युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.05.2019, 08:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने
Tuesday, 06.14.2016, 12:29pm (GMT+5.5)

काठमाडौं । आइतबार काठमाडौंको दशरथ रंगशालामा ठूलो महोत्सवको आयोजना गरी घोषणा भएको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक विकास समृद्धि पार्टीको प्रमुख एजेन्डा भएको घोषणा गरेको छ । आर्थिक विकासलाई मुख्य एजेण्डा बनाएको पार्टीको सिद्धान्तलाई सबैले मन पराए । फरक शैलीको राजनीति गर्ने घोषणा गर्नुभएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अरु राजनीतिक दलप्रति कुनै आक्षेप लगाउनुभएन । 

दशरथ रंगशालामा डा. भट्टराईले झण्डै २ घण्टा लामो भाषणमा आफ्नो पार्टीले लिएको नीति र आफ्नो व्यक्तित्वबारे उठेको प्रश्नबारे प्रष्ट पर्दै विदेश नीतिदेखि दलित जनजातिका मुद्दा तथा इतिहासदेखि लोकतान्त्रिक आन्दोलन र संविधान बनेपछिको कालखण्डको ब्याख्यामा सयम व्यतित गर्नुभयो । उहाँले रंगशालामा २ घण्टा भाषण गर्दा कसरी मुलुक समृद्ध गर्न सकिन्छ भन्नेमै खर्चिन भयो । शुभकामना दिन आएका देशी विदेशी पाहुनाले पनि त्यही विषयलाई दोहोर्याए । पार्टी घोषणामा डा. भट्टराईले सार्वजनिक गरेको विकासका सूत्र यस्ता थिए–

सुनको छाना हाल्ने पार्टी
घोषणासभामा डा. भट्टराईले नेपालको पहिलो कालखण्डमा एकीकरणले प्रधानता पाएको, दोश्रो कालखण्डमा लोकतन्त्रले प्रधानता पाएको उल्लेख गर्दै अब घरको जग खडा भइसकेकोले आर्थिक विकास र समृद्धिको सुन्दर छाना हाल्नुपर्ने बताउनुभयो । भट्टराईले आफ्नो पार्टीले दिएको विकासको नारा हावादारी भएको भन्ने आरोपको प्रतिरक्षा गर्दै विगतमा दिइएको भन्दा फरक भएको दावी गर्दै भन्नुभयो ‘पञ्चायतमा पनि विकासको मूल फुटाउने कुरा हुन्थ्यो विकास र समृद्धि फरक कुरा हो ।’ आफ्नो लक्ष्य रुख चरा बँधेको चरा खसाल्ने अर्जुनको जस्तो भएको प्रस्ट्याउनुयो ।

नेपाल संसारको सबैभन्दा धनी देश
भट्टराईले आफ्नो जीवनकालमा नै संसारको सबैभन्दा धनी देश नेपाललाई बनाउने बताउँदै ‘२५ वर्षमा मेरो जीवनकालमा नै संसारको सबैभन्दा धनी देश बनाउँदै छौँ’, उपस्थितहरूलाई देखाउँदै ‘तपाइँहरूको त (जीवनकाल) अझ लामो छ ।’ उनले १५ वर्षमा देशलाई मध्यम आय स्तरको देश बनाउने र प्रतिव्यक्ति आय सात सय डलरबाट दश गुणा बढाउने दावी गर्नुभयो । 

यसका लागि के के गर्नुपर्छ त ? डा. भट्टराईले आफ्नो पार्टी संसद पूर्ण समानुपातिक र कार्यपालिका प्रत्यक्ष निर्वाचितको पक्षमा रहेको बताए । उनले मलेसियामा महाथिरले २० वर्ष र सिंगापुरमा लि क्वानले ३० वर्ष शासन गरेको उदाहरण दिदैँ भने– कम्तिमा नेपालमा पाँच वर्ष प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने तर्क सुनाउनुभयो । 

भट्टराईले आफूलाई बारम्बार सोध्ने र आफ्नो विषयमा जनताले पालेको बाबुराम पुरानै मान्छे भन्ने प्रश्नमा स्पष्टिकरण दिनुभयो । ‘जनयुद्धबाट आएको मान्छे कसरी नयाँ हुन्छ भन्ने सोचेको होला, मेरो बुबा यहीँ (रंगशालामा) बस्नु भएको छ । उहाँलाई हेर्नुभयो भने अहिले पनि उहाँ किसान देखिनुहुन्छ ।’ ‘अब मैले केही लिनुछैन । म कार्यकारी प्रधानमन्त्रीसम्म भएँ । मेरो छोरीको पुस्ताको निम्ति बाँकी जीवन अर्पण गर्छुभन्दा गलत के हुन्छ ?’ 

