युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 01:19am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन
Tuesday, 06.21.2016, 11:44am (GMT+5.5)

काठमाडौं । मधेशवादी दलहरुले नयाँ संविधानले मधेशलाई भेदभाव गरेको भन्दै संविधान अस्वीकार गरे पनि मधेशी जनताले भने नयाँ संविधान अनुसारको अधिकार उपभोग गरिरहेका छन् । यसमा सबभन्दा बढी चासो रहने नागरिकता परेको छ । संविधानसभाबाट संविधान जारी भएपछि यसले मधेशी समुदायलाई भेदभाव गरेको र नागरिकताबाट समेत वञ्चित गरेको भन्दै मधेवादीदेखि भारतीय नेताहरुले समेत आरोप लगाए पनि मधेशी जनताले नयाँ संविधान अनुसार भारतबाट विवाह गरेर ल्याइएकी बुहारीहरुले सजिलै नागरिकता लिएर त्यो आरोप मित्थ्या सावित गरिदिएका छन् । मधेशी जनताले संविधानले भेदभाव नगरेको थाहा पाउँदै गएपछि आन्दोलनकारीहरु मधेश छाडेर काठमाडौंमा अनशनमा खुम्चिन पुगेका छन् । अहिले तराईमा नयाँ संविधानको प्रावधान अनुसार नेपाल भित्रिएकी विदेशी बुहारीहरुले बिना अबरोध अंगीकृत नागरिकता पाइरहेका छन् ।

पछिल्लो समाचार विवरण अनुसार तराईका विभिन्न जिल्लामा संविधान जारी भएको ८ महिनाभित्र नेपालमा विवाह गरेका चार हजार ५ सय ६३ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । उनीहरूले तराई–मधेसका २० जिल्लाबाट नेपाली नागरिकता पाएका हुन् । नयाँ संविधान जारीपछिको आठ महिनामा नेपालीसँग बिहे गरेका उनीहरुले सजिलै नागरिकता लिएको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा हेर्ने गृह मन्त्रालयका सहसचिव विनोद केसीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार गएको वैशाखमा मात्र यी २० जिल्लाबाट ८ सय ९१ जनाले वैवाहिक अंगीकृत लिएका छन् । वैवाहिक अंगीकृत लिनेमा अधिकांश नेपाली पुरुषसँग विवाह गरेका भारतीय चेली रहेका छन् ।

नयाँ संविधानले मधेशीलाई राज्यको उच्च तहमा पुग्नका लागि नागरिकतामै विभेद गरेको र नेपालीसंग विवाह गरेर आउने भारतीय महिला र उनीहरुका सन्तानले नागरिकता नै नपाउने प्रावधान राखिएको आरोप लाग्ए पनि सुरुदेखि नै नेपालमा विवाह गर्ने भारतीय महिलाले नागरिकता पाइरहेका छन् ।

संविधानले भेदभाव गरेको छैन भन्ने कुरा अभ्यासबाट पुष्टि भएपछि मधेश आन्दोलन तुहिन पुगेको हो । मधेशवादीहरु यतिबेला काठमाडौंमा अनशन गरिरहेका छन् । उनीहरुले मधेशी जनतामा भ्रम फैलाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको अहिले पुुष्टि भैसकेको छ ।

अझ आश्चर्यको कुरा के छ भने असोज ३ मा संविधान जारी भएपछि तराई–मधेशका जिल्लामा हरेक महिना अंगीकृत नागरिकता लिनेको संख्या बढ्दै गएको छ । सुरुको चार महिना अर्थात् असोजदेखि पुसमा १ हजार ७५ जनाले अंगीकृत नागरिकता लिएका थिए, त्यसपछिको हरेक महिना कम्तीमा ६ सय ४० देखि बढीमा १ हजार ८० जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।

