युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.22.2019, 12:20am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
मुद्दाले झस्किएको माओवादी एकतातर्फ
Tuesday, 05.17.2016, 11:20am (GMT+5.5)

काठमाडौं । विस्तृत शान्ति सम्झौताको एउटा अभिन्न पाटो द्वन्द्वकालीन मुद्दाहरूको छिनोफानो गर्न सत्य निरूपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग गठन भएर मुद्दाहरू दर्ता हुने क्रम चलेसंगै माओवादीहरू एकताबद्ध हुन थालेका छन् । शान्ति प्रक्रियाका बाँकी काम पूरा नहुने, माओवादीका नेता तथा कार्यकर्तालाई अपराधी करार गरेर जेल हाल्ने, विस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई ख्याल नगर्ने तथा त्यसविरूद्धका गतिविधि बढेका कारण पछिल्लो दिनमा माओवादीलाई एकताबद्ध हुन प्रेरित गरेको हो । 

यससंगै मोहन वैद्यले नेतृत्व गरेको पार्टी भने फेरि विभाजित भएको छ । रामबहादुर थापाले एकताको पहल गरेपछि वैद्य असन्तुष्ट हुँदैआएको र शनिबार थापाले अलग्गै कार्यसमिति गठन गर्नुभएको छ । दश वर्षसम्मसँगै जनयुद्ध गरेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डो¥याउन निर्णायक भूमिका निभाएका माओवादी पार्टी विभाजित भएर आधा दर्जन दल गठन भएपछि उनीहरू कमजोर मात्र बनेनन् कि कारबाहीको डर समेत उत्पन्न गरायो । त्यसैले विभिन्न समूह र घटकमा विभाजित भएको अवस्थालाई अन्त्य गर्दै पछिल्लो पटक एकै ठाउँमा उभिन लागेका हुन् । माओवादी घटकका विभिन्न समूहबीच भइरहेको द्विपक्षीय तथा बहुपक्षीय बैठकले यही जेठको पहिलो साताभित्रै बृहत् एकता गर्ने र नेपालको माओवादी आन्दोलनलाई नयाँ उचाइमा उठाउने प्रतिबद्धता जनाएका छन् । 

विशेषत पछिल्लो पटक सर्वोच्च अदालतले माओवादीका नेता तथा कार्यकर्तालाई जनयुद्धकालीन मुद्दामा दोषी करार गर्दै जेल हाल्ने समेतको फैसला गर्न थालेपछि छिन्न भिन्न भएर बस्दा समस्या आउने निष्कर्षका साथ माओवादी घटक एकता लागि तयार भएका हुन् । माओवादी नेता देव गुरूङका अनुसार शान्ति प्रक्रिया पूरा हुनु त कता हो कता उल्टै माओवादी भएकै कारण जेल जानुपर्ने र जनयुद्धकालीन मुद्दालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा नलगी नियमित अदालती प्रक्रियामा लैजाने विषय नै गम्भीर विषय हो भन्दै यस्तो प्रवृत्ति बिरूद्ध एकताबद्ध हुनुपर्ने आवश्यकता सबैले महसुस गरेको बताउनुहुन्छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि तर्क र तथ्य पेश गरेर एकता प्रक्रियालाई पर नसार्न उहाँकै गुरूसमेत रहनुभएका वैद्यलाई आग्रह गर्नुभएको छ । गत वैशाख ३१ गते राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबाटै उहाँले वर्तमान सरकारमा एमाओवादीको उपस्थिति नै एकताको लागि बाधक हो भने सरकार नै परित्याग गर्न पनि आफू तयार रहेको बताउनुभयो । तर सिद्धान्तनिष्ठ र इमान्दार मानिनु हुने वैद्य किन एकताको लागि तयार हुनुहुन्न त ? सोही दलका एक नेता भन्नुहुन्छ, “खै किन उहाँले मानिरहनु भएको छैन र त्यसको मक्सद के हो हामीले पनि बुझ्न सकेका छैनौँ । तर उहाँ ढिलो चाँडो एकतामा आउनुहुन्छ ।”

विशेषत पुष्पकमल दाहाल नेतृत्वमा रहेको एकीकृत नेकपा (माओवादी), मोहन वैद्य नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी), मातृका यादव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दको नेतृत्वको नेकपा माओवादी समूहमा रहेका र माओवादी विभाजित भएपछि कुनै पनि समूहमा नलागेका नेता तथा कार्यकर्ता एकै ठाउँमा उभिन लागेका हुन् । त्यसमा वैद्य नेतृत्वको माओवादीको दुई तिहाइभन्दा बढी हिस्सा एकता प्रक्रियामा सामेल भए पनि एक तिहाइ हिस्सा भने सो प्रक्रियामा सहभागी नहुने देखिएको छ ।

