युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री
Thursday, 02.18.2016, 07:49am (GMT+5.5)

काठमाडौं । नेपालमा राजनीतिक परिवर्तनपछि संविधान जारी गर्ने जस स्व. कृष्णप्रसाद भट्टराईपछि स्व. सुशील कोइरालालाई मात्र छ । २०४६ सालको परिवर्तनपछि संविधान सुधार सुझाव आयोगमार्फत भट्टराईले प्रजातान्त्रिक संविधान जारी गर्नुभयो । त्यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भनियो । त्यस्तै २०६२।०६३ को परिवर्तनपछि संविधानसभाबाट संविधान बनाउने भन्दै चारवटा सरकार बने तर ती चारैजना असफल भए । दोस्रो संविधानसभाको निर्वाचन गर्न प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बन्यो र त्यो निर्वाचनपछि बनेको सुशील कोइराला नेतृत्व सरकारले निर्धारित समयमा नसके पनि संविधान जारी गर्याे । तर यतिबेला तिनै कोइराला हामीबीच रहनुभएन ।

गत साता निधन हुनभएका पूर्वप्रधानमन्त्री कोइरालाले आफ्नो २० महिने प्रधानमन्त्रीत्वकालमा संविधानसभाबाट संविधान जारी गर्नेदेखि अन्य थुप्रै महत्वपूर्ण काम गरेर मुलुकलाई अतुलनीय योगदान पुर्याउनुभएको छ । विश्वकै सबभन्दा गरीब प्रधानमन्त्री भन्दै चर्चामा रहनुभएका कोइरालाको निधनपछि लोकतन्त्रवादी नेताको अभाव खड्किनेछ ।

पहिलो संविधानसभा संविधान जारी गर्ने अथक प्रयास गर्दा पनि स्वतः विघटन भएपछि  दोस्रो संविधानसभाको निर्वाचन २०७० मङ्सिर ४ गते सम्पन्न भएको थियो । उक्त संविधानसभाबाट काँग्रेस सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित भएपछि कोइराला २०७० माघ २७ गते व्यवस्थापिका–संसद्बाट अत्यधिक बहुमतका साथ प्रधामन्त्रीमा निर्वाचित हुनुभयो । 

विसं २०६७ असोज १– ४ गतेसम्म काठमाडाँैमा भएको काँग्रेसको १२ औँ महाधिवशेनबाट सभापतिमा निर्वाचित कोइरालाकै नेतृत्वमा पहिलो संविधानसभामा खुम्चिएको काँगे्रस दोस्रो संविधानसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएपछि उहाँको उचाइ थप बढेको थियो । 

नयाँ संविधान जारी गर्ने सन्दर्भमा प्रमुख दलबीच प्रदेशको सङ्ख्या र सीमाङ्कनमा ध्रुवीकरण बढेका बेला कोइराला नेतृत्वको सरकारले सबै दलबीच सहमति कायम गरेर संविधानसभाबाट संविधान जारी गर्ने कार्यमा अहम् भूमिका निर्वाह गर्याे । 

स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको छ दशक लामो लोकतान्त्रिक आन्दोलनमा कोइरालाको असाधारण योगदान रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक सङ्क्रमणकाललाई टुङ्ग्याएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न कोइरालाको सकारात्मक र दृढ भूमिका रहेको स्मरण गर्नुभयो । नेता कोइरालाले संविधान जारी गर्न देखाउनुभएको सकारात्मक भूमिका र दृढतालाई सबै नेपालीले सदा सर्वदा स्मरण गरिरहने उहाँको कथन थियो ।

कोइरालाले जहिले पनि एकता, सहमति, सहकार्य र मेलमिलापको राजनीतिलाई जोड दिनुभएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई अनुसरण गर्दै मुलुकमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

प्रधामन्त्रीमा निर्वाचित भएलगत्तै संविधानसभाबाट संविधान जारी गर्ने अठोट गर्नुभएका कोइरालाको सक्रियतामा नै मुलुकले इतिहासमा पहिलो पटक २०७२ साल असोज ३ गते संविधानसभाको करिब ९० प्रतिशत सहमतिमा संविधान जारी गर्ने अवसर प्राप्त गर्याे ।

केही मधेशकेन्द्रित दलले संविधानप्रति असन्तुष्टि जनाउँदै संविधानसभा बहिष्कार गरेपछि त्यसलाई सम्बोधन गर्न उहाँको सरकारले नै तत्काल संसद्मा संविधानको पहिलो संशोधन प्रस्ताव दर्ता गराएको थियो  । काँग्रेसकै सक्रियतामा संविधानको पहिलो संशोधन पारित भएपछि मधेशकेन्द्रित दलको आन्दोलन केही मत्थर भएको थियो भने भारतले सिमानामा गरेको अघोषित नाकाबन्दी पनि खुकुलो हुँदै यही माघ २२ गतेदेखि पूर्ण रूपमा खुलेको हो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि माघ २५ गते नाकाबन्दी र आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।  

