| युगसम्बाद साप्ताहिक | ||||
|
चिनीया टोली नेपालमा Monday, 11.07.2011, 03:51pm (GMT5.5) काठमाडौं । चिनीया कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य लिउ चीको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डलले नेपालको सद्भावना भ्रमण गरेको छ । नेपाल र चीनबीच उच्च राजनीतिक तहमा सम्पर्क विस्तारको अपेक्षा राखेर नेपाल सरकारले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रस्तावित चीन भ्रमणअगावै चिनीया प्रधानमन्त्री बेन जियावाओको नेपाल भ्रमणको प्रस्ताव गरेको ज्ञात हुन आएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ केही दिनभित्रै चीन भ्रमणमा जानुहुने र दुई देशका प्रधानमन्त्रीबीचको भ्रमण आदान–प्रदानका निम्ति परामर्श गर्नुहुने कुरा पनि खबर सूत्रले बताएको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||