युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 03:10pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन
Wednesday, 01.13.2016, 12:55pm (GMT+5.5)

काठमाडौं । लामो समयको मौनता तोड्दै पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडे पनि नेपाल र नेपालीको आधारको भार परित्याग नगरेको बताउँदै एक विज्ञप्ति जारी गर्नुभएको छ । आइतबार एक वक्तव्य जारी गर्दै शाहले आफूले दरबार मात्र छोडेको नेपाली घरबार छोडेको छैन भन्दै मुलुकको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

२९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा वक्तव्य जारी गर्दै पूर्व राजा शाहले आफूले कसैको दवावमा गद्दी त्यागेको नभै राज परम्पराको पालना गरेको दावी गर्दै शाहले शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्रहित र राष्ट्रवासीको सुख, सम्मृद्वी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सुम्पेर आफूले दरवार छोडेको बताउनुभएको छ ।

शाहले पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलिरहने चेतना र प्रेरणाको कुरा राष्ट्रिय एकता र सदाशयता नै हो । हिमाल, पहाड र तराईका हामी सबै नेपाली यही फूलबारीमा जति बढी समाहित हुन सक्छौं उति नै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहन्छ । यस प्रकारको युग चेतना हुँदाहुँदै पनि अहिले हामी किन, दिग्भ्रमित छौं भन्ने प्रश्न उहाँले उठाउनुभएको छ ।

शाहद्वारा जारी विज्ञप्तिमा भनिएको, ‘अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ । नेपाली भएर सोच्ने, सम्झने दिन पुस २७ हो । यही दिन यहाँको पवित्र भूमिमा जन्मिएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नै हाम्रो यो आधुनिक राष्ट्रको संरचना र संयोजन भएको हो ।

त्यस्तै पूर्व राजा शाहले सोचनीय कुरा भन्दै देशभित्र अहिले विधि व्यवस्था, भूरचना र शासन प्रशासनका कुरालाई लिएर उत्पन्न बखेडालाई अनुचित समेत बताउनुभएको छ । मुलुक अर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादक र वाह्य निर्भरतावाट यतिखेर थप मार परिरहेको भन्दै चिन्ता जनाउँदै उहाँले नेपाली जनताले अहिले साँझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ त्यो गम्भिर चिन्ताको विषय भएको उल्लेख गर्नुभएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)
यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन (01.05.2016)
कहिले निस्कन्छ निष्कर्ष ? (01.05.2016)
पृथ्वीनारायण शाहको योगदान नभुलौँ (01.05.2016)
शिथिल भैसकेको मधेश आन्दोलन पुनः किन चर्किदै छ ? (12.22.2015)
राष्ट्रपतिलाई त यस्तो ? सामान्य महिलालाई कस्तो ?? (12.22.2015)
पुरानो कानुनले नयाँ संविधान कार्यान्वयनमा समस्या (12.22.2015)
बाटो खुल्यो पुनःनिर्माणको (12.22.2015)
सरकारले खुट्टा कमायो : देशले तत्काल निकास नपाउने (12.15.2015)
एकातिर नाकाबन्दी, अर्कोतिर बाँध (12.15.2015)
हिंसाले पाउने केही हैन (12.15.2015)
देशमा अकल्पनीय संकटको अवस्था (12.01.2015)
आफ्नालाई विदेशीले गोली हान्दा पनि मौन (12.01.2015)
कांग्रेसको अहिलेको बाटो र पाटो के हो ? (12.01.2015)
राष्ट्रिय स्वाधीनतामा कसैसँग झुकिंदैन (12.01.2015)
राष्ट्रिय एकता र अखण्डतामा नै आँचआउने खतरा (11.25.2015)
आन्दोलन आतंक किन बन्दैछ ? (11.25.2015)
कांग्रेस र एमाओवादीको मधेशमोहको निहितार्थ (11.17.2015)
भारतले तत्काल नाकाबन्दी हटाउने संकेत छैन (11.17.2015)
नाकाबन्दी गराएर हतियारको तस्करी (11.17.2015)



 
::| Latest News

 
[Page Top]