युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:56pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ?
Tuesday, 03.15.2016, 02:16pm (GMT+5.5)

काठमाडौं । राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहेको नेपाली कांग्रेसको १३ औं महाधिवेशन पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवालाई सभापतिमा चयन गरी  उहाँलाई केन्द्रीय समितिमा पूर्ण बहुमत समेत दिएर सम्पन्न भएको छ । केन्द्रीय समितिमा निवाचित हुनेहरु सवैजसो नै पुरानै पिँढीका परिचित अनुहार छन् भने दलित, जनजाति, महिला, मधेशी, मुस्लिम हरेक आरक्षित स्थान पनि पुरानै अनुहारले ओगटेका छन् । महाधिवेशन प्रतिनिधिमा युवाहरुको दरो उपस्थिति रहेको र नयाँ अनुहारले पनि राम्रै स्थान ओगटेको भने पनि केन्द्रीय सदस्य निर्वाचनमा त्यसको कुनै प्रभाव देखिएन । कांग्रेस पुरानै शैली र संस्कारमा चल्ने निश्चित प्रायः देखिएको छ ।  नीतिभन्दा नेता प्रधानको संस्कारगत प्रक्रियामा चल्दैआएको नेपाली कांग्रेसलाई कोइराला परिवारकै विराशतमा चलाउने प्रवृत्तिले निरन्तरता पाउने सन्देश महामन्त्रीमा वीपी पुत्र डा. शशांक कोइरालाको विजय र डा. शेखर कोइराला र सुजाता कोइरालाको अग्रताले नै दिएको छ । कांग्रेस अब नीति प्रधानताको बाटोमा अग्रसर हुने सम्भावना क्षीण प्रतीत नै छ ।

यो महाधिवेशनको अवसरमा कार्यवाहक सभापति तथा देउवाका प्रतिद्वन्द्वी रामचन्द्र पौडेलद्वारा औपचारिकता निर्वाहका लागि प्रस्तुत नीति र कार्यक्रम सर्वसम्मत ढंगले पारित भए पनि ठोस् नीति र पूर्व निर्धा्रित कार्यक्रम अनुरूप कांग्रेस चल्ने संस्कार बस्ला भन्ने विश्वास  कांग्रेसीहरूबीचमै जागृत छैन । नयाँ नेतृत्त्व चयनपछि अब सत्ताकै खेल चर्कने सम्भावना प्रकट हुनथालेको राजनीतिक सूत्रहरूले बताएका छन् ।

नेपाली कांग्रेसभित्र गुटगत चलखेल र प्रतिस्पर्धा केन्द्रदेखि वडासम्म फैलिएको अवस्था छ । पार्टी एकता र समूहगत चलखेलको अन्त्यका जति नै आदर्शका कुरा गरे पनि र विराशतमा प्रजातान्त्रिक मूलधारको राजनीतिक नेतृत्व कांग्रेसले नै लिएको दावी हुनेगरे पनि नेपालको राजनीतिमा गैरप्रजातान्त्रिक अपसंस्कृतिको विकास गर्ने र  आन्तरिक राजनीतिमा बाह्यशक्तिको हस्तक्षेप निम्त्याउने काम पनि कांग्रेसले नै गरेको आम बुझाइ छ । कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा अन्तर्राष्ट्रिय क्षेत्रले देखाएको चासो र देउवाको विजयपछिको बधाई लहरले नेपालको आन्तरिक राजनीतिको दिशा निर्धारण र सत्ताको खेल दुवैलाई प्रभावित पार्ने तर्क विश्लेषकहरूले गर्न थालेका छन् । महामन्त्रीमा विजयमाला पहिरिनुभएका डा.शशांक कोइरालाले पार्टी अधिवेशनको पूर्वसन्ध्यामा बीबीसीलाई अन्तर्वार्ता दिँदै संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षता वारे पुर्विचार गर्न राख्नुभएको विचार र कांग्रेसभित्र हिन्दुराष्ट्रको पक्षमा अभियान चलाइरहेका खुमबहादुर खड्गाको दरो उपस्थिति र भूमिकाको प्रभाव नेपाली कांग्रेसको आन्तरिक जीवन र समग्रतामा राष्ट्रिय राजनीतिमा कुन रूपमा प्रदर्शित हुने हो भन्ने पनि उत्तिकै चासोको विषय बनेको छ । कांग्रेस आफ्नो पुरानै वैचारिक धारमा फर्किन्छ कि माओवादीद्वारा स्थापित एजेण्डाहरूलाई नै बोकेर अगाडि बढ्छ भन्ने पनि उत्तिकै चासोको विषय बनेको छ ।

