युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.22.2019, 03:50am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
मधेशी मोर्चा अब देशभक्तिको आन्दोलनमा !
Friday, 04.22.2016, 02:11pm (GMT+5.5)

काठमाडौं । भारतको साथ लागेर मुलुकमा नाकाबन्दी गर्ने र भारतीयहरु आएर नाकामा धर्ना दिएको प्रमाणा फेला परेपछि सुस्ताएको र भारतको साथ नरहेपछि शिथिल बनेको मधेश आन्दोलनको स्वरुप बदल्ने र अब देशभक्तिको आन्दोलन गर्ने घोषणा गरिएको छ । लामो समयदेखि अनिर्णयको बन्दी बनेको आन्दोलनरत सङ्घीय गठबन्धनले मुलुक बचाउने देशभक्तिपूर्ण राष्ट्रिय एकताको आन्दोलन गर्ने बताएको हो । 

सङ्घीय गठबन्धनले सोमबार आयोजना गरेको ‘संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता’ विषयक बृहत् अन्तक्र्रियाका वक्ताले सबै जाति तथा समुदायको अधिकार सुनिश्चितताका लागि देशभक्तिपूर्ण आन्दोलन गर्ने प्रतिबद्धता जनाएका हुन । गठबन्धनले राष्ट्रिय एकतालाई मजबुत गर्ने र उत्पीडित समुदायको अधिकारप्राप्तिका लागि एकताबद्ध भएर आन्दोलन गर्ने घोषणा गरेको छ ।

कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माफीयातन्त्र र कालोबजारीबाट मुलुक आक्रान्त बनेको भन्दै अब मुलुक बचाउने आन्दोलन सुरु गरिने बताउनुभयो । “विगतका सबैखाले आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त हुने अवस्था आएको छ, अब राष्ट्रिय एकतालाई मजबुत गर्र्ने देशभक्तिपूर्ण राष्ट्रिय एकताको आन्दोलन सुरु हुन्छ, आज मङ्गलबारदेखि गठबन्धनको बैठक बसी आन्दोलनका भावी कार्यक्रम तय गरिनेछ”– उहाँले भन्नुभयो ।

अध्यक्ष यादवले संविधानले मधेसी, थारु, आदिवासी, जनजाति तथा उत्पीडित समुदायको अधिकारमाथि विभेद गरेको भन्दै विगतका सम्झौताको कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले आफूहरू वार्ता विरोधी नभएको तर वार्ताका लागि सरकार संवेदनशील नरहेको आरोपसमेत लगाउनुभयो । 

त्यस्तै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसीका मुद्दाप्रति सरकार गम्भीर नरहेको भन्दै पहिचानको आन्दोलन जारी रहने बताउनुभयो । उहाँले वार्ताबाट समस्या समाधान गर्न सकिन्छ तर ३६ पटकसम्म वार्ता हुँदा पनि समस्याको समाधान ननिस्कनुमा दोषी को ? भनी प्रश्न पनि गर्नुभयो । पूर्वसभामुख दमननाथ ढुङ्गानाले वार्ताका माध्यमबाटै विद्यमान समस्याको समाधान खोज्न सकिने बताउनुभयो ।

कार्यक्रममा सङ्घीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङ्देन, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राई, ताम्सालिङ सङ्घर्ष समितिका संयोजक जय गोले, तमुवान सङ्घर्ष समितिका संयोजक गणेशमान गुरुङलगायतले पहिचानसहितको सङ्घीय राज्य निर्माण नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

विभिन्न जातीय सङ्गठनका शीर्ष नेता तथा नागरिक समाजका अगुवा सहभागी उक्त कार्यक्रममा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीलगायतका मधेसी नेताहरूले भने सम्बोधन गर्नुभएन ।

मधेशवादी नेताहरु मुलुकको राष्ट्रिय एकता र स्वाधीनताका विषयमा कमजोर रहेको र भारतको लहलहैमा लागेर आन्दोलन गर्ने आरोप लागिरहेका बेला घोषणा गरिएको यो आन्दोलन साँच्चै मैदानमा प्रकट हुन्छ कि भाषणको मात्रै मेसो हो भन्ने कुराको छिनोफानो केही दिनमै हुनेछ । उनीहरुले मधेशकेन्द्रित आन्दोलन गर्दा मधेशी जनता नै सन्तुष्ट हुन नसकेको र सिंगो मुलुकको समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै मधेशबाटै आलोचना भैरहेका बेला देश बचाउने आन्दोलन गर्ने घोषणा गर्नु राजनीति बचाउने मेसो मात्रै हो कि कि साँच्चै देशको एकता र अखण्डताप्रति चिन्ता जागेको हो भन्ने कुतुहलता जागृत छ ।

विश्लेषकहरुका अनुसार आन्दोलनलाई सघाउनु प¥यो भन्दै दिल्लीदेखि बिहारका नेताहरुसम्म हारगुहार गर्न पुगेका मधेशवादी नेताहरुलाई उनीहरुले लोप्पा खुवाइदिएपछि अन्ततः हिमालदेखि तराईसम्मका जनतालाई सम्बोधन गर्नैपर्ने बाध्यताको उपजका रुपमा यो सन्दर्भ आएको हो । उनीहरुले आफूलाई देशभक्त सावित गर्न नसके राजनीतिक जीवन नै समाप्त हुने स्थितिमा पुगेकाले अब आन्दोलनलाई तराईबाट माथि उठाउनुपर्ने बाध्यता समेत रहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
साँच्चै पोल्छ जनताका पीडाले (04.22.2016)
ओली सरकार भारतको घेराबन्दीमा (04.12.2016)
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ? (04.12.2016)
चीनको उदारमन खिच्न कति सक्ला नेपालले (04.12.2016)
दर्जन नेपालीको कालोधन खोजी हुँदै (04.12.2016)
भारतको खलनायकी भूमिका (03.29.2016)
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी (03.29.2016)
पौडेललाई पन्छाउने देउवाको प्रयास (03.29.2016)
सरकार तयारी गर जनता पैसा हाल्न तयार (03.29.2016)
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण (03.15.2016)
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ? (03.15.2016)
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)
कांग्रेस सभापतिमा देउवा (03.09.2016)
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)
नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र (02.18.2016)



 
::| Latest News

 
[Page Top]