युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 05:26pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
युगसम्वाद २९औं वर्षमा प्रवेश
Tuesday, 06.21.2016, 11:46am (GMT+5.5)

काठमाडौं । युगसम्वाद साप्ताहिक यसै अंकदेखि २९ औं वर्षमा प्रवेश गरेको छ । वितेका २८ वर्षमा युगसम्वादले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र नागरिक हक–अधिकारको पक्षमा अविचलित रुपमा आफूलाई उभ्याउँदै आएको छ । २८ वर्षको यो अन्तरालमा नेपालको राजनीतिक सामाजिक क्षेत्रमा युगान्तकारी अनेक घटना अभिलेखमा आएका छन् । ती ऐतिहासिक घटना सन्दर्भ र तिनले नेपालको राजनीतिक सामाजिक क्षेत्रमा पारेको प्रत्यक्ष प्रभावलाई निष्पक्ष र स्वतन्त्र ढंगले प्रस्तुत गर्ने र नेपालको सार्वभौमिक अखण्डता र एकता एवं सामाजिक सद्भावको सम्बर्धनका पक्षमा सचेततापूर्वक विचार प्रवाह गर्ने जिम्मेवारीलाई युगसम्वादले निरन्तर निर्वाह गर्दैआएको तथ्य हाम्रा लागि गौरवको विषय छ । 

राष्ट्र दिन प्रतिदिन कमजोर बन्दैगएको र बाह्यशक्तिका प्रक्षेपित खेलहरूको चंगुलबाट देशको राजनीति अझै मुक्त हुन नसकेको वर्तमान अवस्थामा राष्ट्र, राष्ट्रियता र जनसरोकारको सवाललाई प्रमुखता दिएर पत्रिकाको प्रकाशनलाई निरन्तरता दिनु कम चुनौतिपूर्ण छैन । साप्ताहिक पत्रिकाहरूको बिक्री–वितरणमा निरन्तर आइरहेको संकुचन र बिज्ञापन उपलब्धतामा बढ्दैगएको सीमितता एवं समानुपातिक बिज्ञापन वितरणका निम्ति सरकारी नीतिविहीनताले पारेको प्रत्यक्ष असर आजको यथार्थ हो । यसको मार युगसम्वादले पनि भोग्दैआएको छ र पनि प्रकाशनलाई निरन्तरता दिने चुनौतिलाई स्वीकार गर्दैआएको छ ।

विगत अढाइ दशकको अन्तरालमा नेपालको सञ्चार क्षेत्रले ठूलो फड्को मारेको निर्विवाद सत्य हो  तापनि राष्ट्रिय जागरण पैदागर्ने क्रममा खडा भएका चुनौतीहरू उत्तिकै जटिल छन् । सूचनाको बजार जुन रुपमा विकसित र विस्तारित भएको देखिन्छ त्यो रुपमा बजारीकरणको पत्रकारिताले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र आमजनसरोकारका विषयतिर कति ध्यान पुर्याएको छ त भन्ने सवाल पनि साथसाथै उठिरहेको छ । सूचनाको बजार फैलिए पनि राष्ट्रिय स्वाभिमान जगाउने गरी स्वस्थ जनमत तयार गर्ने दायित्वको निर्वाह कमै भएको कटु यथार्थबोध समयले नै गराएको छ । राजनीतिक आग्रहजन्य पत्रकारिता होस् वा निहित उद्देश्यमुखी वा बजारमुखी पत्रकारिता होस् त्यसले स्वस्थ, निष्पक्ष र वस्तुपरक पत्रकारितालाई निरन्तर चुनौती दिइरहेको छ ।

युगसम्वादले २८ वर्षको अविरलयात्राका क्रममा अविचलित रुपमा गर्दैआएको सूचना, विष्लेषण र विचारको प्रवाह आत्मगौरवको एउटा पाटो हो भने त्यसलाई निरन्तरता दिने आजको प्रतिबद्धता हो । युगसम्वादको  प्रकाशनलाई निरन्तरता दिने क्रममा सञ्चारकर्मी धेरै महानुभावहरूले समयसमयमा दिनुभएको योगदान अति अविस्मरणीय छ भने नियमित स्तम्भ लेखन र विचार प्रस्तुतिबाट सहयोग पुर्याउनेहरूप्रति पनि यो प्रकाशन उत्तिकै कृतकृत्य छ । आगामी दिनमा पनि यस प्रकारको सहयोगको निरन्तरताप्रति युगसम्वाद परिवार विश्वस्त छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन (06.21.2016)
संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी (06.14.2016)
आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने (06.14.2016)
धर्म प्रचारकहरूका लागि उर्बर समय (06.14.2016)
मुद्दाले झस्किएको माओवादी एकतातर्फ (05.17.2016)
मधेश आन्दोलन राजधानी भित्रियो (05.17.2016)
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए (05.17.2016)
२१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला (04.27.2016)
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ? (04.27.2016)
आयोगको सक्रियताले माओवादीमा सकस (04.27.2016)
कसले खान्छ करोडौं लिटर पेट्रोलियम ? (04.27.2016)
अकूत सम्पत्ति कमाएको आरोपमा दीक्षित पक्राउ (04.27.2016)
भारतीय रणनीतिमा सरकार परिवर्तनको कसरत ! (04.22.2016)
क्रिकेटले दियो नयाँ वर्षको खुसीयाली (04.22.2016)
मधेशी मोर्चा अब देशभक्तिको आन्दोलनमा ! (04.22.2016)
साँच्चै पोल्छ जनताका पीडाले (04.22.2016)
ओली सरकार भारतको घेराबन्दीमा (04.12.2016)
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ? (04.12.2016)
चीनको उदारमन खिच्न कति सक्ला नेपालले (04.12.2016)
दर्जन नेपालीको कालोधन खोजी हुँदै (04.12.2016)



 
::| Latest News

 
[Page Top]