युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:42pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र
Thursday, 02.18.2016, 07:45am (GMT+5.5)

काठमाडौं । पालको जारी ऊर्जा संकट कम गर्न ठूलो सहयोग पुग्ने बहुचर्चित,ा नेपाली पूँजीमा निर्माण थालिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम पूर्व निर्धारित समयसम्म नसकिने भएको छ । आयोजनां २०७३ सालभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको थियो । ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरबको आयोजना भूकम्पको कारण एक वर्ष ढिला हुने भएको बताइएको छ ।

अब उक्त आयोजनाको काम २०७४ को अन्त्यतिर मात्र सम्पन्न हुने बताइएको छ । वैशाख १२ गतेको भूकम्पका कारण थलिएको आयोजनाको काम अझै चुस्त हुन सकेको छैन । विद्युत र पहुँचमार्ग मर्मत समस्याका कारण काम केही समयअघिदेखि सुस्तगतिमा अघि बढेको हो ।  सडक मर्मत पूरा भइनसकेको र पोल ढलेका कारण केन्द्रीय प्रसारण लाइनको बिजुली अवरूद्ध भएको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरूङ र विद्युत गृहको काम त्यसबाट प्रभावित बनेको छ ।

तामाकोसी आयोजनाका प्रवत्ता डा गणेश न्यौपानेका अनुसार  सिँगटी– लामाबगर सडकको गोगर लामाबगर सडकखण्ड पूर्णरूपमा क्षति भएपछि आयोजनाको सामान ढुवानी गर्न र मानिस आवतजावत गर्न समेत समस्या भएको छ । सदरमुकाम चरिकोटमा रासससित कुरा गर्दै प्रवत्ता न्यौपानेले सडक अवरूद्ध हँुदा आवश्यक सामग्री ढुवानी गर्न समस्या भएको र सुरूङमा जम्मा भएको पानी फाल्ने काम समेत प्रभावित बनेको बताउनुभयो ।   

आयोजनास्थल पुग्ने सडकको काभ्रे– भीरखण्डमा अत्यन्त जोखिम रहेको र मर्मतमा समेत समस्या भएकाले ढिलाइ भइरहेको न्यौपानेको भनाइ छ । उक्त खण्डको करिब २०० मिटर सडकलाई पुरानै ठाउँमा मर्मत गरेर वा सुरूङ मार्ग बनाएर लैजाने भन्ने विषयमा अध्ययन भइरहेको छ ।  

यस्तै सिँगटीबाट आयोजनाको विद्युत गृह रहेको गोङ्गरसम्मको ३३ केभी प्रशारण लाइनको करिब ४० वटा पोल भूकम्पबाट क्षति भएपछि आयोजना स्थलसम्म केन्द्रीय प्रशारण लाइनको बिजुली पुग्न समस्या भएको छ । “पेट्रोलियम पदार्थको अभाव हुँदा जेनेरेटरको सहयोगमा मात्र काम गर्न कठिन भएको छ” न्यौपानेले भन्नुभयो । यसले आर्थिक भार समेत बढ्ने देखिन्छ ।  

भूकम्पले क्षति पुर्याएको ३३ केभी प्रशारण लाइनको पोल मर्मत कार्य दुई हप्ताभित्र सकिने प्रवक्ता न्यौपानेले बताउनुभयो । केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेपछि मात्र काममा केही सहजता हुने छ । केन्द्रीय प्रशारण लाइनको बिजुली पुग्न नसकेको कारण अहिले दैनिक करिब ६ घण्टा जेनेरेटरको भरमा काम भइरहेको छ । भूकम्पले क्षति पुगेको पोल धमाधम मर्मतको काम भइरहेको र करिब १९ वटा पोल मर्मतको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)
यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन (01.05.2016)
कहिले निस्कन्छ निष्कर्ष ? (01.05.2016)
पृथ्वीनारायण शाहको योगदान नभुलौँ (01.05.2016)
शिथिल भैसकेको मधेश आन्दोलन पुनः किन चर्किदै छ ? (12.22.2015)
राष्ट्रपतिलाई त यस्तो ? सामान्य महिलालाई कस्तो ?? (12.22.2015)
पुरानो कानुनले नयाँ संविधान कार्यान्वयनमा समस्या (12.22.2015)
बाटो खुल्यो पुनःनिर्माणको (12.22.2015)
सरकारले खुट्टा कमायो : देशले तत्काल निकास नपाउने (12.15.2015)
एकातिर नाकाबन्दी, अर्कोतिर बाँध (12.15.2015)
हिंसाले पाउने केही हैन (12.15.2015)
देशमा अकल्पनीय संकटको अवस्था (12.01.2015)
आफ्नालाई विदेशीले गोली हान्दा पनि मौन (12.01.2015)
कांग्रेसको अहिलेको बाटो र पाटो के हो ? (12.01.2015)
राष्ट्रिय स्वाधीनतामा कसैसँग झुकिंदैन (12.01.2015)



 
::| Latest News

 
[Page Top]