काँग्रेस कावा सभापति रामचन्द्र पौडेलले कोइरालाको संविधान कार्यान्वयन गर्ने सपना पूरा गर्ने दायित्वलाई सबै मिलेर पूरा गर्नुपर्ने बताउनुभयो । कोइरालाकै नेतृत्वमा छ दशकदेखि नेपाली जनताको संविधानसभाबाट संविधान बनाउने कार्यको नेतृत्वदायी जिम्मेवारी पूरा भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रलाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने र समाज रूपान्तरणको जिम्मेवारीलाई हामी सबैले मिलेर पूरा गर्नुपर्छ ।”

विस २०७२ वैशाख १२ गतेको भूकम्पले अतुलनीय जनधनको क्षति पुर्याउँदा कोइरालाकै नेतृत्वको सरकारले धैर्य र संयमताका साथ उद्धार, राहत र पुनःस्थापनाको काम गरेको थियो । मुलुकमा ठूलो विपद् आउँदा पनि सरकारले आफूसँग भएको स्रोतसाधन परिचालन गरी तत्कालिक उद्धारको काम गरेको थियो ।

कोइराला सरकारले भूकम्पछिको पुनःनिर्माणका लागि सहयोग जुटाउन गत असार १० गते राजधानीमा ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना गरेको थियो । सो सम्मेलनमा कोइराला सरकारप्रतिको अन्तर्राष्ट्रिय दातृ निकायको विश्वासबाट करिब रू ४.४ खर्ब सहयोगको प्रतिबद्धता आएको थियो ।     

सो बाहेक कोइरालाको शासनकालमा खासगरी लामो समयदेखि विभिन्न मुलुकमा रिक्त राजदूतको नियुक्ति र  सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति भएको थियो । साथै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न महत्वपूर्ण मानिएका सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका साथै पदाधिकारीको नियुक्ति कोइराला सरकारको उपलब्धि मान्न सकिन्छ । 

त्यस्तै लामो समयदेखि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण हुन नसकेको अवस्थामा उहाँकै पालामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमन भयो भने लामो समयको अन्तरालमा नेपालमा नै दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को १८आंैँ सम्मेलन सम्पन्न भयो । 

काँग्रेसको आगामी फागुन २० देखि २३ गतेसम्म हुने १३ औँ महाधिवशेन अन्तर्गत स्थानीय तहका अधिवशेन जारी रहेका बेला कोइरालालाई पुनः सभापतिका लागि प्रमुख दाबेदारका रूपमा हेरिएको थियो तर स्थानीय तहका अधिवेशन जारी रहेकै बेला कोइराला अचानक कसैसँग केही भन्न नपाई उहाँले सबैलाई छाडेर जानुभयो  ।

स्वभावले त्यागी, इमान्दार र निष्ठावान् नेता कोइरालाले पटकपटक अवसर पाउँदाा पनि पदग्रहण गर्नुभएन । दोस्रो संविधानसभा निर्वाचनपछि उहाँ प्रधानमन्त्री बन्नुभयो र नेपालको राजनीतिमा संविधान जारी गर्ने प्रधानमन्त्रीका रूपमा स्मरणीय रहनुहुनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)
यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन (01.05.2016)
कहिले निस्कन्छ निष्कर्ष ? (01.05.2016)
पृथ्वीनारायण शाहको योगदान नभुलौँ (01.05.2016)
शिथिल भैसकेको मधेश आन्दोलन पुनः किन चर्किदै छ ? (12.22.2015)
राष्ट्रपतिलाई त यस्तो ? सामान्य महिलालाई कस्तो ?? (12.22.2015)
पुरानो कानुनले नयाँ संविधान कार्यान्वयनमा समस्या (12.22.2015)
बाटो खुल्यो पुनःनिर्माणको (12.22.2015)
सरकारले खुट्टा कमायो : देशले तत्काल निकास नपाउने (12.15.2015)
एकातिर नाकाबन्दी, अर्कोतिर बाँध (12.15.2015)
हिंसाले पाउने केही हैन (12.15.2015)
देशमा अकल्पनीय संकटको अवस्था (12.01.2015)
आफ्नालाई विदेशीले गोली हान्दा पनि मौन (12.01.2015)



 
::| Latest News

 
[Page Top]