युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 08:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने
Wednesday, 03.09.2016, 11:31am (GMT+5.5)

काठमाडौं । वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति भएका घर निर्माणको लागि फागुनको अन्तिम सातदेखि दोलखाको सिङ्गटीबाट घर निर्माणका लागि रू ५० हजार अनुदान रकम वितरण कार्य सुरू हुने भएको छ । भूकम्प पीडितहरूले अघिल्लो वर्षा र जाडोमा कष्टकर जीवन बिताउनु परे प ियस वर्षको वर्षामाा सुरक्षित बस्ने आकांक्षा राखिरहेका बेला सरकारले  ढिलो गरी घर बनाउने अनुदान रकम वितरण गर्न लागेको हो ।

अझै पनि नियमावली र आधारहरू पूरै तयार नभैसके पनि काम देखाउने मेसोका रूपमा भूकम्पका कारण क्षतिग्रस्त घर तथा आवास निर्माणका लागि सरकारले घोषणा गरेकको रू दुई लाख अनुदान रकम वितरण गर्ने पुनःनिर्माण प्राधिकरणले गरेको हो । प्राधिकरणले पहिलो किस्ताबापत उक्त रकम वितरण गर्न लागेको हो । यसअघि प्राधिकरणले यही फागुन १२ र २० गतेदेखि रकम वितरण गर्ने योजना बनाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र नेपाली काँग्रेसको महाधिवेशनका कारण केही समय पर धकेलिए पनि रकम वितरणको काम सुरू गर्न लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । “सिङ्गटीबाट सुरू गर्न लागिएको अनुदान वितरण कार्यको अनुभव र सिकाइपछि व्यवस्थापनलाई थप परिमार्जन गरी दोलखाका थप गाविसमा समेत सो कार्य विस्तार गरिने र क्रमशः अरू जिल्लामा लगिनेछ”–उहाँले भन्नुभयो ।

निजी आवास निर्माणका लागि भूकम्पबाट क्षतिग्रस्त भएका घरधनीलाई सरकारले तीन किस्तामा रू दुई लाख अनुदान उपलब्ध गराउने घोषणा यसअघि नै गरिसकेको छ । स्थानीय निकाय र सम्बन्धित घरधनीबीच अनुदान सम्झौता भइसकेपछि पहिलो किस्ताअन्तर्गतको रू ५० हजार रकम बैंकमार्फत सम्बन्धित घरधनीको खातामा जम्मा हुने र सो रकम निकालेर घरधनीले आफूलाई अनुकूल समयमा आवश्यकताअनुसार निकालेर निर्माण कार्य सुरू गर्न सक्नेछन् ।

प्राधिकरणले काठमाडौँ, भक्तपुर र ललितपुरमा भने लगत सङ्कलनको कार्य सुरू गरेको छैन । यी तीन जिल्लाबाहेक ११ जिल्लामा भने आइतबार एक हजार ४७ जना इन्जिनियर परिचालन गरिएको छ । तथ्याङ्क विभागले घरमूलीको नाम, आर्थिक, समाजिक अवस्था एवम् भूकम्पले क्षति पु¥याएको घर तथा आवासको तस्बिर लिएको छ । प्रविधिको प्रयोग गरेर सबै विवरण विभागको केन्द्रीय कार्यालयमा आउने गरी तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।

यस्तै, प्राधिकरणले हिमाली तथा उच्च पहाडी क्षेत्रमा नक्सा बेगर पनि घर तथा आवास निर्माण गर्नदिने भएको छ । सामान्य आचारसंहिता हेरेर घर निर्माण गर्न सकिने गरी आवश्यक तयारी गरिएको छ । 

यस्तै, भूकम्प पीडित परिवारले आफ्नै घर तथा गाउँमा शाखारहित बैंकबाट सहजरूपमा अनुदान रकम लिनसक्ने व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको कथन छ ।

यस्तै, पुनःनिर्माण र पुनःस्थापनाको कार्यमा गैरसरकारी संस्थाको सहयोग परिचालन गर्नेसम्बन्धी छुट्टै कार्यविधि र भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणका लागि जग्गा दर्ता गर्दा अपनाउनुपर्ने कार्यविधिको तयारी भइरहेको छ । प्राधिकरणले सरकारी भवन, पुरातात्विक सम्पदा, विद्यालय भवन एवम् स्वास्थ्य केन्द्रलगायत संरचनाको पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको सो अवसरमा जानकारी दिइयो ।

आगामी वैशाखसम्मको कामबारे प्राधिकरणले कार्ययोजनासमेत सार्वजनिक गरिसकेको अवस्थामा आगामी पाँच वर्षका लागि पुनःनिर्माणको योजना र पुनःनिर्माणसम्बन्धी खाका तयार गरिरहेको जनाएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)
यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन (01.05.2016)
कहिले निस्कन्छ निष्कर्ष ? (01.05.2016)
पृथ्वीनारायण शाहको योगदान नभुलौँ (01.05.2016)
शिथिल भैसकेको मधेश आन्दोलन पुनः किन चर्किदै छ ? (12.22.2015)
राष्ट्रपतिलाई त यस्तो ? सामान्य महिलालाई कस्तो ?? (12.22.2015)
पुरानो कानुनले नयाँ संविधान कार्यान्वयनमा समस्या (12.22.2015)
बाटो खुल्यो पुनःनिर्माणको (12.22.2015)
एकातिर नाकाबन्दी, अर्कोतिर बाँध (12.15.2015)
सरकारले खुट्टा कमायो : देशले तत्काल निकास नपाउने (12.15.2015)
हिंसाले पाउने केही हैन (12.15.2015)



 
::| Latest News

 
[Page Top]