युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 07:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
साँच्चै पोल्छ जनताका पीडाले
Friday, 04.22.2016, 02:10pm (GMT+5.5)

काठमाडौं । राष्ट्रियता र जनजीविकाका सवालमा रमाइला भाषण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्ने काम गर्न नसके पनि राष्ट्रियताको संरक्षणमा भने दह्रो अडान लिएको कुरा आम नेपालीका लागि रुचीकर विषय हो । तर तिनै प्रधानमन्त्री जब जनताको दैनिकी पूरा गर्ने सवालमा चुक्दै गएको देखिन्छन् अनि आलोचना सुरु हुन्छ ।

यसको स्पष्ट भान स्वयं प्रधानमन्त्री ओलीलाई पनि छ । त्यसैले सरकार गठन भएको ६ महिना पुगेको र नयाँ वर्ष २०७३ को अवसरमा देशवासीका नाममा सम्बोधन गर्दैै उहाँले मुलुकमा ठूला राजनीतिक परिवर्तन आए पनि जनताको दुःख निवारण नभएकोमा सर्वसाधारणलाई झैँ आफूलाई पनि भित्रभित्रै पोल्ने गरेको बताउनुभयो । 

लोकतन्त्रका लागि चार जना प्रातःस्मरणीय शहीदहरूले हाँसीहाँसी मृत्यु अँगालेका र ७५ वर्षपछि संविधान घोषणा भएको बताउँदै अधिकार प्राप्तिको आन्दोलन आधारभूतरूपले टुङ्गिएको तर एउटा पीडाले तपाईंहरूलाई जस्तै मलाई पनि भित्रभित्रै पोल्छ, मुलुकमा यति ठूला राजनीतिक परिवर्तन आए तर जनताको दुःख उस्तै छ भन्दैसबै राजनीतिक दल र मित्रहरूलाई अब राष्ट्रको हित र जनताको समृद्धिको लक्ष्यमा केन्द्रित हुन आग्रह गर्दै प्रतिस्पर्धा, आवधिक निर्वाचन र सरकारको विषय लोकतन्त्रको चरित्र भएको बताउनुभयो । (सम्बोधनका पूर्ण पाठ पृष्ठ तीनमा)

प्रधानमन्त्री ओलीले सम्बोधनमा “हामी छिमेकी भारत र चीन लगायत सबै मित्र राष्ट्रहरूसँग संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलका सिद्धान्तको आधारमा पारस्परिक समानता र हितको नीति अनुरूप सुमधुर सम्बन्ध राख्न चाहन्छौं । हाम्रो राष्ट्रियता र राष्ट्रवादको मूलतत्व हाम्रा आधारभूत राष्ट्रिय हितहरूको संरक्षण र पक्षपोषण हो ।” भन्नुभयो ।

प्रधानमन्त्री ओलीले रोटी–वेटी वा भृकुटी–अरनिकोको नाम मात्रै आजको दिनमा हाम्रा सम्बन्धका आधारलाई स्पष्ट पार्न पर्याप्त हुन्न भन्ने लागेर नै आधारभूत राष्ट्रहितको सन्दर्भमा सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानलाई हाम्रा पाँच अडानका रूपमा चर्चा गर्ने बताउँदै पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रको चर्चा गर्दा पारस्परिक लाभ, आपसी सम्मान, एक अर्काका मामिलामा अहस्तक्षेपको नीतिलाई जोड दिने गरेकोे उल्लेख गर्दै “छिमेकी पहिला”को नीति भनौं या बहुउद्देशीय, मूलतः त्रिदेशीय सहयोग कोरिडर, यही असल छिमेकीपनमा अड्छ भन्ने म ठान्दछु । छिमेकी मित्रराष्ट्रहरूसँग मात्रै हैन, दक्षिण एसिया, एसिया र सिंगो विश्वसँग हामी यही नीति अनुरूप सम्बन्ध राख्न चाहन्छौं । सरकार प्रमुखको हैसियतमा म फेरि स्पष्ट पार्छु– नेपालका कोही पनि शत्रु छैनन् । हाम्रो कुनै पनि देशप्रति कटुता या दुर्भाव छैन । हामी चाहन्छौं, अरुहरूले पनि हाम्रो मैत्रीपूर्ण सद्भाव तथा हाम्रो संवेदनशील भूराजनीतिक अवस्थितिको सम्मान गरुन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
ओली सरकार भारतको घेराबन्दीमा (04.12.2016)
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ? (04.12.2016)
चीनको उदारमन खिच्न कति सक्ला नेपालले (04.12.2016)
दर्जन नेपालीको कालोधन खोजी हुँदै (04.12.2016)
भारतको खलनायकी भूमिका (03.29.2016)
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी (03.29.2016)
पौडेललाई पन्छाउने देउवाको प्रयास (03.29.2016)
सरकार तयारी गर जनता पैसा हाल्न तयार (03.29.2016)
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ? (03.15.2016)
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण (03.15.2016)
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)
कांग्रेस सभापतिमा देउवा (03.09.2016)
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)
देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव (01.13.2016)



 
::| Latest News

 
[Page Top]