युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 08:30pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
धर्म प्रचारकहरूका लागि उर्बर समय
Tuesday, 06.14.2016, 12:28pm (GMT+5.5)

काठमाडौं । आफूले गर्नुपर्ने काम समयमा गरिएन भने त्यसमा अरुले हस्तक्षेप गरी आफ्नो स्वार्थ अनुसारको गतिविधि गर्दछ । अहिले त्यस्तै देखिएको छ । भूकम्प प्रभावित जिल्लाहरूमा अहिले धर्म प्रचारकहरूको बाक्लो उपस्थिति हुन थालेको छ । हुन त २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि इसाई धर्म प्रचारक संस्थाहरूले राहतसंगै धर्म परिवर्तनको अभियान नै चलाएका थिए । अहिले पनि भूकम्पबाट घरबार विहीन भएकाहरूलाई इसाई धर्मधारण गरे घर नै बनाइदिने गरिएको छ ।

यस्तो काम दुर्गम क्षेत्रमा मात्र हैन काठमाडौं उपत्यकाभित्रै व्यापक फैलिएको छ । उपत्यकाका काँठ क्षेत्रमा गत वर्षको भूकम्प यता मात्र दर्जनौं चर्च बनेका छन्, घर बनाइदिने भएपछि इसाई धर्म अँगाल्नेहरूको संख्या पनि ठूलो छ । यो घटनाले के सिद्ध गर्दछ भने सरकारले भूकम्प पीडितहरूलाई बेलैमा आवासको व्यवस्था नगर्ने हो भने ग्रामीण क्षेत्रका अधिकांश भूकम्प पीडित इसाई धर्मावलम्बी बन्ने छन् । पीडाले छटपटिएकाहरूका माझ मीठा कुरा र सहयोगको ठूलो पोको बोकेर जाने इसाई धर्म प्रचारकहरूले अहिले सरकारले गरिरहेको ढिलासुस्तीलाई धर्म परिवर्तनको उर्बर समयका रुपमा लिएका छन् ।

पहिले पहिले ग्रामीण क्षेत्रका गरीब र निरक्षर बस्तीहरूमा धर्म परिवर्तन गराउँदै हिंडेका धर्म व्यापारीहरू भूकम्प पीडितसंगै अब निजी विद्यालयमा समेत छिरेका छन् । उनीहरूलाई विद्यालयका संचालकले नै साथ दिएको पाइएको छ । बिहिबार दोलखामा विद्यालयमा इसाई धर्म सम्बन्धी पुस्तक बाडेर धर्मप्रचार गरेको आरोपमा दुई वटा निजी स्कुलका सञ्चाकसहित साता जनालाई प्रहरीले प्रक्राउ गरेपछि अब विद्यालय पनि धर्मप्रचारको थलो बन्न थालेको पाइएको छ ।

दोलखाको सदमुकाम चरिकोटस्थित माउण्ट भ्याली बोडिङ स्कुलका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही सहित क्रिस्चियन संस्था टिच नेपालमा आबद्ध व्यक्तिहरूलाई प्रहरीले पक्रेको हो । प्रिन्सिपलहरू विद्यालयबाट र अन्य पाँच जना चरिकोटस्थित सातदोवाटो चोकबाट प्रक्राउ परेका हुन् । टिच नेपालबाट आएका काठमाडौंका बनिता डंगोल, मकवानपुरका बालकृष्ण राई, गोर्खाका फिलिप तमाङ, ललितपुरका किरण दाहाल, रामेछापका भीमबहादुर तमाङ पनि पक्राउ परेका छन् ।

