युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 01:12am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए
Tuesday, 05.17.2016, 11:19am (GMT+5.5)

काठमाडौं । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट घरबार विहीन भएका पीडितलाई घर बनाउन अनुदान दिन पुनः तथ्यांक संकलन गर्न गाउँगाउँ पुगेका प्राविधिकहरूले पीडितसंग घूस माग्दै घूस नदिनेको नाम छुटाइदिने गरेको फेला परेको छ ।

आइतबार गोरखाको पालुङटार नगरपालिका–१ च्याङ्लीका भूकम्पपीडित होमनाथ पाण्डे आफूसहित गाउँलेले घैस नदिएपछि पीडितको सूचीबाट नाम हटाइदिएको उजरी जिल्ला प्रशासनमा दिएपछि तथ्यांक संकलन गर्नेहरूले कसरी पीडितलाई अरू पीडित बनाउन खोजिरहेका छन् भन्ने देखिन्छ । तथ्यांकबाट नाम हटेको थाहा पाएपछि पीडितहरू जिल्ला प्रशासन कार्यालय आएर प्रजिअ नारायणप्रसाद भट्टसमक्ष सो गुनासो गरेका हुन् । 

प्रमुख जिल्ला अधिकारी समक्ष पीडितहरूको तर्फबाट पाण्डेले “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४÷१५ हजार रूपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने प्रस्ताव राखे, मैले घुस दिँदैनौं भने, पछि देख्लास् भन्दै इन्जिनियर उठे, घूस नपाएको झोँकमा इन्जिनियरले आफूसहित गाउँलेको नाम लाभग्राहीको सूचीमा छुटाइदिए ।”

नियतवश नाम छुटाउने इन्जिनियर अर्जुन शाहलाई कारबाही गर्नुपर्ने, पुनः तथ्याङ्क सङ्कलन गर्दै वास्तविक भूकम्प पीडितलाई घर बनाउन अनुदान रकम दिनुपर्ने माग गर्दै पालुङटार नपा–१, २, र ३ वडाका भूकम्पपीडित जिल्ला प्रशासन कार्यालयमा आएका हुन् । गत शुक्रबार सार्वजानिक गरिएको अनुदान पाउने लाभग्राहीको सूचीमा आफ्नो नाम छुटेपछि गाडी रिजर्भ गरेर पीडित प्रजिअ भट्टकहाँ आएका हुन् । भूकम्पपछि घरबारविहीन पीडितसँग इन्जिनियरले पैसा माग्दै नाम छुटाएको भन्दै उनीहरू आक्रोशित भएका छन् ।

सूचीमा नाम नपरेका भूकम्पपीडितले सूची सार्वजानिक भएको एक साताभित्रमा प्रमाणसहित निवदेन दिनुपर्ने भने पनि गाविसमा निवेदन फाराम नपुगेको पानपा–३ का रत्नराज कँडेलले बताउनुभयो । “रातो कार्ड पनि पाएँ, सेतो पनि पाएँ,” उहाँले भन्नुभयो – “घर ढलेको छ । किन लाभग्राहीको सूचीमा नाम परेन ?” तथ्याङ्क सङ्कलन गर्न गएका इन्जिनियरको हेलचेक्र्याइँले गर्दा पीडितले दुःख पाएको उहाँले बताउनुभयो । च्याङ्ली क्षेत्रका करिब ३०० पीडित आफ्नो नाम छुटेको भन्दै प्रशासन कार्यालय आएका हुन् ।

प्रजिअ नारायणप्रसाद भट्टले सूचना प्राप्त नहुँदा घूस मागेका इन्जिनियरलाई कारबाही गर्न नसकिएको बताउनुभयो । “भूकम्पपीडितसँग घूस मागेको सूचना पाएको भए हामी जो, कोहीमाथि पनि कानुनअनुसार कारबाही गथ्र्यौं,” उहाँले भन्नुभयो । गाउँमा मात्रै घर भएका गरिब पीडितको नाम सूचीमा नआएको भन्दै उनीहरूले काठमाडौँ, पोखरा, चितवनमा घर बनाएकाको नाम सूचीमा आएको दाबी गरेका छन् । गाउँ–गाउँ पुगेर भूकम्पले भत्काएको घर, घरमूलीसहित आर्थिक तथा सामाजिक तथ्याङ्क सङ्कलन गरेको इन्जिनियरले बताए पनि सार्वजानिक भएको तथ्याङ्कको चौतर्फी विरोध हुँदै आएको छ । 

जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले इन्जिनियरको मोबाइल नम्बर दिन नमिल्ने बताउँदै भन्नुभयो – “इन्जिनियरलाई थ्रेट हुनसक्ने भन्दै माथिबाट इन्जिनियरको नम्बर नदिनू भन्ने निर्देशन छ ।” तथ्याङ्क सङ्कलनका क्रममा कोही इन्जिनियरले पीडितसँग कानुन विपरीत घूस मागेको र पीडितको नाम छुटाइदिएको भए छानबिन हुने उहाँले बताउनुभयो । 

जिल्ला दैवीप्रकोप उद्धार समितिले ढुङ्गा, माटोले बनेका सबै घर पूर्ण ध्वस्त भएको भन्दै राहत दिने निर्णय गरेको भए पनि पुनःनिर्माणको क्रममाः अनुदान वितरणको प्रक्रिया सुरू हुँदा ढुङ्गा, माटोले बनेका घर छुटेका छन् । जिल्लाको हंसपुर, मुच्चोक, बारपाक, लाप्राक, गुम्दा, सौरपानी र नारेश्वरमा पुनः निर्माणमा अभियानको सुरूवात गरिए पनि ती ठाउँमा सयौँ भूकम्पपीडित छुटेको बताइएको छ । यसअघि धुवाँकोट क्षेत्रका भूकम्पपीडित नाम छुटेको भन्दै गाडी रिजर्भ गरेर प्रशासन कार्यालय आएका थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
२१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला (04.27.2016)
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ? (04.27.2016)
आयोगको सक्रियताले माओवादीमा सकस (04.27.2016)
कसले खान्छ करोडौं लिटर पेट्रोलियम ? (04.27.2016)
अकूत सम्पत्ति कमाएको आरोपमा दीक्षित पक्राउ (04.27.2016)
भारतीय रणनीतिमा सरकार परिवर्तनको कसरत ! (04.22.2016)
क्रिकेटले दियो नयाँ वर्षको खुसीयाली (04.22.2016)
मधेशी मोर्चा अब देशभक्तिको आन्दोलनमा ! (04.22.2016)
साँच्चै पोल्छ जनताका पीडाले (04.22.2016)
ओली सरकार भारतको घेराबन्दीमा (04.12.2016)
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ? (04.12.2016)
चीनको उदारमन खिच्न कति सक्ला नेपालले (04.12.2016)
दर्जन नेपालीको कालोधन खोजी हुँदै (04.12.2016)
भारतको खलनायकी भूमिका (03.29.2016)
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी (03.29.2016)
पौडेललाई पन्छाउने देउवाको प्रयास (03.29.2016)
सरकार तयारी गर जनता पैसा हाल्न तयार (03.29.2016)
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण (03.15.2016)
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ? (03.15.2016)
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा (03.15.2016)



 
::| Latest News

 
[Page Top]