युगसम्बाद साप्ताहिक

गोविन्द भट्टको अवसान
Monday, 10.17.2011, 03:22pm (GMT5.5)

काठमाडौं । प्रखर बुद्धिजीवी तथा प्रसिद्ध समालोचक गोविन्द भट्टको ७५ वर्षको उमेरमा असोज २५ गते राति हृदयघातले निधन भएको छ । मुटुमा समस्या देखिएपछि गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिनुभएका भट्टको उपचारकै क्रममा निधन भएको थियो । असोज २६ गते उहाँको पाथिर्व शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । दर्शनशास्त्रमा स्तातकोत्तर गर्नुभएका भट्ट माक्र्सवादी दर्शनका ज्ञाता हुनुहुन्थ्यो । विभिन्न समूहमा विभाजित नेपालका वामपन्थीहरूका उहाँ साझा व्यक्तित्व मानिनुहुन्थ्यो । उहाँले लामो समयसम्म रेडियो बेइजिङमा नेपाली भाषा विशेषज्ञका रुपमा काम गर्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ दिवंगत भट्टले गोरखापत्र संस्थानको अध्यक्ष र सगरमाथा दैनिकको सम्पादकका रुपमा रहेर संचार क्षेत्रमा पनि उल्लेखनीय योगदान दिनुभएको थियो ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com