबैभन्दा जेठो अस्पताल भौतिक र प्रशासनिक रुपमै कमजोर
Monday, 09.19.2011, 02:57pm (GMT5.5)

काठमाडौं देशकै सबैभन्दा जेठो सर्वसाधारण जनतालाई सर्वाधिक बढी स्वास्थ्य सेवा प्रदान गर्ने वीर अस्पताल यतिबेला भौतिक प्रशासनिक दुवै रुपबाट जर्जर बन्न पुगेको यतिबेला वीर अस्पतालमा आवश्यक चिकित्सक कर्मचारीका अभावले सबै सेवा बन्द हुने अवस्थामा पुगेको अस्पतालले वर्षदेखि स्थायी कर्मचारी चिकित्सक नियुक्त गर्न नसकेको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन् यसैबीच स्वास्थ्य मन्त्री राजेन्द्र महतोले गत विहिबार वीर अस्पतालको निरीक्षण गरी अस्पतालको अवस्था देखेर अस्पतालका पदाधिकारीलाई तत्काल सुधार थाल्नु भन्दै हकार्नुभएको समाचार आयो वीर अस्पतालको हालत वर्षौं प्रयोगमा नआएको कोठाजस्तो देखिन्थ्यो बिरामीको बेडमाथि माकुराको जालो, ढल फुटेको, आकस्मिक प्रयोगशालाको भित्तामा पानी रसाइरहेको दृश्य देखेपछि मन्त्री महतोले यी काम गर्न कति करोड चाहिन्छ भन्दै अस्पताल पदाधिकारीहरूको सातो खानुभएको थियो उहाँले सात दिनभित्र अस्पतालमा सुधारको कामका लागि ठोस प्रस्ताव नल्याए मन्त्रालयले आवश्यक कदम चाल्ने चेतावनी समेत दिनुभयो

अवाञ्छित राजनीतिकरणबाट कारण चिकित्सकहरूको व्यापारिक मानसिकताका थिलथिलो भएको अस्पतालले अत्यावश्यकीय सेवा समेत पु¥याउन सकिरहेको छैन भएका उपकरणको मर्मत नगर्ने, मर्मतको नाममा लाखौं भ्रष्टाचार गर्ने, कर्मचारी यूनियनको अवाञ्छित चलखेल आदिले अस्पताल आफैं पक्षघातको शिकार हुन पुगेको एउटा पक्षले गरेको नियुक्ति अर्कोलाई चित्त नबुझ्ने सर्वसम्मत कोही हुनै नसक्ने भएपछि वर्तमान निर्देशक डा. बुलन्द थापालाई हटाउन कर्मचारी यूनियन लागिपरेको त्यसो डा. थापाले कुनै कार्यकुशलता देखाएको उदाहरण छैन उहाँ पनि कुनै शक्तिकेन्द्रकै इशारामा नाचिरहनुभएको अस्पतालका इमान्दार कर्मचारीहरू बताउँछन्

अस्पताललाई चाहिने जनशक्ति भर्नामा समेत राजनीति हुने हुँदा अस्पताल आवश्यक जनशक्ति पूर्ति गर्न समेत असमर्थ रहेको यसअघि अस्पतालका निर्देशक डा.बुलन्द थापाले अनावश्यक रूपमा करारमा ९१ जना कर्मचारीहरू नियुक्ति गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग राष्ट्रिय शतर्कता केन्द्रमा उजुरी परेपछि शतर्कता केन्द्रले अस्पताल प्रशासनलाई नियुक्ति बदर गर्न निर्देशन दिएको थियो सो अनुसार ३६ जना चिकित्सक स्टाफ नर्स, १४ ल्याब टेक्निसियन, फिजिलो थेरापिष्ट, रेडियो ग्राफर लगायतलाई हटाइएको थियो यतिबेला २४ चिकित्सक आवश्यक रहेको इमर्जेन्सी शाखा जना चिकित्सकको भरमा सञ्चालन भइरहेको समाचार हाल वीर अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका तर्पmबाट सय ३५ नेपाल सरकारको तर्पmबाट सय ३६ जना चिकित्सक, कर्मचारी, ज्यालादारी, करार स्थायी रूपमा कार्यरत छन् अस्पतालमा दैनिक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com