युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:28pm (GMT+5.5) Home Contact
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
मुख्य समाचार
 
कांग्रेस सभापतिमा देउवा
Wednesday, 03.09.2016, 11:33am (GMT+5.5)

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व अब पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवाले हाँक्ने निश्चित प्रायः भएको छ । पार्टी सभापतिमा उहाँको विजय सुनिश्चित देखिएको छ । यी पङ्ति लेख्दासम्म दोस्रो चरणको मतगणना जारी रहेको भए तापनि पहिलो चरणमा देउवाले प्राप्त गरेको अग्रतालाई उछिन्न प्रतिस्पर्धी रामचन्द्र पौडेलले नसक्ने मत प्राप्तिको आँकडाले नै इङ्गित गरेको छ । नेता देउवाले पहिलो चरणको मतगणनामा प्रतिद्वन्दीद्वय पौडेल र कृष्णप्रसाद सिटौलाले पाएको भन्दा बढी मत ल्याए पनि बदर मतका कारण ५० प्रतिशत नघाउन ११ मतको कमीका कारण दोस्रो चरणको मतदानमा जानुपरेको थियो । नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि छानिएका ३१  सय ६१ मतदाता मध्ये ३१ सय ४८ मत खसेकोमा पहिलो चरणमा देउवालाई १५६४ मत, पौडेललाई ११ सय ६० मत र सिटौलालाई ३ सय २४ परेको थियो भने १०० मत बदर भएका थिए । बदर मतको अधिकताले नै देउवाको पहिलो चरणको विजय अभियानलाई रोकेको थियो । सभापतिका तेस्रो प्रत्यासी सिटौलाले आफू कुनै पनि पक्षमा नलाग्ने भन्दै सोमबार नै विज्ञप्ति जारी गरी आफ्ना मतदाताहरुलाई धन्यवाद दिएर पार्टीको एकताको पक्षमा उभिन आव्हान गरेपछि देउवाको विजय अरु सुनिश्चित भएको थियो ।

हुन त मत परिणाम जस्तो पनि आउन सक्छ । तर, एकै रातमा देउवाले पाएको मत ठूलो परिमाणमा बदलिनसक्ने सम्भावना नरहेको र देउवाको विजय निश्चित प्रायः देखेपछि पौडेल र सिटौलाले पाएको मतको केही अंश पनि देउवाकै पक्षमा खस्ने प्रचूर सम्भावना रहेकाले देउवा नै कांग्रेसको सभापति बन्ने सुनिश्चित देखिएको छ । देउवाले पहिलो चरणमा पाएको मतको अन्तरलाई हेर्दा महामन्त्री र कोषाध्यक्ष लगायत अधिकांश सदस्य पनि उहाँकै समूहबाट विजयी हुने सम्भावना स्वतः देखिएको छ । यो निर्वाचनले वंशवादको छहारी खोज्ने र संस्थापन पक्षको नाममा चुनाव जित्न प्रयासरत पक्षलाई ठूलो धक्का दिएको प्रष्टै देखिएको छ ।

यो हप्ता नेपाली जनताको समग्र ध्यान नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नै केन्द्रित थियो । अहिले क्रियाशील दलहरू मध्ये सबभन्दा पुरानो, २००७ साल, २०४६ साल र २०६२।०६३ सालका परिवर्तनकारी निर्णायक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र हालको संसदमा पनि सबभन्दा ठूलो दलको रुपमा कांग्रेस पार्टी नै रहेकाले मुलुकभित्रका सवै राजनीतिक दलहरू र नेपालको आन्तरिक राजनीतिमा चासो राख्ने र चलखेल गरिरहेका वैदेशिक शक्तिहरूको ध्यान पनि उत्तिकै केन्द्रित थियो । कांग्रेसको महाधिवेशनमा चलखेल गर्न र चुनावी गतिविधिमा प्रभाव पार्ने निहित उद्देश्य राखेर  बहुचर्चित भारतीय गुप्तचर संंस्था ुरअुका पूर्व अधिकारी र कर्मचारीहरू दर्जनौंको संख्यामा काठमाडौंमा उपस्थित रहेका चर्चाले पनि राजनीतिक वृत्त र सञ्चार माध्यमहरुमा ठाउँ पाएको देखिन्थ्यो । नेपालको आन्तरिक राजनीतिमा भारतीय हस्तक्षेप निम्त्याउने पहिलो दल नै नेपाली कांग्रेस रहेको ऐतिहासिक तथ्य र त्यसलाई निरन्तरता दिने काम अझै पनि चलिरहेको कारण पनि कांग्रेस अधिवेशनमा भारतको चासो र परोक्ष संलग्नताका कुरा अकाट्य रहेको मानसिकता यो सन्दर्भमा पनि प्रकट भएको छ । कांग्रेसमा नेतृत्वको चयन प्रकरण र भावी सत्तासमीकरण वारे ुरअुको चासो र चलखेलवारे कांग्रेसभित्रै खुला चर्चासमेत हुनेगरेको छ । हार्ने पक्षले आफ्नो हारलाई आफ्नै कमीकमजोरी नमानी वैदेशिक शक्तिको चलखेलको परिणाम मान्ने प्रवृत्ति पनि कांग्रेसभित्र उत्तिकै रहेको कांग्रेसी सूत्रहरूकै पनि भनाइ रहने गरेको छ ।

