| युगसम्बाद साप्ताहिक | ||||
|
बन्दुक बोक्ने चेतावनी Monday, 10.17.2011, 03:21pm (GMT5.5) काठमाडौं । आफूहरूको ६ सूत्रीय माग पूरा नभए बन्दुक बोक्ने चेतावनी निषाद् (माझी) संघले दिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले गत असोज २७ गते गणतान्त्रिक राष्ट्रिय निषाद संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेका मागहरू पूरा नगरे बाध्य भएर छुट्टै राज्यको माग गर्ने चेतावनी दिएका हुन् । राज्यको हरेक निकायमा निषाद् जातिलाई आरक्षणको व्यवस्था हुनुपर्ने, मत्स्य मन्त्रालयको स्थापना गरिनुपर्ने, जल सेनाको निर्माण गरिनुपर्ने, नदिनाला जलकरमाथि निषाद् जातिलाई विशेषाधिकार दिइनुपर्ने जास्ता ६ सूत्रीय माग उनीहरूको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||