युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 05:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
सहमतिको नाममा भद्रगोल मच्चाउने तयारी
Thursday, 07.14.2016, 08:27am (GMT+5.5)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकोदोस्रो प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सिंहदरबारको घुम्ने कुर्सीको मोहले निकै सताउन थालेको छ । आफ्नै बलम बनेको सरकार ढाल्न पटकपटक कसरत गर्नुभएका प्रचण्ड किन सरकार बदल्ने चाहनामा हुनुहुन्छ भन्ने प्रश्नको उत्तर सजिलै आउन सकेको छैन । सरकारमा सामेल माओवादीका अधिकांश नेताहरु यही सरकारलाई निरन्तरता दिने भन्दै आइरहेका छन् भने अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व परिवर्तन गर्न विगतमा भएको नौ बुँदे सहमतिभन्दा बाहिरको भद्र समझदारी कार्यान्वयन हुनुपर्ने र यसका लागि आवश्यक दवाव दिने योजनामा हुनुहुन्छ । आइतबार र सोमबार बसेको माओवादी बैठकले सहमति कार्यान्वयन गर्न एमालेलाई दवाव दिने निर्णय गरेको छ भने आइतबार साँझ नै बसेको सत्तारूढ दलको बैठकमा माओवादीले यही गठबन्धनमा सत्ता हस्तान्तरण गर्न प्रस्ताव गरेको छ । 

पहिला सरकार नै बदल्ने मुडमा रहनुभएका प्रचण्ड अब यही गठबन्धनबाट आफू प्रधानमन्त्री बन्ने दाउमा हुनुहुन्छ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सरकार र गठबन्धनबारे बाहिर धेरै चर्चा भएको भन्दै यसबारेमा के धारणा छन् भन्नेबारे छलफल गरौं भन्दै एजेन्डा प्रस्तुत गरेपछि प्रमुख सत्ता साझेदार दलको तर्फबाट प्रचण्डले उपरोक्त कुरा बताउनुभएको हो ।

संसदबाट बजेट पारित भएपछि माओवादीमा सरकारको नेतृत्व गर्ने छटपटी बढेको हो । दुई दलबीच बुँदे सहमति गर्ने बेला बजेट र नीति तथा कार्यक्रम पास भएपछि माओवादीलाई सरकारको नेतृत्व दिने गरी अनौपचारिक सहमति भएको माओवादी नेताहरूको दाबी छ । 

प्रचण्डको प्रस्तावपछि प्रधानमन्त्री ओलीले पनि गठबन्धन आवश्यक रहे पनि असमझदारीको अवस्थामा धेरै लामो समयसम्म चल्न नसक्ने बताउँदै । सरकार अहिल्यै ढल्छ, भरे नै ढल्छ भनेर हिँड्नु भन्दा सहमतिका साथ जति दिन चल्छ त्यन्तिजेल चलाउने हो असमझदारी पाली–पाली गठबन्धन जोगाउनु छैन, मलाई पदमा बसिरहने रहर छैन भन्ने जवाफ दिएपछि बैठकमा सन्नाटा छाएको थियो ।

यति मात्र हैन प्रधानमन्त्री ओलीले के कारण गठबन्धन भत्काउनुपर्ने हो त्यसको औचित्यता पुष्टि गर्न सक्नुपर्ने बताउँदै पर्दा पछाडि धेरै खेल भइरहने हो भने हामी यहाँ बसेर कुरा गर्नुको औचित्य समेत नभएको बताउनुभयो । सोही बैठकमा उपस्थित राप्रपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले भने भारत र चीनसँगको सम्झौता र सरकारले गरेका अन्य कतिपय कामका कारण बाह्य र आन्तरिक दुवैतर्फबाट गठबन्धन भत्काउने प्रयास भइरहेको बताएका थिए । 


Rating (Votes: )   
Share     Print


Other Articles:
न्यायिक क्षेत्रमा नयाँ इतिहास (07.14.2016)
नियमावली पारितपछि निर्वाचनको सम्भावना बढ्यो (06.21.2016)
विस्फोटनमा परी १४ नेपालीको निधन (06.21.2016)
सयभन्दा बढी कानुन कहिले बन्ला ? (06.21.2016)
युगसम्वाद २९औं वर्षमा प्रवेश (06.21.2016)
नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन (06.21.2016)
संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी (06.14.2016)
आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने (06.14.2016)
धर्म प्रचारकहरूका लागि उर्बर समय (06.14.2016)
मधेश आन्दोलन राजधानी भित्रियो (05.17.2016)
मुद्दाले झस्किएको माओवादी एकतातर्फ (05.17.2016)
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए (05.17.2016)
२१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला (04.27.2016)
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ? (04.27.2016)
आयोगको सक्रियताले माओवादीमा सकस (04.27.2016)
कसले खान्छ करोडौं लिटर पेट्रोलियम ? (04.27.2016)
अकूत सम्पत्ति कमाएको आरोपमा दीक्षित पक्राउ (04.27.2016)
क्रिकेटले दियो नयाँ वर्षको खुसीयाली (04.22.2016)
भारतीय रणनीतिमा सरकार परिवर्तनको कसरत ! (04.22.2016)
मधेशी मोर्चा अब देशभक्तिको आन्दोलनमा ! (04.22.2016)



 
::| Latest News

 
[Page Top]