| युगसम्बाद साप्ताहिक | ||||
|
जनतालाई पीडामाथि पीडा Monday, 11.07.2011, 03:53pm (GMT5.5) काठमाडौं । सरकारले यातायात सेवा शुल्कमा आशातीत वृद्धि गरेपछि पेट्रोलियमको पुनः मूल्यवृद्धि गर्ने तयारी गरिरहेको थाहा भएको छ । यातायात व्यवसायीहरूले तेलकै मूल्यवृद्धिलाई अगाडि सारेर सरकारले तोकेभन्दा बढी मनपर्दी भाडा असुल्ने गरेका भए पनि यसमा कुनै नियन्त्रण नदेखिएको यात्रुहरूले बताएका छन् । सरकारले १३ रुपैयाँ तोकेको क्षेत्रमा यातायात व्यवसायीले १५ रुपैयाँ असुली गरिरहेका छन् । अर्कातिर प्रमुख राजनीतिक दलका भातृ संगठनका रुपमा चिनिएका विद्यार्थी संगठनहरूले शुल्क वृद्धिको विरोधमा वक्तव्यवाजी गरे पनि त्यो औपचारिकता निर्वाहमै सीमित छ । उपभोक्ता हितसंग सम्बन्धित संस्थाहरू पनि यसमा मौन प्रायः देखिएकाले सर्वसाधारण जनताको पीर मर्का थपिंदै गएको छ ।
|
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||