युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.11.2019, 12:28pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
सरकार तयारी गर जनता पैसा हाल्न तयार
Tuesday, 03.29.2016, 03:56pm (GMT+5.5)

काठमाडौं । नेपालको विकासको प्रमुख तीन स्रोतमा सबभन्दा महत्वपूर्ण स्रोत  हो जल । जलस्रोतको विकासबाटै नेपालको कायापलट हुने कुरामा कसैको विमति पनि छैन । तर त्यही स्रोतको विकासका नाममा विदेशी पोस्ने मेसो मात्र भैरहेको छ । हालै सार्वजनिक भएको माथिल्लो कर्णालीको ‘परियोजना विकास सम्झौता’ सार्वजनिक  भएपछि नेपालमा कस्ताकस्ता खेल हुँदारहेछन् भन्ने प्रष्ट भएको छ । यो नै त्यस्तो पहिलो सम्झौता हैन । दशकौं बितिसक्यो ठूलठूला आयोजना ओगटेर राखिएको छ । परिणाम नेपाल अन्धकारमा छ ।

मुलुक चरम उर्जा संकटबाट गुज्रिन थालेपछि जलविद्युतको विकास गर्ने भन्दै सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी यतिबेला आयोजनाका लागि सर्वसाधारणसंग संकलनको क्रममा छ र उसले रु दुई अर्बको सेयर निष्काशन गर्दा देखिएको जनताको उत्साह निकै उत्साहजनक पाइएको छ । जनता हाम्रो पैसा जलविद्युतमा लगाउ भन्दै आव्हान गरेको सो घटनाले पुष्टि गरेको छ ।  जलविद्युत क्षेत्रमा आकर्षित गरिएको लगानी पछिल्लो दिनमा क्रमशः बढ्दै गएको छ । 

रु दुई अर्बको सेयर आह्वान गर्दा रु ४३ अर्ब बराबरको आवेदन परेको थियो । नागरिक लगानीका लागि तयार छन् र उनीहरु उचित लगानीकर्ताको प्रतीक्षामा छन् भन्ने पनि जलविद्युत कम्पनीको सेयरले स्थापित गरेको थियो । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्स्चेन्जमा आठ जलविद्युत कम्पनीको सेयर सूचीकृत भएको छ । यो क्रमलाई निरन्तरता दिएर जलविद्युत आयोजना संचालन गर्न सरकारले सोही अनुसारको तयारी गर्नु आवश्यक छ । जलस्रोतको विकास राष्ट्रिय हितका लागि राष्ट्रिय पूँजीबाटै बनाउने पहिलो प्राथमिकतामा राख्ने हो भने लगानी अभाव नहुने पनि देखिएको छ । पछिल्लो समय निर्माणमा क्रममा रहेका र निर्माण तयारीमा रहेका जलविद्युत आयोजनाले पनि स्थानीयवासीलाई सहभागी गराउँदै अगाडि बढाउने तयारी गरेपछि आकर्षण एकाएक बढेको हो । 

रसुवाको चिलिमे जलविद्युत आयोजनाले स्थापित मूल्य र मान्यताले नागरिकलाई जलविद्युत क्षेत्रप्रति आकर्षित गरेको छ । निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले सञ्चयकोषका बचतकर्तालाई सेयर सदस्य बनाइसकेको छ । बुटवल पावर कम्पनी, नेसनल हाइड्रो जस्ता नाम चलेका जलविद्युत कम्पनीले पनि नागरिकलाई सहभागी गराएर विभिन्न जलविद्युत आयोजना अगाडि बढाइरहेका छन् । 

