युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 08:06pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने
Thursday, 02.18.2016, 07:51am (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शुक्रवार ७० जनाको भीमकाय टोली लिएर भारतको राजकीय भ्रमणमा जाने हुनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा फागुन ७ गतेदेखि ११ गतेसम्म हुनलागेको यो भ्रमणप्रति दुवै देशमा व्यापक चासो बढेको छ । नेपालको तराईमा साउन ३० गतेदेखि चलेको ‘मधेश आन्दोलन’ र नेपालमा असोज ३ गते नयाँ संविधान जारी भएपछि असन्तुष्टि प्रकट गर्दै त्यसको भोलिपल्टैदेखि भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपाल भारत सम्बन्धमा उत्पन्न भएको अविश्वास र जटिलताले दुई देशबीचको परम्परागत सम्बन्धलाई नै संकटमा पारेको जगजाहेर छ । भारतले नेपालविरुद्ध नाकाबन्दी गरी मानवीय समस्या खडा गरेर घुँडा टेकाउने र आफ्नो रणनीतिक मार्गचित्रमा हिँडाउने कसरत गर्दागर्दै नाकाबन्दी साँढे चार महिना लम्बियो तर नेपालले घुँडा नटेकेपछि भारतले अप्रत्यासित रुपमा नाकाबन्दी खोलेर प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउने तयारी गर्याे । भारतले आफ्ना पुराना मित्र रहेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति निवासमै राखेर विशेष आतिथ्य प्रदर्शन गर्दैछ । यस्ता भ्रमणका अवसरमा हुने गरेका लेनदेनका कुराले नेपाललाई धेरै नोक्सानीमा पार्नेगरेको अतीतको सम्झनाले अहिले पनि देशभक्त नेपालीलाई सशंकित पारिरहेको छ । यो भ्रमण नाकबन्दीले चिसिएको सम्बन्धलाई सामान्यीकरण गर्नमा मात्र सीमित हुने हो वा सुपुर्दगी सन्धिलगायत दीर्घकालीन असर पर्ने खालका सन्धि—सम्झौताहरू पनि प्रस्तावमा आउने हुन् भन्नेतिर आमचासो बढ्न थालेको छ ।

विश्लेषकहरूका अनुसार भारतले नाकाबन्दी अन्त्य गरी द्विपक्षीय सम्बन्ध सुधारका निम्ति प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि आमन्त्रण गरेर रणनीतिक स्वरुपमा परिवर्तन ल्याए पनि नेपाललाई आफ्नो मुठ्ठीभित्र राखिरहने सोच छोडेको छैन । नेपालको संविधानलाई आफ्नो स्वार्थरक्षा अनुरुप संशोधन गराउँदै जाने क्रम सुरु भैसकेको छ भने तराईमा दुई मधेश प्रदेशको रणनीतिक खेलबाट भारत पछिहटेको छैन । नेपाल भारतबीचको सम्बन्धलाई सतहमा जति नै अनुपम, जनस्तरमा विस्तारित र सांस्कृतिक धरातलमा आधारित भने पनि नेपालको राष्ट्रिय एकता, अखण्डता र स्वाधीनताका लागि त्यस्तै सतही धारणाहरू चुनौति बन्दैआएका छन् । नेपालका सत्ताकाङ्क्षी नेताहरुको कमजोर इच्छाशक्ति र आत्मसम्मानहीन व्यक्तित्वलाई सक्दो उपयोग गरेर नेपाललाई अक्करैअक्करमा पारेर सक्दो दोहन गर्ने भारतको चरित्र उदांग हुँदैआएको छ । नेपालका सत्ताधारीहरू वारम्वार भारतीय रणनीतिको खेलौना बन्दैआएका अनेक उदाहरणहरू छन् । भारतसितको बहुपक्षीय सम्बन्ध परिचालनका लागि एकीकृत राष्ट्रिय धारणा बनेकै छैन । भारतले नेपालका नदीहरूबाट ठूलो परिमाणमा पानी र बिजुली उपभोग गरिरहेको छ, बर्षेनी ६ खर्बभन्दा बढीको सामान नेपालमा निर्यात गरिरहेको छ र नेपालबाट बार्षिक ३ खर्ब बिप्रेषण भित्र्याउने गरेको छ तर प्रचारमा भने भारतले नेपाललाई ठूलो सहयोग गरिरहेको धुमधाम प्रचार हुने गर्दछ । भारतले नेपालको सीमित उत्पादनलाई पनि भारतमा अनेक व्यवधान खडा गरेर निकासीलाई निरुत्साहित गर्दैआएको छ । नेपालबाट वार्षिक एक खर्बको पनि निर्यात छैन । व्यापार घाटा हरेक वर्ष चरम रुपमा बढ्दो छ । यी समस्या सधैँ ढाकिनेगरेका छन् ।

