| युगसम्बाद साप्ताहिक | ||||
|
माओवादी बैठक आज Monday, 11.14.2011, 02:57pm (GMT5.5) काठमाडौं । डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभएदेखि नै चुलिंदै गएको एकीकृत नेकपा माओवादीभित्रको विवाद साम्य हुने कुनै लक्षण छैन । गत सोमबार पार्टीभित्रका विवाद अन्त्य गर्न तय गरेको केन्द्रीय समितिको बैठक आजका लागि सारिएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी केन्द्रीय सदस्यहरूलाई जानकारी गराइसकेको समाचारमा जनाइएको छ । उपाध्यक्ष मोहन वैद्य समूहले संस्थापन पक्षले पार्टी नीति विपरीत सात बुँदे सहमति गरेको भन्दै आन्दोलनको घोषणा गरेपछि पार्टीभित्र विवाद चुलिंदैगएको छ । वैद्य समूहले केन्द्रीय समिति बैठकमा छुट्टै प्रस्ताव लैजाने तयारी गरेको खबर सूत्रले बताएको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||