| युगसम्बाद साप्ताहिक | ||||
|
कर्णाली विरुद्ध मोर्चाबन्दी Monday, 10.24.2011, 03:23pm (GMT5.5) काठमाडौं । भारतीय कम्पनी जीएमआरले हात पारेको माथिल्लो कर्णाली जलविद्युत आयोजना उसलाई बनाउन नदिन राजनीतिक दलहरू मोर्चाबन्दीमा लागेका छन् । लगानीको अनुपातमा अधिक लाभ दिने आयोजनाको रुपमा पहिचान भएको माथिल्लो कर्णालीबारे सम्झौता गर्दा राष्ट्रघात भएको भन्दै एनेकपा माओवादीको मोहन वैद्य पक्ष, नेमकिपा र जनमोर्चाले मोर्चाबन्दी गरी जीएमआरलाई निर्माण गर्न नदिने निष्कर्ष निकालेका छन् । यो मोर्चामा स्थानीय कांग्रेसी नेताहरू पनि सामेल हुने भएका छन् । यो आयोजना नेपालले आफैं आर्थिक स्रोत जुटाएर निर्माण गर्नुपर्ने माग उनीहरूको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||