युगसम्बाद साप्ताहिक

विमान दुर्घटनामा १९ को मृत्यु
Monday, 09.26.2011, 02:31pm (GMT5.5)

काठमाडौं । अघिल्लो आइतबार गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति व्यहोरेको एक हप्ता नबित्दै मुलुकले अर्को दुर्घटना व्यहोर्नुपरेको छ । भूकम्पका कारण ११ जनाको ज्यान जानुका साथै अर्बौं बराबरको धनमालको क्षति भएको थियो । यसै गरी अस्ति आइतबार विहान बुद्ध एयरको माउन्टेन फ्ल्याइटबाट काठमाडौं फर्कदै गरेको एक जहाज ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त हुँदा १९ जनाको मृत्यू भएको छ । मृत्यु हुनेहरूमा ३ नेपाली, १३ भारतीय र एकजना जापानी नागरिक रहेका छन् । विमान आइतबार विहान साढे सात बजे दुर्घटनामा परेको थियो । जहाजमा क्याप्टेन जेवी ताम्रकार, पद्मा अधिकारी र एयर होस्टेज अस्मीता श्रेष्ठसहित जगत कर्माचार्य, शारदा कर्माचार्य र निराजन कर्मचार्य सवार थिए । जसमध्ये निराजनलाई स्थानीय बासिन्दाले जीवितै उद्दार गरे पनि उनको उपचारको क्रममा मृत्यु भएको थियो । बाक्लो कुहिरो र तुवालोको कारण विमान डाँडामा ठोकिएर दुर्घटना भएको अनुमान गरिएको छ ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com