युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 12:05pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस
Wednesday, 01.13.2016, 01:04pm (GMT+5.5)

काठमाडौं । आधुनिक नेपालको एकीकरणकर्ता बडामहाराजा पृथ्वीनारायण शाहको जन्मदिनमा मनाइने राष्ट्रिय एकता दिवस १० वर्षपछि राज्यतह र सरकारका उपप्रधानमन्त्रीहरुको उपस्थितिमा मनाइएको छ । सिंहदरबारको पश्चिम प्रवेशद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकनेर मुलुकमा राजनीतिक परिवर्तनको घटनासँगै राज्यका निकायबाट औपचारिक कार्यक्रम गर्न छाडिएकामा १० वर्षपछि यस वर्षदेखि फेरि सुरु गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको अगुवाइमा पृथ्वीनारायण शाहको तस्बिरलाई बग्गीमा राखेर निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेर सिंहदरबारको पश्चिम ढोकामा पुगेको थियो । र्यालीमा नेपाली सेना, नेपाल प्रहरी र धिमेबाजाका साथै नेपाल स्काउटका छात्रछात्रा, बुद्धिजीवी, समाजसेवी तथा साहित्यकार सहभागी थिए ।

पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उपप्रधानमन्त्रीद्वय कमल थापा र सिपी मैनाली, उपसभामुख गङ्गाप्रसाद यादव, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वमन्त्री मोदनाथ प्रश्रितलगायतका व्यक्ति सिंहदरबार पश्चिम ढोका  पुग्नुभएको थियो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, नेताद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पनि सालिकमा माल्यार्पण गर्नुभयो ।

माल्यार्पणपछि उपप्रधानमन्त्री थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय पर्वको रुपमा सार्वजनिक बिदा दिएर मनाउन आफूले गरेको प्रयास सफल हुन नसकेकामा दुःख लागेको बताउनुभयो । अर्का उपप्रधानमन्त्री मैनालीले एकीकरणका नायक पृथ्वीनारायणको जयन्ती मनाउनुपर्छ भनेर उठेको आवाजलाई आफूले राष्ट्रियता र स्वाभिमानको अभिव्यक्तिका रुपमा लिएको बताउनुभयो ।

राप्रपाका अध्यक्ष चन्दले दक्षिणतर्फ अङ्ग्रेजको जगजगी भएको बेला साना टुक्रामा रहेका राज्यलाई बुद्धिमतापूर्वक एकीकरण गरेर पृथ्वी नारायणले नेपाललाई एकताको सूत्रमा बाँधेको बताउनुभयो । सो पार्टीका नेता राणाले नेपाली इतिहासकै सबैभन्दा ठूलो कद भएका व्यक्तिको रुपमा पृथ्वीनारायणलाई लिने गरिएको बताउनुभयो । त्यस्तै नेता डा. लोहनीले  नेपाल र नेपाली जनताका राष्ट्रपिताका रुपमा रहनुभएका पृथ्वीनारायणको परराष्ट्र र आर्थिक नीति आजको समयमा पनि उत्तिकै सान्र्दभिक रहेको छ भन्नुभयो ।नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति उप्रेतीले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभएकाले हामीले नेपाली भन्न पाएका छौँं भन्नुभयो ।  

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहले दक्षिणतर्फ अङ्ग्रेजको दबदबा रहेका बखत स–साना राज्य रजौटालाई एकीकरण गरेर विशाल नेपाल निर्माण गर्नुभएको थियो । त्यसो त माल्यार्पणका लागि भद्रकालीबाट सिंहदरबारतर्फ जान लागेको जुलुुसलाई निषेधित क्षेत्रका कारण प्रहरीले रोकेपछि सहभागीहरुले त्यही सभा गरेका थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)
यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन (01.05.2016)
कहिले निस्कन्छ निष्कर्ष ? (01.05.2016)
पृथ्वीनारायण शाहको योगदान नभुलौँ (01.05.2016)
शिथिल भैसकेको मधेश आन्दोलन पुनः किन चर्किदै छ ? (12.22.2015)
राष्ट्रपतिलाई त यस्तो ? सामान्य महिलालाई कस्तो ?? (12.22.2015)
पुरानो कानुनले नयाँ संविधान कार्यान्वयनमा समस्या (12.22.2015)
बाटो खुल्यो पुनःनिर्माणको (12.22.2015)
सरकारले खुट्टा कमायो : देशले तत्काल निकास नपाउने (12.15.2015)
एकातिर नाकाबन्दी, अर्कोतिर बाँध (12.15.2015)
हिंसाले पाउने केही हैन (12.15.2015)
देशमा अकल्पनीय संकटको अवस्था (12.01.2015)
आफ्नालाई विदेशीले गोली हान्दा पनि मौन (12.01.2015)
कांग्रेसको अहिलेको बाटो र पाटो के हो ? (12.01.2015)
राष्ट्रिय स्वाधीनतामा कसैसँग झुकिंदैन (12.01.2015)
राष्ट्रिय एकता र अखण्डतामा नै आँचआउने खतरा (11.25.2015)
आन्दोलन आतंक किन बन्दैछ ? (11.25.2015)



 
::| Latest News

 
[Page Top]