| युगसम्बाद साप्ताहिक | ||||
|
विज्ञप्तिको मिश्रित प्रभाव Monday, 11.21.2011, 04:20pm (GMT5.5) काठमाडौं । सरकारले सेना समायोजनका लागि पुनःवर्गीकरणको काम थाल्ने अघिल्लो दिन गत मंलगलबार एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले समायोजन प्रकृयामा सहभागी नहुन अपील गर्नुभयो । त्यसपछि पुनःवर्गीकरण प्रकृया भाँडिने हो कि भन्ने चिन्ता व्यक्त भए पनि वैद्य पक्षले शान्ति प्रक्रिया टुंग्याउने काममा आफूहरूले अवरोध नगरेको तर समायोजनले जनमुक्ति सेनाको अपमान गरेका कारण समायोजनमा नगएर स्वेच्छिक अवकाशमा जान मात्र भनेको स्पष्ट पारेको छ । वैद्यको विज्ञप्तिको मिश्रित प्रभाव परेको छ । अधिकांश लडाकुहरू समायोजन र स्वेच्छिक अवकाशमा गएका छन् । उनीहरूको रोजाईमा पुनःस्थापना प्राथमिक विषय बनेको पाइएन । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||