युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 07:42pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
पौडेललाई पन्छाउने देउवाको प्रयास
Tuesday, 03.29.2016, 03:56pm (GMT+5.5)

काठमाडौं । नेपाली कांग्रेसको ३ औं महाधिवेशनअघि सभापतिका दावेदार शेरबहादुर देउवाले अर्का दावेदार रामचन्द्र पौडेललाई सभापति उम्मेदवार नबनी संसदीय दलको नेता बन्न गरेको प्रस्ताव अस्वीकार गरियो । पौडेल र देउवा दुबै सभापतिका प्रतिस्पर्धी भएर दोस्रो चरणको निर्वाचनबाट देउवा विजयी भएपछि अहिले पौडेल आफू पाखा परिने भय उत्पन्न भएको छ । पहिलो चरणको निर्वाचनमा विजयी मत (५० प्रतिशतभन्दा बढी) पाउन ११ मत नपुगेपछि देउवाले पुनः सोही प्रस्ताव गर्दा पनि पौडेलले स्वीकार नगरेपछि अहिले त्यही प्रस्ताव लिएर देउवाको दैलो चाहार्दै हुनुहुन्छ ।

उतिबेलाको संसदीय दलका नेताको प्रस्ताव नमानेका पौडेल अहिले भने आफू संसदीय दलको नेता बने पार्टी सन्तुलित हुने भन्दै देउवालाई फकाउन तल्लिन हुनुहुन्छ । यति मात्र हैन पौडेल निकटका नेताहरुले यसका लागि लविङ नै सुरु गरेका छन् । तर, देउवा भने जसरी पनि पौडेललाई पन्छाउने प्रयासमा रहनुभएको छ । देउवा स्वयं संसदीय दलको नेता बन्ने चाहनामा हुुनुहुन्छ । यदि यसो भयो भने पौडेलको राजनीतिक भविष्य कहाँ गएर ठक्कर खाने हो यसै भन्न सकिने स्थिति छैन । हिजो सहमतिमा नआउने आज निर्वाचन हारेपछि सहमति खोज्ने पौडेलको चाहनालाई देउवाले कुनै जवाफ दिनुभएको छैन । देउवा स्वयंले पौडेललाई भेटेर आफूलाई नै संसदीय दलको नेतामा समर्थन गर्न आग्रह गरेपछि पौडेलमा झस्को पसेको छ । त्यसैले उहाँ आफ्ना पक्षका नेताहरुलाई सभापति देउवालाई फकाउने जिम्मा दिनुभएको छ ।

यसै क्रममा पौडेल पक्षका नेताहरू प्रकाशमान सिंह, डा रामशरण महत लगायतले पौडेललाई संसदीय दलको नेता बनाउन सभापति देउवासंग आग्रह गर्नुभएको छ । 

पौडेललाई संसदीय दलको नेता बनाउँदा पार्टीलाई सहमतिका आधारमा अगाडि बढाउन सजिलो हुने सिंह र महतको भनाइ थियो । त्यसो त उहाँहरूको आग्रहलाई सभापति देउवाले सकारात्मक रूपमा लिँदै साथीहरूसँग सल्लाह गरेर निर्णय लिने जवाफ दिनुभएको थियो । 

स्मरणीय के छ भने नयाँ नेतृत्व चयन भएपछि बसेको कांग्रेसको पहिलो बैठकले काँग्रेसको संसदीय दलको निर्वाचन पूर्व घोषित मितिभन्दा दुईदिन पछि चैत्र २४ गते हुने भएको छ । 

निर्वाचनका लागि नवनिर्वाचित केन्द्रीय कार्यसमितिले तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा रहेको समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र गुरुराज घिमिरे रहनुभएको छ । समितिले यसै हप्ता बैठक बसेर निर्वाचनको मिति घोषणा गर्ने समितिका सदस्य पाण्डेले जानकारी दिनुभयो । 

व्यवस्थापिका–संसद्को आधिकारिक वेभसाइटका अनुसार काँग्रेसका अहिले १९८ जना सांसद रहनुभएको छ । तीमध्ये १०६ जना प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ भने ९२ जना समानुपातिक तर्फबाट सांसद हुनु भएको हो ।

त्यसो त नेपाली कांग्रेसको संसदीय दलका नेताको टुंगो लाग्नासाथ वर्तमान सरकारको भविष्य कहिलेसम्म हुन्छ भन्ने निर्धारत हुने पनि राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् । यदि देउवा नै संसदीय दलको नेता बनेमा सरकार केही समय अरु लम्बिनसक्छ भने पौडेल संसदीय दलको नेता बनेमा वर्तमान सरकारको विकल्प खोजिने सम्भावना प्रवल छ । पौडेल निकटका नेताहरु सरकारको विकल्प खोज्नुपर्ने बेला आइसकेको बताउन थाल्नुको रहस्य पनि यही हो ।

विगतमा १७ पटकसम्म प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित हुनुभएका रामचन्द्र पौडेललाई जसरी पनि प्रधानमन्त्री हुने आकांक्षा कायमै छ । उहाँ आफूलाई हार्ने उम्मेदवार बनाएर पार्टीले बलिको बोको बनाए पनि लोकतन्त्रको अभ्यासमा डटिरहेको बताउँदै अवसर आउँदा पनि आफूले नै पाउनुपर्ने दावी गरिरहनुभएको छ ।

उता सभापति देउवा भने पौडेल संसदीय दलको नेता बनेमा पार्टीलाई सरकारा जानबाट रोक्नेतिर लाग्ने रणनीतिमा हुनुहुन्छ । यतिबेला उहाँलाई आफ्नै पूर्व तर्क र अडान कार्यान्वयन गर्ने चुनौति पनि छ । देउवाले सुशील कोइराला सभापति भएपछि आफूलाई संसदीय दलको नेता बनाउन आग्रह गर्दै एकै व्यक्ति पार्टीको सभापति र संसदीय दलको नेता बन्नुभन्दा फरक फरक व्यक्ति त्यहाँ हुनुपर्ने माग राख्नुहुन्थ्यो । हुन त देउवाको यो तर्कलाई नकार्नेमा पौडेल पनि एक हुनुहुन्छ । 

नेपाली कांग्रेस पहिलोपटक कोइराला कोटरीबाट बाहिर निस्केको आम बुझाइकाबीच देउवाले पार्टी संचालनको शैली विगतको जस्तो नबनाएर सहमतिमै लैजाने गरी पौडेललाई उचित भूमिका दिएमा उहाँका लागि पनि सजिलो नै हुने कांग्रेसीजनकै सुझाव छ । तर, दुबै पक्षमा रहेकाहरुबाट भने दिनै नहुने र दिनैपर्ने एकोहोरो तर्कले भने कांग्रेस विगतकै शैलीमा अघि नबढ्ला भन्न सकिन्न ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ? (03.15.2016)
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण (03.15.2016)
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)
कांग्रेस सभापतिमा देउवा (03.09.2016)
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)
यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन (01.05.2016)
कहिले निस्कन्छ निष्कर्ष ? (01.05.2016)
पृथ्वीनारायण शाहको योगदान नभुलौँ (01.05.2016)



 
::| Latest News

 
[Page Top]