निजी सम्पति न जोड्ने भिष्म प्रतिज्ञा
बाबुरामले भट्टराईले आफू आर्किटेक्चर भएको उल्लेख गर्दै धेरैको घरको नक्सा कोरेको तर अब आफ्नो व्यक्तिगत घरको नक्सा नकोर्ने बताए । जबसम्म सबै नेपालीहरूले घर हुँदैन, म आफ्नो निम्ति घर बनाउने छैन’, उनको भनाई थियो । उनले आफूले निजी सम्पति नजोड्ने बताउनुभयो । भट्टराईले कृषिमा अझै पनि बलरामको हलो र इन्द्रको पानीको भर पर्ने अवस्था अन्त्य गर्न आवश्यक रहेको बताए । साथै उनले कृषकको जीवनस्तर सुधार हुनुपर्ने तर्फ पार्टीको ध्यान रहेको बताउनुभयो । 

घोषणासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल नेकपा एमाले बाहेक अरु पार्टीहरूलाई धक्कादिने सम्भावना रहेको बताउनुभयो । शुभकामना मन्तव्य व्यक्त गर्दैै प्रधानमन्त्री ओलीले नयाँ शक्तिले नारा तय गरेजस्तै काम गर्नसकोस् भन्ने शुभकामना दिनुहुँदै सबैको चाहना मुलुकको विकास नै भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नयाँ शक्तिले देशको विकासको समृद्धि र जनताको उन्नतिका लागि राम्रो काम गरोस् भनी शुभकामनासमेत व्यक्त गर्दै भन्नुभयो ‘बन्दै गरेको पार्टीले यो गरेन उ गरेन भन्न मिल्दैन, देश, जनता, राष्ट्रिय एकता, शान्ति, समृद्धि, स्थायीत्व, एकता र विकासका लागि काम गरोस् ।’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायी शान्ति र लगानीको वातावरण बनाउन नयाँ शक्तिका साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो । “स्थायी शान्ति र लगानीको वातावरणले मात्र देशमा समृद्धि र विकासको सोचलाई पूरा गर्न सक्छ”– उहाँले भन्नुभयो ।

सभामा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले राजनीतिक नेतृत्वबिना आर्थिक विकास सम्भव नभएको बताउनुभयो । “पार्टीले सारेको समृद्धि र आर्थिक विकासको विकल्प निरासामा नबद्लियोस्”– उहाँले भन्नुभयो ।

कार्यक्रममा सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, काँग्रेस नेता प्रदीप गिरी र डा सुरेन्द्रप्रसाद चौधरी, राप्रपा नेपालका नेता सुशीलकुमार श्रेष्ठ, राप्रपाका सुनीलबहादुर थापा, भारतीय जनता दल युनाइटेडका महासचिव केसी त्यागी, भारतीय राष्ट्रिय काँग्रेसका महासचिव एवम् विधायक डिपी त्रिपाठी, भारतीय बहुजन पार्टीका प्रवक्ता सुधीन्द्र भादोरिया, नयाँ शक्तिका रामचन्द्र झा, दुर्गा सोब र पर्शुराम तामाङलगायतका वक्ताले अबको निकास, आर्थिक विकास भन्ने दलको नारालाई सफल बनाउन शुभकामना व्यक्त गर्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
धर्म प्रचारकहरूका लागि उर्बर समय (06.14.2016)
मुद्दाले झस्किएको माओवादी एकतातर्फ (05.17.2016)
मधेश आन्दोलन राजधानी भित्रियो (05.17.2016)
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए (05.17.2016)
२१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला (04.27.2016)
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ? (04.27.2016)
आयोगको सक्रियताले माओवादीमा सकस (04.27.2016)
कसले खान्छ करोडौं लिटर पेट्रोलियम ? (04.27.2016)
अकूत सम्पत्ति कमाएको आरोपमा दीक्षित पक्राउ (04.27.2016)
क्रिकेटले दियो नयाँ वर्षको खुसीयाली (04.22.2016)
भारतीय रणनीतिमा सरकार परिवर्तनको कसरत ! (04.22.2016)
मधेशी मोर्चा अब देशभक्तिको आन्दोलनमा ! (04.22.2016)
साँच्चै पोल्छ जनताका पीडाले (04.22.2016)
ओली सरकार भारतको घेराबन्दीमा (04.12.2016)
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ? (04.12.2016)
चीनको उदारमन खिच्न कति सक्ला नेपालले (04.12.2016)
दर्जन नेपालीको कालोधन खोजी हुँदै (04.12.2016)
भारतको खलनायकी भूमिका (03.29.2016)
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी (03.29.2016)
सरकार तयारी गर जनता पैसा हाल्न तयार (03.29.2016)



 
::| Latest News

 
[Page Top]