युगसम्बाद साप्ताहिक

आधा जनसंख्या भोका
Monday, 10.17.2011, 03:20pm (GMT5.5)

काठमाडौं । नेपालमा कृषि पेशामा संलग्न ८० प्रतिशतमध्ये ५० प्रतिशत मानिस भोकै रहने गरेको एक तथ्यांकले जनाएको छ । विश्वमा खाद्य संकट उत्पन्न हुन नदिन हरेक वर्ष अक्टोबर १६ तारिखका दिन मनाइने विश्व खाद्य दिवसका क्रममा सो तथ्य सार्वजनिक भएको हो । यो दिवस विश्वमा खाद्य संकट हुन नदिन कृषि क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिनका लागि मनाउने गरिन्छ । विश्वमा १ करोड भन्दा बढी मानिस दैनिक भोकमरीको चपेटामा पर्ने गरेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com