कांग्रेसी सूत्रहरू नै भन्दछन्– कांग्रेसभित्र  आन्तरिक प्रजातन्त्रकै ठूलो अभाव छ । पार्टी सञ्चालनमा प्रजातान्त्रिक संस्कारको नितान्त अभाव छ । नेताहरूको दौराको फेर समातेर आफ्नो भविष्य निर्धारण गर्नखोज्ने प्रवृत्तिलाई नेताहरूले नै मलजल गर्ने प्रचलन छ । महाधिवेशनको ऐतिहासिक अवसरमा पनि  सिद्धान्त, विचार, नीति र कार्यक्रमवारे कुनै रचनात्मक बहस भएन । सवैको ध्यान चुनावमै केन्द्रित रह्यो । वैदेशिक शक्तिहरू पनि कसको पक्ष बलियो बन्दा पछि लाभ उठाउन सकिन्छ भन्ने हिसाब गर्दै भित्री खेलखेल्न सक्रिय रहे । मतदाताहरूले समूहगत मतदानलाई भन्दा क्रसिङ्मतलाई जोड दिएको परिणामले नै देखायो । यो कति सुनियोजित र कति रणनीतिक थियो भन्ने कुरा पनि रोचक बहसको विषय  नै बनेको छ ।

 राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको रक्षा र गतिशिलताका लागि नयाँ दृष्टिकोण, सैद्धान्तिक निष्ठापूर्ण विचार र नयाँ उर्जाको  खाँचो कांग्रेसभित्र  चर्को महशुस हुनथाले पनि नेतृत्वको ध्यान तेतातिर जाने सम्भावना क्षीण छ । कांग्रेसभित्र वैदेशिक शक्तिको चलखेल, प्रभाव र निर्दे्शित रुपमा सत्ताको खेलखेल्ने प्रवृत्ति मौलाएको छ । कांग्रेसभित्रको समूहगत राजनीति निर्मूल हुने कुनै लक्षण छैन बरू यो नयाँ चरणमा प्रवेश गरेको छ । 

टिप्पणीकारहरू भन्दछन्– नेपाली कांग्रेस पुरानो पार्टी मात्र होइन नयाँ युगलाई पच्छ्याउन नसक्ने दल पनि बनेको छ । अहिलेको डिजिटल युगमा पनि ३१ सय मत गन्न नौ दश दिन लगाएर कांग्रेसको व्यवस्थापनले रामरमिता देखाएको जगजाहेर नै छ । महाधिवेशनको उद्घाटन सत्रमा देखाइएको गाईजात्राले पनि कांग्रेसको व्यवस्थापकीय क्षमताको उपहास गरेको सवैले देखे । व्यवस्थापकीय अक्षमता र समूहगत प्रतिद्वन्द्वीताकै कारण बर्षौंदेखि भातृसंठनका अधिवेशनहरू पनि थाती रहेका छन । अग्रणी राजनीतिक दलको यो हालतले नेपालको समग्र राजनीतिलाई प्रभावित गर्दैआएको छ । वैदेशिक शक्तिको प्रभाव ग्रहण, विकृतिमूलक प्रकृतिका सत्ताका खेलहरू र समूहगत प्रवृतिका विकारहरूबाट मुक्त भएर  १३औं महाधिवेशनले चुनेको नेतृत्वले कान गर्ने चेष्ठा कति गर्ला त भन्नेतिर आम चासो बढेको देखिन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)
कांग्रेस सभापतिमा देउवा (03.09.2016)
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)
यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन (01.05.2016)
कहिले निस्कन्छ निष्कर्ष ? (01.05.2016)
पृथ्वीनारायण शाहको योगदान नभुलौँ (01.05.2016)
शिथिल भैसकेको मधेश आन्दोलन पुनः किन चर्किदै छ ? (12.22.2015)
राष्ट्रपतिलाई त यस्तो ? सामान्य महिलालाई कस्तो ?? (12.22.2015)



 
::| Latest News

 
[Page Top]