युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.22.2019, 02:44am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
ओली सरकार भारतको घेराबन्दीमा
Tuesday, 04.12.2016, 01:31pm (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा तथा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायत दर्जन बढी दल सम्मिलित वर्तमान सरकार घेराबन्दीमा पर्न थालेको छ । यो सरकार मिल्काउने ग्राण्ड डिजाइन दिल्लीमा बनिरहेको समाचार सूत्रको दावी छ । सरकारले ६ महिनाको आयु पार गरिसक्दा जनताले राहतको महसुस गर्ने गरी कुनै काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसका नेताहरु सरकार बदल्नुपर्ने धारणा प्रवाह गरिरहनुको कारण भारतको निर्देशन रहेको बुझ्न कठिन छैन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति र संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो मुखले सरकार बदल्ने कुरा नगरे पनि उहाँका कोटरीका नेताहरु सरकारको दिनगन्दी सुरु भएको भन्न थालेका छन । जनतालाई राहत दिन असफल भए पनि वर्तमान सरकारले भारतको नाकाबन्दीको डटेर सामना गरेको र राष्ट्रिय स्वाधीनतामाथि कुनै आँच आउन नदिएको विषय नै जनताका लागि सुखद् सन्दर्भमा रहेका बेला भारतकै चाहना अनुसार सरकार बदल्ने खेल चल्न थालेको बताइन्छ ।

त्यसो त एमालेभित्रै पनि एउटा पक्षबाट सरकारले काम गर्न नसकेको भन्दै आलोचना सुरु भैसकेको छ । देशमा कालोबजारी मौलाएको छ, भूकम्प पीडितले वर्षायाम सुरु हुन लागिसक्दा समेत घर बनाउन पाएका छैनन् । महंगी त्यत्तिकै बढेको छ । कृत्रिम अभाव रोक्न सरकार असफल छ । सुशासन कुन चराको नाम हो पत्तो छैन । यी तमाम विषयहरुका वावजूद सरकार भारतको आँखा बिझाउने गरी अडिएको छ । भारतको कुनै पनि स्वार्थ पूरा नगरेको र संविधानमा उसले भनेका कुराहरु संशोधनबाट पनि पूरा नगरेपछि विश्वभर नेपालको संविधानको विपक्षमा लविङ सुरु गरेको छ । नाकाबन्दी लगाएर आलोचित भएको भारतले नाकाबन्दी त खुल्ला ग¥यो तर, संगसंगै अनेक समस्या सिर्जना गर्ने जमर्को गरिरहेको छ ।

अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरालाई जोडतोडले उठाउन थालिएको छ । तर त्यो सरकारले वर्तमान सरकारले गर्न नसकेको कुनै काम गर्छ भन्ने विश्वास आम जनतामा छैन । जनता सरकार जस्तोसुकै भए पनि राष्ट्रियता कमजोर नहोस् भन्ने पक्षमा रहेको र त्यो काम वर्तमान सरकारले गरिरहेको विश्वासमा छन् । यही काम भारतलाई चित्त बुझेको छैन । त्यसैले त ऊ शेरबहादुर देउवा जस्तालाई प्रधानमन्त्री बनाएर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छ ।

राजनीतिक विश्लेषकहरु भन्दछन्– यसअघि तीनपटक प्रधानमन्त्री भैसक्नुभएका शेरबहादुर देउवामा विस्तारै सत्तामोह जाग्न थालेको छ । उहाँ यसका लागि लविङमा पनि हुनुहुन्छ । देउवालाई ओलीको विकल्प बनाएर भारतले खेल खेल्न सुरु गरिसकेको छ । चीनसंगको व्यापार तथा पारवहन सम्झौताले भारत जतिसक्दो चाँडो ओली नेतृत्वको सरकार ढाल्ने खेलमा लागेको छ । यसका लागि एमालेको एउटा पंक्ति पनि तयार छ । भारतलाई देउवा प्रधानमन्त्री हुँदा आफ्ना स्वार्थ पूरा गर्न निकै सजिलो हुनेछ । देउवा नै प्रधानमन्त्री भएका बखत २०५२ सालमा माओवादी जनयुद्ध सुरु भयो । देउवाकै पालामा महाकाली सन्धि भयो । त्यो सन्धि अहिले न पुनरावलोकन भएको छ न त सन्धि अनुसारको काम नै । भारत नेपालका नदीहरु ओगटेर आफूलाई चाहिएको बखत आफ्ना सुख्खाग्रस्त क्षेत्रमा पानी लैजाने रणनीतिक योजनामा छ ।

