युगसम्बाद साप्ताहिक

जन्मस्थल सच्चाउन पत्र
Monday, 11.14.2011, 02:59pm (GMT5.5)

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थलबारे भारतले गरिरहेको गलत प्रचारलाई मान्यता दिंदै बेलायतको लण्डनस्थित विश्वप्रसिद्ध ब्रिटिस संग्रहालयको ‘द डिपार्टमेन्ट अफ एसिया कक्ष’ अन्तर्गत ‘द लाइफ अफ द बुद्ध’ शीर्षकमा बुद्ध भारतमा जन्मिएको उल्लेख गरी राखिरहेको छ । वर्षमा ६० लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने भनिएको यो संग्रहालयले गलत तथ्य राखेको भन्दै विश्व नेपाली साहित्य महासंघ अन्तर्गत गठित  नेपाल सम्बन्धी सो संस्थाले त्यसलाई सच्याउन सुझाव पठाएको समाचार छ । सूचना सुधार कार्यदलका संयोजक तथा बेलायतका लागि नेपालका पूर्व राजदूत मुरारिराज शर्मा र कार्यदल सदस्य डा. गोविन्दराज भट्टराईद्वारा हस्ताक्षरित सुझाव पत्रमा भनिएको छ– ‘विश्व सम्पदा सूचीमा रहेको तथ्यलाई ब्रिटिश संग्रहालयले आधार मान्नुपर्दछ ।’
भगवान् बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रमाण नेपालमा हँुदाहँुदै यस्तो गलत प्रचार हुनु आपत्तिजनक भएको भन्दै कार्यदलले संग्रहालयलाई सो गलत जानकारी अविलम्ब सच्चाउन आग्रह गरेको छ ।
साहित्य महासंघ र अन्य संघसंस्थाको सुझावका आधारमा बुद्धको जन्मस्थल सच्चाउने प्रक्रियामा संग्रहालय लागिसकेको जानकारी महासंघलाई प्राप्त भएको पनि महासंघका सदस्य विश्वासदीप तिगेलाले जानकारी दिनुभयो ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com