उनीहरूले माउण्ट भ्यालीका करिब ५ सय र मोर्डन नेपालका करिब ३ सय ८५ जना विद्यार्थीलाई रुमाल र यशु खृष्ट सम्बन्धी कथा बाडेको आरोप लगाइएको छ । टिच नेपालबाट प्रचारमा प्रयोग भएको एउटा मोटर पनि प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बेलबहादुर पाण्डेका अनुसार उनीहरूले बुधबार माउण्ट भ्यालीमा र विहिवार मोर्डन नेपालमा विद्यार्थीहरूलाई दिनभर धार्मिक कार्यक्रम गरेर प्रवचनसमेत गरेका थिए । कलिला बालबालिकालाई धार्मिक रुपमा अभिप्रेरित गरेको आरोपमा प्रहरीले सबैजनालाई धर्म प्रचार तथा धर्म परिवर्तनसम्बन्धि मुद्दा चलाइएको छ । यसको बिरोधमा सम्बन्धित संस्थाले सामाजिक संजालमार्फत बिरोध गरेको छ ।

उनीहरूले मुलुकी ऐन अदलको महलको १ र नेपालको संविधान धारा २६ उपधारा ३ विपरीत कार्य गरेकोले मुद्दा चलाइएको छ ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपछि यसको सबैभन्दा धेरै लाभ इशाई धर्मावलम्बीहरूले उठाएका छन् । धर्मनिरपेक्षको नाममा इसाईकरणको दीर्घकालीन रणनीति नै बनाएर यसको प्रचार सुरु गरिएको छ । शिक्षाको नाममा, उपचारको नाममा, राहतको नाममा, विकासको नाममा गाउँगाउँमा पुगेका गैरसरकारी संस्थाहरूको पहिलो काम नै सोझासिधा जनतालाई धर्म परिवर्तन गराउनु हो । अझ लोकतन्त्रको बहाली, धर्मनिरपेक्षताको घोषणाा र गणतन्त्रसंगै नेपालमा इसाईकरणको बाढी नै हुल्ने प्रपञ्च रचिएको छ । संविधानमै धर्म परिवर्तन गर्न पाउनुलाई  मौलिक हकमा राख्न पश्चिमा राष्ट्रले दवाव दिएको कुरा खुलास्त नै छ । संविधानमा जनताले राय सुझाव दिंदै धर्मनिरपेक्षा हटाउनुपर्ने माग गरिए पनि त्यसको सुनुवाई नहुँदा अहिले मुलुकको पहिचान नै गुम्ने खतरा बढ्दै गएको छ । यसमा सरकारको अकर्मण्यता र राजनीतिक शक्ति समूहहरूको लोभी–पापी सोचले अरुमलजल गरेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मधेश आन्दोलन राजधानी भित्रियो (05.17.2016)
मुद्दाले झस्किएको माओवादी एकतातर्फ (05.17.2016)
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए (05.17.2016)
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ? (04.27.2016)
२१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला (04.27.2016)
आयोगको सक्रियताले माओवादीमा सकस (04.27.2016)
कसले खान्छ करोडौं लिटर पेट्रोलियम ? (04.27.2016)
अकूत सम्पत्ति कमाएको आरोपमा दीक्षित पक्राउ (04.27.2016)
क्रिकेटले दियो नयाँ वर्षको खुसीयाली (04.22.2016)
भारतीय रणनीतिमा सरकार परिवर्तनको कसरत ! (04.22.2016)
मधेशी मोर्चा अब देशभक्तिको आन्दोलनमा ! (04.22.2016)
साँच्चै पोल्छ जनताका पीडाले (04.22.2016)
ओली सरकार भारतको घेराबन्दीमा (04.12.2016)
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ? (04.12.2016)
चीनको उदारमन खिच्न कति सक्ला नेपालले (04.12.2016)
दर्जन नेपालीको कालोधन खोजी हुँदै (04.12.2016)
भारतको खलनायकी भूमिका (03.29.2016)
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी (03.29.2016)
सरकार तयारी गर जनता पैसा हाल्न तयार (03.29.2016)
पौडेललाई पन्छाउने देउवाको प्रयास (03.29.2016)



 
::| Latest News

 
[Page Top]