नेपालको राजनीतिक अस्थिरतामा भारतको सबभन्दा ठूलो हात छ र त्यो हातलाई यहाँसम्म ल्याउने नेपालकै नेताहरु हुन् । आफ्नो स्वार्थका लागि भारतमा लम्पसार पर्न जाने प्रवृत्तिका कारण भारतले नेपाललाई पटकपटक संकटमा पार्ने गरेको छ । अहिले भारत निर्भरताको डोरी चुँडाल्ने प्रयास स्वरुप चीनसंग सम्झौता भएपछि भारतका लागि वर्तमान सरकार ठूलो बाधकका रुपमा रहेको छ । त्यसैले त ऊ जसरी पनि सरकार परिवर्तन गराउने खेलमा लागेको छ । तर, मुलुकमा सबभन्दा बढी समय शासन गर्ने नेपाली कांग्रेस नै अहिलेका तमाम विकृतिहरुको जड हो भन्ने सामान्य जनताले पनि बुझेका छन् । त्यसैले त वर्तमान सरकार परिवर्तन हुँदा मुलुक र जनताले पाउने केही हैनन् । नेपाली जनताका लागि जुन सरकार आए पनि ‘कानै चिरेका’ सावित भैरहेको अवस्थामा अर्को सरकारको उपस्थिति केवल भारतीय स्वार्थ पूरा गर्नका लागि मात्र स्थापित हुन्छ भन्ने आरोप मित्थ्या हैन । नेपालमा सत्तामा पुग्नुअघि सत्तामा बस्नेलाई जनजीविकामा ध्यान नदिएको, कालोबजारी नियन्त्रण नगरेको, महंगी बढाएको, भ्रष्टाचार गरेको आरोप लगाउने गरे पनि आफू सत्तामा पुगेपछि तिनै कामहरु बढी गर्ने गर्दछन् । यसले पनि जनताका नजरमा सरकार परिर्वतन खासै महत्वको विषय हैन । 

नेपालले जबजब आफ्नो खुट्टामा उभिने प्रयास गर्छ, तब तब भारतले त्यसबिरुद्ध जाल फाल्छ, अहिले त्यस्तै देखिएको छ । नाकाबन्दीपछि भारतबिरुद्ध उठेको जनआक्रोश र त्यसलाई सरकारले जनाएको समर्थनले अत्तालिएको भारतका लागि वर्तमान सरकार जति लामो समयसम्म रहन्छ त्यति उसको स्वार्थ कमजोर हुँदै जाने देखिएकैले सरकार परिवर्तनको नारा घन्काउन लगाइएको छ । यदि त्यस्तै भयो भने मुलुकका लागि अर्को घातक कदम हुनेछ । यसो भनिरहँदा वर्तमान सरकारले सबै राम्रो गरेको छ भन्ने पटक्कै हैन, तर राजनीतिक स्थिरताका लागि पनि सरकारहरु छिटोछिटो परिवर्तन हुनु राम्रो हैन, अनि राष्ट्रियताको सम्बद्र्धनमा वर्तमान सरकारले देखाएको अभूतपूर्व साहस नै जनताका लागि पर्याप्त बनेको छ । तर, यही विषय अरुलाई अपाच्य हुँदै गएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ? (04.12.2016)
चीनको उदारमन खिच्न कति सक्ला नेपालले (04.12.2016)
दर्जन नेपालीको कालोधन खोजी हुँदै (04.12.2016)
भारतको खलनायकी भूमिका (03.29.2016)
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी (03.29.2016)
सरकार तयारी गर जनता पैसा हाल्न तयार (03.29.2016)
पौडेललाई पन्छाउने देउवाको प्रयास (03.29.2016)
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ? (03.15.2016)
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण (03.15.2016)
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)
कांग्रेस सभापतिमा देउवा (03.09.2016)
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)
दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस (01.13.2016)



 
::| Latest News

 
[Page Top]