काठमाडौं । २०७२ साल सुरु हुनासाथ नेपालमा विनाशकारी भूकम्प गयो । त्यो भूकम्पले वर्षभरि पीडा र यातना मात्रै दियो । त्यही वर्ष संविधान जारी भयो अनि भारतको नाकाबन्दी पनि लाग्यो । २०७२ सालमाा सुखद सन्देश केही पनि भएन । तर, नयाँ वर्ष २०७३ को पहिलो हप्ता नै नेपाली जनताले सुखद अनुभूति गर्न पाए क्रिकेटमार्फत ।
लामो समयदेखि विजयको प्रतिक्षामा रहेको नेपाली क्रिकेट टोलीले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिविया बिरुद्धको दुई शृङ्खलामा सानदार जीत दर्ता गराएर नेपाली जनतालाई नयाँ वर्षको शुभकामना दियो ।
यो दुई जितसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारमा पर्ने र सन् २०१८ को विश्वकपमा छनौटमा पुग्ने आशा जीवितै राखेको छ । विश्वका ८ टोली समावेश यो समूहमा नेपाल पाँचौं स्थानमा छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको स्कोर बनाएको थियो ।
दुई सय ४० रनको विजय लक्ष्यसाथ मैदानमा उत्रिएको नेपालले कप्तान पारस खड्काको शतकीय पारीको मद्दतबाट नामिवियालाई तीन विकेटले पराजित गरेको हो । नेपालले अन्तिम एक बल बाँकी छँदा लक्ष्य भेट्टाएको हो । नेपालले सात विकेट गुमाएर २४३ रन बनाएको थियो ।
नेपालको जितमा शरद भेषवाकरले अविजित ७४, विनोद भण्डारीले १२, ज्ञानेन्द्र मल्लले २२, नरेश बुढाऐरले ६, राजेश पुलामी मगरले एक र सागर पुनले दुई रनको योगदान दिए ।
नामिवियाका लागि कप्तान स्टेफन वार्डले अर्धशतकीय पारी खेल्दै ५१ तथा जेन ग्रिनले ४७ रन बनाए । त्यस्तै, सरेल बर्गरले अविजित ४३ तथा जेपी कोट्जेले ३२ रन जोडेपछि बलिङतर्फ नेपालले खराब सुरुवात ग¥यो ।
नेपालले पहिलो विकेटका लागि २०.४ ओभरसम्म कुर्नुप¥यो । नेपालका लागि सन्दीप लामिछानेले दुई, वसन्त रेग्मी र शक्ति गौचनले पनि समान दुई÷दुई विकेट लिए । त्यसै गरी, विकेटकिपर विनोद भण्डारीले एक क्याच र एक स्टम्पिङ गराए भने शरद भेषवाकर, कप्तान पारस खड्का, सुशन भारी र नरेश बुढाऐरले एक÷एकजना नामिबियाका खेलाडीलाई रन आउट गराए । प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो ।
शृङ्खलाको पहिलो खेलमा पनि शनिबार नेपालले नामिबियालाई ५ विकेटले पराजित गरेको थियो ।