पर्यवेक्षकहरू भन्दछन्  नेपाली कांग्रेसको १३ औं अधिवेशनका सन्दर्भमा काङ्रेसको विगत र वर्तमान वारे पनि थुप्रै बहसहरू भए । बहुसंख्यक कार्यकर्ताहरूले पार्टीलाई नेतामुखी होइन नीतिमुखी बनाउनुपर्नेबारे पनि गम्भीर बहस छेडे । तर महाधिवेशन भने पूरै कर्मकाण्डीय शैलीमा चल्यो । महाधिवेशनमा कार्यवाहक सभापति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति र कार्यक्रम संशोधनसहित पारित भयो तर नीतिगत र कार्यक्रमिक भिन्नताका कुनै कुरा छलफल र बहसमा आएनन् । कांग्रेसको युवा पुस्ता पनि आधुनिक प्रविधिको प्रयोग गरी चुनावी प्रचारमा उत्रिएको देखिए पनि नयाँ दृष्टिकोण र कार्यक्रम लिएर आउन सकेन । सैध्दान्तिक विचलन र वैचारिक स्खलनले वीपी कोइरालाको राजनीतिक चिन्तनधारबाट कांग्रेसलाई धेरै पर धकेलिसकेको भए पनि वीपीको नाम भजाएर राजनीतिक शाख राख्न खोज्ने र वंशवादलाई निरन्तरता दिने सन्दर्भहीन कसरत पनि उत्तिकै भयो । नेपालको राष्ट्रिय राजनीति वैदेशिक शक्तिको सुनियोजित जालोमा बेरिइरहेको कटु यथार्थलाई आत्मबोध गरेर नेपाली कांग्रेसलाई त्यो दुष्चक्रबाट मुक्त गर्ने सपना कुनै काङ्रेसले देखेको अनुबोध यो अधिवेशनले गराउन सकेन । 

नेपाली कांग्रेसकै नेतृत्वको सरकारले नयाँ संविधान जारी गरेको र त्यसको  कार्यान्वयनको अभिभारा पनि कांग्रेसकै रहेको सन्देश अधिवेशनका अवसरमा दिन खोजिएको भए पनि नेताहरूको ध्यान अब सत्ताकै खेलमा केन्द्रित हुने पनि निश्चित प्रायः नै छ । नेपालको राष्ट्रिय राजनीतिमा भारतीय हस्तक्षेपलाई आमन्त्रण गर्दै स्वाभाविक रुपमा ग्रहण गर्दै आएको अहिलेसम्मको स्थितिलाई नेपाली कांग्रेसको नव निर्वाचित नेतृत्वले परिवर्तन गर्ने हिम्मत गर्ला नगर्ला ? वर्तमान राष्ट्रिय सन्दर्भमा यो गम्भीर चासोको विषय छ । हामीले विश्वकै उत्कृष्ट संविधान बनायौं भनेर जति नै गर्व गरे पनि अनिश्चयकारी र अनिष्टकारी गतिविधि विस्तारका अनेक सम्भावनाहरू मडारिइरहेका छन् । राष्ट्रिय सार्वभौमिकता, एकता र अखण्डताका सामु निर्देशित रूपमा खडा गरिएका चुनौतीहरूको सामना कसरी गर्ने भन्ने जटिल समस्या मुलुकले झेलिरहेको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका सामु पार्टीभित्रको व्यवस्थापनको मात्रै चुनौती होइन राष्ट्रिय दायित्व निर्वाहको उत्तिकै ठूलो चुनौती पनि खडा रहिरहेको छ ।   

कांग्रेस सभापतिमा देउवा सुनिश्चित

Rating (Votes: )   
Share     Print

Other Articles:
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)
यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन (01.05.2016)
कहिले निस्कन्छ निष्कर्ष ? (01.05.2016)
पृथ्वीनारायण शाहको योगदान नभुलौँ (01.05.2016)
शिथिल भैसकेको मधेश आन्दोलन पुनः किन चर्किदै छ ? (12.22.2015)
राष्ट्रपतिलाई त यस्तो ? सामान्य महिलालाई कस्तो ?? (12.22.2015)
पुरानो कानुनले नयाँ संविधान कार्यान्वयनमा समस्या (12.22.2015)
बाटो खुल्यो पुनःनिर्माणको (12.22.2015)

::| Latest News

[Page Top]