युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 08:05pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
भारतको खलनायकी भूमिका
Tuesday, 03.29.2016, 03:58pm (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा १० बुँदे सम्झौता भएपछि भारतले पुनः खलनायकी भूमिका निर्वाह गर्ने संकेत गरेको छ । सम्झौता भएको भोलिपल्टै काठमाडौंस्थित भारतीय दूताबासमा मधेशवादी दलका नेताहरुलाई बोलाएर मधेश आन्दोलनका बारेमा परामर्श भारतीय राजदूतबाट हुनु शुभ संकेत पक्कै हैन । अघि पनि भारतको साथबिना तुहिएको मधेश आन्दोलनका लागि कसरी ऊर्जा भर्ने भन्ने ध्याउन्नमा रहेका मधेशवादीलाई भारतीय दूताबासले शक्ति भर्ने काम गरिरहेको बुझ्न कठिन छैन ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई असफल देख्ने मधेशवादी नेताहरुले अझ चीनले संविधानको स्वागत गरेर मधेशी जनताको अपमान गरेको तर्क समेत प्रस्तुत गरे । मधेश आन्दोलनकै क्रममा चीनले संविधानको स्वागत गरेको भन्दै चीनबिरोधी नारा लगाउनुका साथै चीनको राष्ट्रिय झण्डा जलाउने दुर्नियतिपूर्ण काम भएको थियो ।

मधेशी मोर्चाले वैशाखदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । यो आन्दोलनका विषयमा भारतीय राजदूताबासको उच्च चासो रहेको छ जगजाहेर विषय हो । यसैको प्रभावले आइतबारदेखि नै बजारमा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ । नेपाल आयल निगमले आवश्यक मात्रामा पेट्रोलियम वितरण गरेको बताए पनि पेट्रोल भर्नेको लामो लाइन सुरु भएको छ । 

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा सबै असमझदारी हटेको र मधेशवादी दललाई संविधान संशोधनमा सहमती जनाउन सल्लाह दिएको देखिए पनि चीनसंगको व्यापार तथा पारवहन सम्झौताले भारतले आफ्नो पुरानै रंग देखाउने संकेत गरेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी (03.29.2016)
सरकार तयारी गर जनता पैसा हाल्न तयार (03.29.2016)
पौडेललाई पन्छाउने देउवाको प्रयास (03.29.2016)
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ? (03.15.2016)
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण (03.15.2016)
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)
कांग्रेस सभापतिमा देउवा (03.09.2016)
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)
ओली सरकार पनि असफलतातिरै अग्रसर ! (01.05.2016)



 
::| Latest News

 
[Page Top]