युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 12:50am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
चीनको उदारमन खिच्न कति सक्ला नेपालले
Tuesday, 04.12.2016, 01:29pm (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा यही चैत ७ देखि १४ गतेसम्म चीनको औपचारिक भ्रमण सम्पन्न गरी चैत १४ गते स्वदेश फर्कनु भएपछि आफ्नो भ्रमण उपलब्धिमूलक भएको र विभिन्न सम्झौता तथा सहमति गरी नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको विचार व्यक्त गर्नुभयो । सो टिप्पणी कूटनीतिक मर्यादालाई कायम राख्नका लागि मात्र पनि बोल्ने गरिन्छ । तर चीन र नेपालबीच जे सम्झौता भयो त्योा ऐतिहासिक हो भन्नेमा कुनै शंका छैन । भलै नकारात्मक टिप्पणी गर्नेहरुको पनि कमी छैन र उनीहरु यो सम्झौताको सकारात्क पक्ष छोडेर कहाँ के समस्या छ त्यसलाई केलाइरहेका छन् ।

यो सम्झौता कार्यान्वयनको पहिलो कडीको रुपमा भोलि अर्थात् नयाँ वर्षका दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुनेछ । नेपाल र चीनबीच भएका वार्ताबाट नै चीनले रसुवागढी–काठमाडौँ तथा काठमाडौँ–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गबाट जोड्न अध्ययन गर्ने सहमतिमा हस्ताक्षर, नेपालमा तेल भण्डारण निर्माण तथा तेलको सम्भाव्यता अध्ययन गर्नेजस्ता दीर्घकालीन महत्वका समझदारीपत्रमा हस्ताक्षर भए । धेरै मानिसद्वारा अपेक्षा गरिएको इन्धन आपूर्ति सम्झौता यसपटक हुन नसके पनि त्यसतर्फ प्रक्रियागत तयारी भइरहेको र चाँडै सम्झौता हुने जानकारी दिइयो । यसरी नेपाल रेलमार्गले जोडिनु र चीनका बन्दरगाहमार्फत व्यापार हुने अवस्था हुनु नेपालको आर्थिक विकासको इतिहासमा ज्यादै ठूलो महत्व राख्ने कुरा हुनेछन् ।

सो वार्तामा किमाथाङ्का–अरुण जलविद्युत् योजना निर्माण, अन्तरदेशीय प्रसारण लाइन निर्माण, किमाथाङ्का–खाँदबारी–धनकुटा सडक निर्माण गर्न भएका सहमतिले नेपाललाई नयाँ आर्थिक समृद्धिको मार्गमा लानसक्ने प्रशस्त सम्भावना छ । साथै, भूकम्प पुनःनिर्माणका २५ आयोजनाका लागि चीनले सन् २०१८ सम्ममा तीन अर्ब आरएमबी अर्थात् ५० अर्ब रुपैयाँ दिने भएको छ । यो वचनबद्धता पनि नेपालका लागि ठूलो उपलब्धि भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।  

प्रधानमन्त्री चीनमा रहँदा भएका भेटघाट, सम्झौता र समझदारीले नेपाल–चीन सम्बन्धमा मात्र होइन, नेपालको आर्थिक विकास, अन्तर्राष्ट्रिय व्यापार आदि हरेक पक्ष र समग्रमा नेपालको समृद्धिमा आमूल परिवर्तन ल्याउने कुरामा विश्वस्त हुन सकिन्छ । नेपालको आवश्यकता र समयको मागलाई कसैले पनि सम्झौता व्यवहारिक नभएको, चाइना कार्ड प्रयोग गरेको भनी अवमूल्यन गर्नुहुँदैन भने नेपालले चीन र भारत दुवैतर्फ सम्बन्ध राखी समृद्धि हासिल गर्ने कुरामा पनि कसैले भाँजो हाल्नु उचित देखिँदैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भारतको खलनायकी भूमिका (03.29.2016)
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी (03.29.2016)
पौडेललाई पन्छाउने देउवाको प्रयास (03.29.2016)
सरकार तयारी गर जनता पैसा हाल्न तयार (03.29.2016)
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ? (03.15.2016)
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण (03.15.2016)
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)
कांग्रेस सभापतिमा देउवा (03.09.2016)
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)



 
::| Latest News

 
[Page Top]