नेपाल सधैं प्रायोजित अस्थिरता र अराजकताको जञ्जालमा फस्दैआएको छ । भारतले एकातिर सीमावर्ती क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता र कानून विपरीत तटबन्धहरू बनाएर नेपालभूमि डुबाउने कामको विस्तार गरिरहेको छ भने अर्कातिर सीमा अतिक्रमणको गति पनि रोकिएको छैन । भारतसितको सीमा सम्बन्ध झन्झन् जटिल बन्दैगएको छ । भारतले  नेपालको राष्ट्रिय सद्भाव, एकता र अखण्डताविरुद्धका प्रायोजित गतिविधिलाई निरन्तर प्रोत्साहन दिनेगरेका घटनाहरू उजागर हुँदैआएका छन् । जनसांख्यिक अतिक्रमणको त कुनै सीमा नै छैन । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा स्थापित गर्न चाहेको निर्देशनात्मक भूमिका निरन्तर उदांगिदैआएको छ । नेपालको जलस्रोत उपयोगमा एकलौटी उपभोगको चाहनाले सिर्जना गरेका समस्याहरू त्यत्तिकै जटिल बन्दैगएका छन् । नेपालका नदिनालाहरू ओगट्दैजाने तर सम्झौता अनुसारको निर्माण भने गर्दै नगर्ने क्रम चलिरहेको छ । अहिलेका प्रधानमन्त्री ओली लगायतका नेताहरूको सहयोगमा भएको एकीकृत महाकाली सन्धि २० वर्षको अन्तरालमा पनि बन्ने सुरसार छैन । हुँदा हुँदा अब भारतले आफ्नो सेनामा रहेका नेपाली युवाहरूलाई तेस्रो मुलुकमा खटाएर डलर आर्जन गर्ने नीति अख्तियार गर्न खोजेको समेत उदाङग भएको छ । प्रधानमन्त्री ओलीको सन्निकट भ्रमणका बेला दुई देशबीचको सम्बन्धलाई जटिल र कुण्ठित पार्दैआएका यस्ता समस्याहरूप्रति पनि ध्यान जानुपर्ने विश्लेषकहरूको धारणा छ । भारतको कर्मचारीतन्त्र र गुप्तचर संस्थाको संकीर्ण र षड्यन्त्रात्मक सोच र गतिविधिबाट निर्देशित नेपालसितको सम्बन्धलाई उच्च राजनयिक तहबाट परिचालित हुने गरी समझदारी विकास गर्न प्रधानमन्त्री ओलीको भारत भ्रमण लक्षित रहोस् भन्ने प्रबुद्ध विश्लेषकहरूको धारणा छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)
यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन (01.05.2016)
कहिले निस्कन्छ निष्कर्ष ? (01.05.2016)
पृथ्वीनारायण शाहको योगदान नभुलौँ (01.05.2016)
शिथिल भैसकेको मधेश आन्दोलन पुनः किन चर्किदै छ ? (12.22.2015)
राष्ट्रपतिलाई त यस्तो ? सामान्य महिलालाई कस्तो ?? (12.22.2015)
पुरानो कानुनले नयाँ संविधान कार्यान्वयनमा समस्या (12.22.2015)
बाटो खुल्यो पुनःनिर्माणको (12.22.2015)
एकातिर नाकाबन्दी, अर्कोतिर बाँध (12.15.2015)
सरकारले खुट्टा कमायो : देशले तत्काल निकास नपाउने (12.15.2015)
हिंसाले पाउने केही हैन (12.15.2015)
देशमा अकल्पनीय संकटको अवस्था (12.01.2015)



 
::| Latest News

 
[Page Top]