सो पार्टीका एक वरिष्ठ नेता सिपी गजुरेलले विचार र सिद्धान्तमा कुरा नमिलेका कारण तत्कालका लागि आफ्नो पार्टीका केही नेता तथा कार्यकर्ता एकतामा गए पनि आफूहरू नजाने भनेर दिनुभएको वक्तव्यलाई मान्ने हो भने वैद्य नेतृत्वको माओवादी भने पुनः अस्तित्वमा रहनेछ । 

यद्यपि सोही समूहका नेता रामबहादुर थापा भने पूरै पार्टीलाई एकता प्रक्रियामा ल्याउन आफू प्रयासरत रहेको बताउँदै आउनुभएको छ । सो समूहका अर्का नेता देवप्रसाद गुरूङ माओवादी एकता आजको प्रमुख आवश्यकता भएकाले त्यसमा बिलम्वको कुनै अर्थ नरहेको बताउनुहुन्छ । त्यसैले त बादलले समानान्तर समिति गठन गरिसकेका छन् ।

त्यस्तै एकताका लागि माओवादी घटकले विभिन्न १२ बुँदे अवधारणा पनि तयार पारेका छन् । एमाओवादी अध्यक्ष दाहाल र क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यबीच विगतमा भएको द्विपक्षीय संवादका आधारमा नै सो अवधारणा अगाडि सारिएको वार्तामा सहभागी नेताको धारणा छ । गत वैशाख २८ गते ललितपुरको एक निजी निवासमा भएको बहुपक्षीय छलफलले एकताको लागि भन्दै १२ बुँदे प्रस्ताव अगाडि सारेको थियो ।

त्यसमा विशेष गरी संविधानसभाबाट पारित भएको नेपालको संविधानमा रहेका सकारात्मक विषयलाई आत्मसात् गर्दै थप अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने, जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने उल्लेख छ ।

त्यस्तै ‘माओवादी नेतृत्वको १० वर्षे जनयुद्ध र त्यसको बलमा सिर्जित क्रान्तिकारी परिस्थिति र उपलब्धि खतरामा छन् । यस सन्दर्भमा वैचारिक अन्योल, अन्तरविरोध र विचलनको वस्तुवादी र तर्क सङ्गत संश्लेषण हुन नसक्दा माओवादी पार्टी र आन्दोलनमा विभाजनमा शृङ्खला देखा परे जसको परिणाम क्रान्तिकारीमा निरासा, विघटन, पलायतका प्रवृत्ति हाबी हुन थालेका छन् । त्यसबाट प्रतिक्रियावादी र अवसरवादी हौसिँदै क्रान्तिका उपलब्धिमाथि आक्रमण हुन थालेको छ । यस्तो अवस्थामा सम्पूर्ण माओवादीसहित सच्च कम्युनिस्टबीचको एकता आज एक अपरिहार्य र ऐतिहासिक आवश्यकता बनेको छ । 

संविधानसभाको दोस्रो निर्वाचनमा एमाओवादीले सोचेजस्तो परिणाम ल्याउन नसकेपछि नै एकताको प्रक्रिया अगाडि बढेको थियो । पटकपटक भएका छलफल र संवाद सकारात्मक दिशामा अगाडि बढेको बताउँदै आइए पनि ठोस प्रगति हुन सकेको थिएन । २०७२ साल वैशाखमा पनि एकताको विषयमा द्विपक्षीय छलफल चलेको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए (05.17.2016)
२१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला (04.27.2016)
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ? (04.27.2016)
आयोगको सक्रियताले माओवादीमा सकस (04.27.2016)
कसले खान्छ करोडौं लिटर पेट्रोलियम ? (04.27.2016)
अकूत सम्पत्ति कमाएको आरोपमा दीक्षित पक्राउ (04.27.2016)
भारतीय रणनीतिमा सरकार परिवर्तनको कसरत ! (04.22.2016)
क्रिकेटले दियो नयाँ वर्षको खुसीयाली (04.22.2016)
मधेशी मोर्चा अब देशभक्तिको आन्दोलनमा ! (04.22.2016)
साँच्चै पोल्छ जनताका पीडाले (04.22.2016)
ओली सरकार भारतको घेराबन्दीमा (04.12.2016)
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ? (04.12.2016)
चीनको उदारमन खिच्न कति सक्ला नेपालले (04.12.2016)
दर्जन नेपालीको कालोधन खोजी हुँदै (04.12.2016)
भारतको खलनायकी भूमिका (03.29.2016)
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी (03.29.2016)
सरकार तयारी गर जनता पैसा हाल्न तयार (03.29.2016)
पौडेललाई पन्छाउने देउवाको प्रयास (03.29.2016)
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण (03.15.2016)
नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ? (03.15.2016)



 
::| Latest News

 
[Page Top]