युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 12:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
विस्फोटनमा परी १४ नेपालीको निधन
Tuesday, 06.21.2016, 11:47am (GMT+5.5)

काठमाडौं । वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएको मुलुक अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी समूहले गराएको विस्फोटनमा परी १४ नेपालीको निधन भएको छ । 

काबुलमा सोमबार बिहान ५ः४० बजे मिनीबसमाथि बम आक्रमण भएको थियो । अफगान गृह मन्त्रालयले उक्त घटनामा नौजना घाइते भएको जनाइएको छ । घाइते हुनेमा पाँच नेपाली र चार अफगान नागरिक रहेका छन् । नेपाली सुरक्षागार्ड बोकेको बसमाथि आक्रमण भएको अफगान गृह मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम हमलामा १४ नेपालीको मृत्युको घटनाले आफू स्तब्ध भएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 

त्यस्तै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले उक्त आतंकवादी घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । 

परराष्ट्र मन्त्रालयले अफगानिस्तानको राजधानी काबुलमा नेपालीमाथि भएको आतंकवादी हमलाको कारण पत्ता लगाउने भएको छ । बम आक्रमणमा १४ जना निजी नेपाली सुरक्षाकर्मीहरूको ज्यान गएलगतै सोमबार बिहान मन्त्रालयमा बसेको आकस्मिक बैठकले त्यसबारे बुझ्न परराष्ट्र मन्त्रालयले सबै संयन्त्र प्रयोग गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले मृतकको शव जतिसक्दो छिटो ल्याउने र घाइते भएका ५ नेपालीको उपचारमा तिव्रता दिने कार्य भइरहको पनि जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत आतंकवादी हमलामा परी १४ जना नेपालीको हत्या भएकोमा दुःख व्यक्त गर्दै आवश्यक सहयोग गर्न भारतले तयारी थालेको बताउनुभएको छ ।

नेपालीहरु बेलायती निजी सुरक्षाकर्मी कम्पनी साब्रे अन्तरगत रहेर त्यहाँ काम गर्दै आएका थिए । मृतकसहित १ सय ४७ जना भूतपूर्व सैनिकहरु नै त्यहाँ कार्यरत थिए । आक्रमणमा परेको टोली त्यहाँको क्यानडियन दूतावासमा सुरक्षा दिने गार्डहरुको हो । दुईवटा गाडीसँगै निस्किएकोमा पहिलो गाडी छोडेर दोस्रो गाडीमा आक्रमण भएको हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सयभन्दा बढी कानुन कहिले बन्ला ? (06.21.2016)
युगसम्वाद २९औं वर्षमा प्रवेश (06.21.2016)
नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन (06.21.2016)
संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी (06.14.2016)
आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने (06.14.2016)
धर्म प्रचारकहरूका लागि उर्बर समय (06.14.2016)
मधेश आन्दोलन राजधानी भित्रियो (05.17.2016)
मुद्दाले झस्किएको माओवादी एकतातर्फ (05.17.2016)
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए (05.17.2016)
२१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला (04.27.2016)
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ? (04.27.2016)
आयोगको सक्रियताले माओवादीमा सकस (04.27.2016)
कसले खान्छ करोडौं लिटर पेट्रोलियम ? (04.27.2016)
अकूत सम्पत्ति कमाएको आरोपमा दीक्षित पक्राउ (04.27.2016)
क्रिकेटले दियो नयाँ वर्षको खुसीयाली (04.22.2016)
भारतीय रणनीतिमा सरकार परिवर्तनको कसरत ! (04.22.2016)
मधेशी मोर्चा अब देशभक्तिको आन्दोलनमा ! (04.22.2016)
साँच्चै पोल्छ जनताका पीडाले (04.22.2016)
ओली सरकार भारतको घेराबन्दीमा (04.12.2016)
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ? (04.12.2016)



 
::| Latest News

 
[Page Top]