युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण
Tuesday, 03.15.2016, 02:16pm (GMT+5.5)

काठमाडौं । चिनीया प्रधानमन्त्री लि को निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतिक्षित चीन भ्रमण चैत्र ७ गते सुरू  हुँदैछ । यो भ्रमणको दूरगामी महत्वलाई लिएर राजनीतिक–गैरराजनीतिक हरेक क्षेत्रमा तीब्र उत्कण्ठा जागृत भएको छ । नेपाल र चीनबीचको सम्बन्ध नितान्त सुमधुर र संकटमुक्त छ । तर, चीनले गरेको उन्नतिको सानो झिल्को पनि नेपालमा खस्न भने पाएको छैन । भारतसंगको सम्बन्ध विशेष मानिए पनि बेलाबेलामा अत्यन्त अप्रीतिकर परिस्थितिको सिर्जना हुने गरेको पृष्ठभूमिमा पछिल्लो समय नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी ताजा पीडाको रूपमा रहेको छ । यो भ्रमणले भारत निर्भरताको जालो तोड्ने अपेक्षा गरिएको छ । यतिबेला चीनसंग भएको इन्धन लगायत व्यापार सहमतिलाई सम्झौता गरेर व्यापारको नयाँ ढोका खोल्ने आशा पलाएको छ । भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रविदहरूदेखि लिएर राजनीतिक दल र नेताहरूसंग भैरहेको परामर्शले पनि नेपाल–चीन सम्बन्धलाई बहुआयामिक बनाउन प्रेरित गरिरहेको पर्यवेक्षकहरूले बताएका छन् ।

चीनले मित्रताको दरिलो हात फैलाइरहेको वर्तमान समयमा नेपालले भारत निर्भरताबाट पार पाउने एउटा गतिलो अवसर यो भ्रमण हुने अपेक्षा बढ्दो छ । यो भ्रमणका बेला पारवाहन सन्धि र स्वतन्त्र व्यापार सम्झौता हुने र इन्धन आयातका निम्ति नेपालभित्रैसम्म  पेट्रोलियम पाइल लाइन ल्याइदिने, इन्धन प्रशोधनको व्यवस्था गरिदिने लगायतका प्रस्ताव गरेका उत्साहवद्र्धक खबरहरू सार्वजनिक भैरहेका छन् । त्यस्तै पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण, बूढी गण्डकी आयोजनाका लागि ऋण सहयोग तथा दुई देशबीच अन्तरदेशीय प्रशारण लाइन जस्ता ऊर्जासंग सम्बन्धित विषयमा पनि चिनीया चासो रहेको छ । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग जस्ता आयोजनालाई अघि बढाउने आधार प्रधानमन्त्री ओलीको यो भ्रमणले बनाउनुपर्नेछ । 

नेपालको आर्थिक विकासका निम्ति चिनीया लगानी अपरिहार्यता आमरूपमा महसुस हुन थालेको छ । चिनीया लगानीकर्ताहरूलाई नेपालको जलस्रोत, कृषि तथा औद्योगिक क्षेत्रमा अपेक्षाकृत आकर्षित गर्न नेपालले प्रयास गर्नुपर्दछ । चीनको प्रविधि र पूँजीको सदुपयोग हुन सके नेपालको आर्थिक कायापलट हुनसक्छ । चीनबाट अनुदान सहयोगभन्दा लगानी विस्तार गरी नेपालमा उत्पादन वृद्धि गर्ने र नेपालको उत्पादनलाई चिनीया बजारमा प्रवेश गराउने सोच नेपालले राख्नुपर्दछ । चीनले नेपाललाई दिएको सहुलियतको उपयोग गर्दै राष्ट्रिय उत्पादन र निर्यात बढाउनु आवश्यक छ । चीनलाई भरपर्दो विकास साझेदारका रूपमा अपनाउन सके नेपालको आर्थिक विकासको आधार खडा हुनसक्छ । नेपालको आर्थिक विकासमा चीनले सकारात्मक चासो राख्दैआएको छ । तर, नेपालले नै त्यसको लाभ लिन सकिरहेको देखिंैन । नेपालको पर्यटन प्रवद्र्धनमा पनि चीनको चासो बढेको छ । चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गरिरहेको छ । सन् २०३० सम्ममा एक करोड चिनियाँ बाह्य मुलुकको भ्रमणमा निस्कने अनुमान छ । त्यसको केही हिस्सामात्र नेपाल आए पनि नेपालको पर्यटनमा ठूलो टेवा पुग्ने विश्वास गर्न  सकिन्छ । 