पहाडी मूलको बाहुल्य भएका कञ्चनपुर, कैलाली, बर्दिया, दाङ, चितवनलगायत जिल्लामा भने वैवाहिक अंगीकृत लिनेको संख्या ज्यादै न्यून छ । अझ हिमाली र पहाडका ५५ जिल्लाबाट वैवाहिक अंगीकृत पाउनेको संख्या अहिलेसम्म दुई दर्जन पनि छैन ।

यस्तो वास्तविकता रहँदारहँदै पनि नेपालमा नयाँ संविधानले नेपाली पुरुषसँग विवाह गरेका भारतीय (विदेशी) युवतीलाई नागरिकतामा विभेद गरेको दाबी र झूटो प्रचार भारतीय सञ्चार माध्यम र नेपालकै तराई–मधेसका जिल्लाहरूमा अझै भइरहेको छ ।

नयाँ संविधानले अंगीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा प्रमुखबाहेक जुनसुकै पदमा पुग्न पाउने अधिकारको प्रत्याभूति गरेको छ । नेपालीसँग बिहे गरी अंगीकृत नागरिकता पाएकी सद्भावनाकी नेतृ सरिता गिरी पहिलो संविधानसभाकालमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री भएकी थिइन् ।

नेपाली पुरुषसँग विवाह गरी अंगीकृत नेपाली नागरिकता पाएका १२ भारतीय चेली विभिन्न पार्टीबाट संविधानसभा सदस्यमा निर्वा्चित भई संविधान निर्माणमा सहभागी थिए । उनीहरू हाल रूपान्तरित व्यवस्थापिका संसद्को समेत सदस्य छन् ।

संविधान जारी भएपछि हालसम्म कञ्चनपुरबाट २०, कैलालीबाट १६, बर्दियाबाट ९०, बाँकेबाट २ सय १५, दाङबाट १८, कपिलवस्तुबाट ४ सय ६८, रूपन्देहीबाट ८ सय १२, नवलपरासीबाट ५ सय २९, चितवनबाट १७, पर्साबाट ४ सय ७६, बाराबाट ३ सय २४, रौतहटबाट २ सय १८, सर्लाहीबाट १ सय ४५, महोत्तरीबाट २ सय १९, धनुषाबाट १ सय ८२, सिरहाबाट १ सय ३०, सप्तरीबाट १ सय ४१, सुनसरीबाट १ सय ९२, मोरङबाट १ सय ५७ र झापाबाट १ सय ९४ जनालाई अंगीकृत नागरिकता वितरण भइसकेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी (06.14.2016)
आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने (06.14.2016)
धर्म प्रचारकहरूका लागि उर्बर समय (06.14.2016)
मुद्दाले झस्किएको माओवादी एकतातर्फ (05.17.2016)
मधेश आन्दोलन राजधानी भित्रियो (05.17.2016)
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए (05.17.2016)
२१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला (04.27.2016)
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ? (04.27.2016)
आयोगको सक्रियताले माओवादीमा सकस (04.27.2016)
कसले खान्छ करोडौं लिटर पेट्रोलियम ? (04.27.2016)
अकूत सम्पत्ति कमाएको आरोपमा दीक्षित पक्राउ (04.27.2016)
क्रिकेटले दियो नयाँ वर्षको खुसीयाली (04.22.2016)
भारतीय रणनीतिमा सरकार परिवर्तनको कसरत ! (04.22.2016)
मधेशी मोर्चा अब देशभक्तिको आन्दोलनमा ! (04.22.2016)
साँच्चै पोल्छ जनताका पीडाले (04.22.2016)
ओली सरकार भारतको घेराबन्दीमा (04.12.2016)
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ? (04.12.2016)
चीनको उदारमन खिच्न कति सक्ला नेपालले (04.12.2016)
दर्जन नेपालीको कालोधन खोजी हुँदै (04.12.2016)
भारतको खलनायकी भूमिका (03.29.2016)



 
::| Latest News

 
[Page Top]