युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 05:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
भारतीय रणनीतिमा सरकार परिवर्तनको कसरत !
Friday, 04.22.2016, 02:12pm (GMT+5.5)

काठमाडौं । ओली सरकार जेठ १५ गतेभित्र आर्थिक वर्ष २०७३।०७४ को बजेट ल्याउने तयारीमा लागेको छ । यो सरकारलाई बजेट ल्याउनै नदिने गरी त्यस अघि नै ढालिसक्ने गुरु योजनासहित भारतले चलखेल गरिरहेको र जतिसक्यो चाँडो सरकारमा पुग्न हतारिन थालेका कांग्रेसी नेताहरू पनि सरकार परिवर्तनको आभास दिँदै आफ्ना गतिविधि बढाउन थालेका छन् । कांग्रेसभित्र दरो आशन जमाउन पूर्णतः सफल देखिनुभएका पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा श्रीमती आरजु देउवाको उपचारका निम्ति आजै नयाँदिल्ली पुग्दै हुनुहुन्छ भने खुमबहादुर खड्कादेखि लिएर अमरेशकुमार सिंह पनि ओली सरकारलाई विस्थापित गरी एक महिनाभित्रै देउवाको नेतृत्वमा कांग्रेसी सरकार बनाउने कसरतका निम्ति दिल्लीमै आशन जमाएर बसेको राजनीतिक सूत्रहरूले जानकारी दिएका छन् । गणितीय हिसावले हेर्दा ओली सरकार तत्काल हट्नसक्ने खासै आधार नबने पनि विगतमा रातारात हुने गरेका नाटकीय चलखेललाई पृष्ठभूमिमा राखेर हेर्दा अहिलेको सत्तासमीकरण तोड्न र ओली सरकारलाई विस्थापित गर्न भारतले अनेक हथकण्डा अपनाउन सक्ने आशंका बाक्लिँदै गएको छ । ढिलोचाँडो देउवा नेतृत्वको नयाँ सरकार गठन हुने कुरामा कुनै सन्देह नरहे पनि कांग्रेस एक्लैको चाहना र प्रयासले मात्र सरकार परिवर्तन हुनसक्ने सम्भावना अत्यन्त क्षीण छ । कांग्रेसलाई यही सरकारमा सामेल गरेर यो सरकारको आयु बढाउने चाहनाले पनि मूर्त रुपलिने कुनै सम्भावना छैन । ओली सरकारमा सामेल भएका दलहरू तत्काल सरकारबाट बाहिरिने कुनै लक्षण सतहमा देखिँदैन तापनि प्रायः सवै दलभित्र भारतीय चलखेलको प्रभाव मुखरित हुनसक्ने सम्भावना रहेको राजनीतिक सूत्रहरू बताउँछन् ।

विश्लेषकहरू भन्दछन्– संसदभित्र सवभन्दा ठूलो दलको रुपमा रहेको नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकारका निम्ति कसरत गर्नु स्वाभाविक देखिए पनि आन्तरिक कसरतबाट मात्रै आफ्नो पक्षमा गणितीय संख्या पु¥याउनसक्ने विश्वसनीय आधार खडा भएको छैन । एनेकपा माओवादी र राप्रपा नेपाल लगायतका दलले ओली सरकारमा सहज रूपमा जुन स्थान प्राप्त गरेका छन् कांग्रेस नेतृत्वको सरकारमा त्यो पाउन कठिन छ । अर्कातिर ओली सरकार राज्य सञ्चालनमा जति नै असक्षम र प्रभावहीन देखिए तापनि भारतसंग आत्मसमर्पण नगरी देखाएको अडान र चीनसित विकसित गरेको समझदारीलाई आम नेपाली जनताले सकारात्मक रूपमा लिएर ओली सरकारको विकल्प खोज्नैपर्ने बेला नआएको धारणा बनाइरहेका छन् । ओली सरकारलाई बजेट ल्याउने मौका दिनु र चीनसित विकसित समझदारी अनुरूपका कार्यक्रमलाई कार्यान्वयनको अवसर दिनु  भनेको भारतको निहित स्वार्थमा धक्का पुग्नु हो भन्ने मानसिकताले सत्ता राजनीतिमा हुँडलो मच्चाउने पर्याप्त सङ्कंकत देखिन थालेका छन् । तराईमा पूर्णतः शिथिल भैसकेको ’मधेस आन्दोलन’लाई राजधानी केन्द्रित गरी बबण्डर मच्चाउने तयारीको उद्घोष भैसकेको छ । आम उपभोक्ताका दैनन्दिनी समस्यालाई सम्बोधन गर्न विफल हुँदैआएको ओली सरकारप्रति बढिरहेको जनअसन्तुष्टिलाई भजाएर आन्दोलन चर्काउने संघीय गठबन्धन र मधेशी मोर्चाले आशा राखेका भए पनि बाह्यशक्तिको इशारा र स्वार्थपूर्तिका लागि गरिने कुनै पनि गतिविधिलाई जनताको समर्थन नरहने प्रष्टै देखिएको छ । वार्ताका माध्यमबाट समस्याको निकास खोज्ने क्रममा सरकारले देखाएको उदासिनता पनि त्यत्तिकै आलोच्य पक्ष बनेको छ । राजधानीलाई अस्तव्यस्त पारेर दवाव सिर्जना गर्ने र आफ्नो अभिष्ट पूरा गर्ने प्रायोजित खेलले जनतालाई कति दुःख दिने हो भन्ने आशंका खडा भएको छ ।