प्रधानमन्त्री ओलीको भ्रमणमा यसअघि भएका सहमतिअनुसार इन्धन व्यापार लगायत अन्य व्यापारिक र लगानीका क्षेत्रमा सम्झौता हुनेछ । राष्ट्रिय चिन्तनशीलताका साथ चीनसंग हुने व्यापार सम्झौता र चीनले दिएको सुविधाका उपयोमा बढी ध्यान केन्द्रित गर्नु र त्यसलाई सफल कार्यान्वयनको दिशातिर लैजानु प्रधानमन्त्री ओलीको भ्रमणको मुख्य उद्देश्य हुनुपर्छ । नेपाल र चीनबीच व्यापारका लागि धेरै पूर्वाधार खडा भैसकेका छन् । भारत र चीनको व्यापारमा नेपाल ट्रान्जिट बन्नसक्नेमा कुनै शंका छैन । प्रधानमन्त्री ओलीको साताव्यापी चीनको औपचारिक भ्रमण मुलुकको भौतिक तथा आर्थिक विकासका पूर्वाधारको निर्माणमा सहायता जुटाउने र पारस्परिक सहयोग विस्तार एवं सद्भाव प्रवद्र्धनमा केन्द्रित हुने अपेक्षा नेपाली जनताले गरेका छन् । 

नयाँ संविधान जारी भएपछि आर्थिक विकासको बाटोमा लम्कने जमर्को गरेको नेपाल र विश्व अर्थतन्त्रको मियो बनेको चीनबीच भौतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक सहयोग आदानप्रदानबाट सहकार्य एवम् सहयात्रा गर्दै समुन्नत राष्ट्र निर्माणको पथमा अग्रसर हुने क्रममा प्रधानमन्त्री ओलीको यो भ्रमणले विशेष महत्व राख्दछ । यो भ्रमणलाई आम नेपाली र अन्तर्राष्ट्रिय समुदायले पनि उच्च चासो र रूचीका साथ हेरेका छन् । यही वर्ष नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष पूरा हुन लागेको सन्दर्भमा प्रधानन्त्री ओलीको चीन भ्रमण अरू विशेष महत्वको हुने बताइन्छ । 

पपर्यवेक्षकहरू भन्दछन्– चीनको सुरक्षा चासोलाई पूर्णतः विश्वस्त बनाउनु अत्यावश्क छ । नेपालमा चीन बिरोधी गतिबिधिलाई पूर्णतः रोक्नुपर्ने चीनको पटकपटकको माग छ । केही समय अघि मात्रै चिनीया परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले नेपाली पक्षसंग नेपालमा चीन बिरोधी गतिविधि बढेको गुनासो गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले चिनीया उच्च राजनीतिक नेतृत्वलाई यस विषयमा आश्वस्त पार्न कस्तो कूटनीतिक–राजनीतिक चातुर्यता प्रदर्शन गर्नुहुनेछ त्यो प्रतिक्षाको विषय छ । चीनको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी दुवै देशले साझा रणनीति एवं योजना बनाएर चीन विरोधी गतिविधि हुन नदिन सहकार्य गर्न पनि उत्तिकै आवश्यक छ । 



Rating (Votes: )   
Share     Print


Other Articles:
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)
कांग्रेस सभापतिमा देउवा (03.09.2016)
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)
यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन (01.05.2016)
कहिले निस्कन्छ निष्कर्ष ? (01.05.2016)
पृथ्वीनारायण शाहको योगदान नभुलौँ (01.05.2016)
शिथिल भैसकेको मधेश आन्दोलन पुनः किन चर्किदै छ ? (12.22.2015)
राष्ट्रपतिलाई त यस्तो ? सामान्य महिलालाई कस्तो ?? (12.22.2015)



 
::| Latest News

 
[Page Top]