सरकारले पछिल्लो दिनमा लिएको जलविद्युतमैत्री नीति एवम् लगानीमैत्री वातावरणका कारण पनि नागरिकको चासो जलविद्युत क्षेत्रमा बढ्दै गएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का उपाध्यक्ष शैलेन्द्र गुरागाईँ बताउनुहुन्छ । “नेपालीसँग पैसा छ, उनीहरु लगानीका लागि तयार छन् भन्ने बजारमा स्थापित भएको छ, अब मात्रै आकर्षक परियोजना चयन गरेर युद्धस्तरमा निर्माणमा जानुपर्छ,  सबैले त्यसका लागि प्रयत्न गर्नुपर्छ”–गुरागाईँले भन्नुभयो ।  गुरागाईँ नै अध्यक्ष रहेको ङयादी समूहले यसै महिनाको तेस्रो साता  नौ लाख ७३ हजार कित्ता सेयर सर्वसाधरणका लागि जारी गर्न लागेको छ । करिब रु तीन अर्ब बराबरको आवेदन पर्ने सो समूहले विश्वास लिएको छ । 

जलविद्युत लगानी तथा विकास कम्पनीले यसै महिनाको अन्त्यसम्म सर्वसाधारणका लागि निष्काशन गरेको सेयरको प्रमाणपत्र वितरण गर्ने भएको छ । कम्पनीले गत कात्तिक १२ देखि २९ गतेसम्म प्रतिकित्ता रु एक सय अङ्कित दरको करिब रु दुई अर्बको सेयर नागरिकलाई प्रदान गर्ने प्रयोजनका साथ निष्काशन गरेको थियो । कम्पनीको सेयरमा तीन लाख बढीले लगानी गरेका थिए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारका अनुसार नागरिकमा लगानीको क्षमता छ भन्ने कुरा आफ्नो कम्पनीको सेयरमा देखिएको उत्साहले पनि स्पष्ट भएको छ । कम्पनीले ५०० कित्तासम्म आवेदन गर्नेलाई ५६ कित्ता सेयर दिएको छ । यस्तै यही चैत ५ गते  जलविद्युत लगानी तथा विकास कम्पनी र काबेली इनर्जीबीच काबेली जलविद्युत आयोजना निर्माण गर्ने सम्बन्धमा वित्तीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । लामो समयदेखि अड्कँदै आएको सो सम्झौताले पनि जलविद्युत क्षेत्रमा उत्साहको सञ्चार गरेको छ । काबेली इनर्जीले निर्माण गर्न लागेको ३७.६ मेगावाट क्षमताको सो आयोजनामा विश्व बैंकले रु चार अर्ब लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल सरकार र बैंकबीच २०७१ साल मङ्सिर ८ गते नै हस्ताक्षर भइसकेको छ । सरकारले उक्त बैंकसँग रकम लिएर काबेली इनर्जीलाई प्रदान गर्ने प्रावधान बमोजिम वित्तीय सम्झौता भएको हो । 

इपानका पूर्व अध्यक्षसमेत रहनुभएका सुवर्णदास श्रेष्ठको कम्पनी सानिमा माई हाइड्रो पावरले राष्ट्रिय प्रसारणमा यसै वर्ष मात्रै २९ मेगावाट विद्युत जोड्न सफल भएको छ । यस्तै पूर्व लमजुङको छ्याङ्दी खोलामा निर्मित छ्याङ्दी खोला जलविद्युत आयोजनाले पनि दुई मेगावाट विद्युत उत्पादन सुरु गरेको छ । सरकारले सहजीकरण मात्रै गरिदिने हो भने नेपालीको लगानीमा नै मझौला तथा ठूला आयोजना पनि अगाडि बढाउन सकिन्छ भन्ने स्थापित भएको श्रेष्ठको भनाइ छ । गत वैशाख १२ गतेको भूकम्प र भारतको अघोषित नाकाबन्दीले केही अवरोध गरे पनि जलविद्युत क्षेत्रमा क्रमशः लगानीको वातावरण बन्दै गएको छ । 



Rating (Votes: )   
Share     Print


Other Articles:
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ? (03.15.2016)
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण (03.15.2016)
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)
कांग्रेस सभापतिमा देउवा (03.09.2016)
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)
यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन (01.05.2016)
कहिले निस्कन्छ निष्कर्ष ? (01.05.2016)
पृथ्वीनारायण शाहको योगदान नभुलौँ (01.05.2016)



 
::| Latest News

 
[Page Top]