राजनीतिक विश्लेषकहरू भन्दछन्– प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबाट दुई देशबीच उत्पन्न असमझदारी हटेको भन्ने गरे पनि नाकाबन्दी हट्नु बाहेक कुनै सकारात्मक सन्देश प्रवाहित छैन । भारतले नेपालविरूद्ध अन्तर्राष्ट्रिय लविङ्समेत सुरू गरेर नेपालको आन्तरिम मामिलामा हस्तक्षेपकारी भूमिका बढाइरहेको छ । सवैलाई समेट्ने संविधान बन्नुपर्छ भन्दै अनेक तत्वलाई उचालेर आफ्नो निहित स्वार्थपूर्तिका लागि दवाव सिर्जना गर्ने उसको हर्कतमा कुनै कमी आएको छैन । ओली सरकारका लागि यो नै डेमोकल्सको तरवार बनेको छ । ओली सरकारमा सामेल दलहरूले भारतीय चलखेलकै गोटी बनेर सरकार गिराउने बाटो समाते भने जनतासामु नराम्रोसंग नांगिने भय पनि उत्तिकै रहेको छ । ओली सरकार गिराउने गणितीय हैसियत बनाउन कांग्रेसले तत्काल नसके पनि भारतको चलखेलले कस्तो नियति सिर्जना गर्ने हो भन्ने आशंका घनिभूत भैरहेको छ । ओली सरकार संटको घेरामा पर्दैगएको आम बुझाइ छ । अबिलम्ब सत्तारोहणका लागि नेपाली कांग्रेस भारतीय रणनीतिको गोटी नबनोस् भन्ने आम नेपालीको धारणा छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मधेशी मोर्चा अब देशभक्तिको आन्दोलनमा ! (04.22.2016)
साँच्चै पोल्छ जनताका पीडाले (04.22.2016)
ओली सरकार भारतको घेराबन्दीमा (04.12.2016)
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ? (04.12.2016)
चीनको उदारमन खिच्न कति सक्ला नेपालले (04.12.2016)
दर्जन नेपालीको कालोधन खोजी हुँदै (04.12.2016)
भारतको खलनायकी भूमिका (03.29.2016)
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी (03.29.2016)
पौडेललाई पन्छाउने देउवाको प्रयास (03.29.2016)
सरकार तयारी गर जनता पैसा हाल्न तयार (03.29.2016)
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ? (03.15.2016)
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण (03.15.2016)
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)
कांग्रेस सभापतिमा देउवा (03.09.2016)
इन्धनमा भारतको एकाधिकार तोडिने (03.09.2016)
सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने (03.09.2016)
फागुनभित्रै पहिलो किस्ता वितरण गरिने (03.09.2016)
प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने (02.18.2016)
संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री (02.18.2016)
सेलाएको कि नयाँ रणनीति बुन्दै (02.18.2016)



 
::| Latest News

 
[Page Top]