युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.22.2019, 02:44am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
दर्जन नेपालीको कालोधन खोजी हुँदै
Tuesday, 04.12.2016, 01:29pm (GMT+5.5)

काठमाडौं । विश्व राजनीतिलाई हल्लाउने गरी सार्वजनिक भएको पानामा पेपर्समा एक दर्जनभन्दा बढी नेपालीको समेत संलग्नता रहेको भनिएपछि सरकारले त्यसमा छानबिनको तयारी थालेको छ । 

अघिल्लो वर्ष स्वीस बैंकमा कालोधन रहेको खुलासा भएपछि अनुसन्धान थालेको भनिए पनि यसको कुनै प्रतिफल आएन । अहिले विश्वका शक्तिशाली व्यक्तिहरु समेत करछलीको अर्बौ रकम लगानी गरेको भन्दै सनसनीपूर्ण खुलासा भएपछि विश्वका शक्तिशाली शासक तथा व्यक्तित्वहरुको चैन हराइरहेका बेला त्यस्ता नेपालीको संलग्नताका विषयमा सम्पत्ति शुद्धिकरण विभागले त्यसको छानबिन गर्ने बताएको हो ।

तर, विभागले यसका लागि प्रहरी र राष्ट्र बैंकको सहयोग लिनुपर्नेछ । विश्वभरका धनीमानी तथा शक्तिशाली व्यक्तिहरुले कर छलीका रकम थुपार्ने भनिएका ट्याक्स हेभनबारेको विस्तृत सूचना चुहाइएको पानामा पेपर्समा विश्वका शक्तिशाली व्यक्तिहरुले सम्पत्ति थुपारेको रहस्य खुलेको थियो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उल्लेखित सूचनाको समीक्षा गरी गैरकानुनी रकमलाई कानुनी बनाउने सम्पत्ति शुद्धिकरण प्रकृयासंग त्यसको सम्बन्ध भए नभएको पत्ता लगाउने उद्देश्यले गत बुधबार प्रहरी तथा राष्ट्र बैंक समेतको सहभागितामा बैठक डाकेको थियो ।

त्यसो त पत्रपत्रिकामा नेपालसंग सम्बन्धित केही व्यक्ति वा संस्थाको नाम समेत पानामा पेपर्समा रहेको खुलेको थियो । त्यहाँ १३ जना नेपालीको लगानी रहेको पछिल्लो विवरण आको भए पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हालसम्म उसलाई त्यसबारे यकीन जानकारी नभएको बताएको छ । विभागसंग हालसम्म नेपालबाट कर छलीको अभिप्राय वा सम्पत्ति शुद्धिकरणको ध्येयले पूँजी पलायन कति भएको होला भन्ने आँकडा नभए पनि अनुमान अनुसार यस्तो रकम अर्बौं रुपियाँ बराबर हुनसक्छ ।

त्यस्तै पानामास्थित कानुनी परामर्शदाता कम्पनीसँग परामर्श लिनेमा सातवटा नेपाली कम्पनी पनि रहेको भनिएको छ । नेपालमा कसले कसरी लगानी गरेको छ भन्ने विषय भने खुलाइएको छैन । कानुनी परामर्शदाता ‘मोसाक’बाट सेवा लिने कम्पनीमा नेपाल भेन्चर प्रालि उल्लेख गरिएको छ । 

नेपालको औद्योगिक र व्यावसायिक घराना तथा राजनीतिक व्यक्तित्वहरुबाट पनि लगानी भएको हुनसक्ने आशंका गरिए पनि यसको सूक्ष्म अध्ययन हुने सम्भावना चाहिं देखिएको छैन । स्वीस बैंक काण्ड जस्तै यो मुद्दा पनि त्यसै  सेलााउनेमा शंका छैन । यहाँ आर्थिक अनियमितताको कारबाही खरदार, सुब्बालाई मात्र हुने गरेको जगजाहर विषय छ । यो प्रकरणमा अख्तियारले हात हाल्न सक्छ कि सक्दैन ? अर्को चासाको विषय छ ।

इतिहास साक्षी छ । एक वर्ष अगाडी एचएसबीसी बैंकको स्वीट्जरल्याण्ड शाखामा नेपालसंग सम्बद्ध करीब आठ ग्राहकका झण्डै साढे पाँच अर्ब रुपियाँ बराबरको डलर खाता रहेको विश्वव्यापी खोजबिनमा संलग्न इन्टरनेशनल कन्सोर्सियम अफ इन्भेष्टिगेभ जोर्नालिष्ट नामक संस्थाको वेबसाइटमा राखियो । लगत्तै संसदीय समितिले सरकारी अधिकारीहरुलाई डाकेर यसबारे कारबाही गर्न अह्रायो । तर हालसम्म त्यसको ठोस उपलब्धी देखिएको छैन ।

यसरी स्विट्जरल्यान्डको बैंकमा पैसा जम्मा गर्ने व्यवसायीमा विजेश कुमार तोडी, बिमलकाजी ताम्राकार, बिनु श्रेष्ठ, विश्ववीरसिंह थापा, विश्वधर तुलाधर, डा.श्यामबहादुर कर्माचार्य, हरिश कुमार तोदी रहेका छन् । यस्तै प्रो. सत्येन्द्र कुमार गुप्ता, राजेन्द्र कुमार काबरा,रेनुका काबरा, रेखा काबरा र शशिकान्त अग्रवाल रहेका छन् ।

नेपाली विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन अनुसार विदेशमा लगानी गर्नु भनेको गैरकानुनी हुन्छ । स्विस बैंकमा पैसा जम्मा गर्नेको विषयमा सम्पति शुद्धीकरण अनुसन्धान विभागले गर्ने भने पनि कुनै टुंगोमा पुगेन । व्यवस्थापिका संसद् अन्तर्गतको अर्थ समितिले यसमा विदेशी बैंकमा पैसा लैजानेमाथि अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिएको थियो । 

यस्तोमा पानमा पेपर्सको अनुसन्धान कसरी होला र दोषीमाथि कारबाही होला भन्ने यकिन छैन । यसको अर्को कारण भनेको विभागको  स्वीस बैंक  वा अन्य निकायसंग सिधा सम्पर्क नहुनु हो । यसका लागि अर्थ र परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने हुन्छ । खास गरी विदेशी बैंक वा संस्था संलग्न हुने भएको हुँदा यस्ता विषयमा प्रमाण जुटेको खण्डमा नेपाल पनि सदस्य रहेको फिनान्सियल एक्सन टास्क फोर्स जस्ता अन्तर्राष्ट्रिय निकायमार्फत कारबाही गराउन सकिन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भारतको खलनायकी भूमिका (03.29.2016)
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी (03.29.2016)
पौडेललाई पन्छाउने देउवाको प्रयास (03.29.2016)
सरकार तयारी गर जनता पैसा हाल्न तयार (03.29.2016)
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ? (03.15.2016)
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण (03.15.2016)
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)
कांग्रेस सभापतिमा देउवा (03.09.2016)
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)
पुनःनिर्माणमा सत्र प्रकारका घर (01.13.2016)
पञ्चेश्वर पनि नदीजोडका लागि (01.13.2016)
नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन (01.13.2016)



 
::| Latest News

 
[Page Top]