युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 01:02am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
आन्तरिक र बाह्यशक्तिको संलग्नतामा सत्ता गठबन्धन टुटाउने उत्कर्षमुखी कसरत !
Thursday, 07.14.2016, 08:28am (GMT+5.5)

काठमाडौं । सिंगो देश बाढी–पहिरोको चपेटामा परेको छ । हजारौं जनता बेघरबार भएका छन् । ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ तर राहत कार्यमा कुनै तीब्रता छैन । भूकम्प पीडित लाखौं जनताले राज्यबाट कबुल गरिएको राहत रकम पनि समयमा नपाएर कष्ट भोग्न विवश छन् । सर्वसाधारण जनता दैनिक उपभोग्यवस्तुको अनियन्त्रित मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारीको मार खेपिरहेका छन् । असारे विकास गतिविधिमा चरम भ्रष्टाचारको गन्ध आइरहेको छ । राज्यको उपस्थिति हरेक क्षेत्रमा कमजोर देखिएको छ । संसदको अधिवेशनसमेत चलिरहेको यो बेला आमजनताका पीडाहरू सदनमा गुञ्जिन र सरकारलाई जवाफदेतापूर्ण ढंगले काम गर्नका लागि दवाव सिर्जना हुन नसकिरहेको अवस्था छ । संसदले निर्धारित समयमै बहुमतबाट विनियोजन विधेयक पारित गरेको र प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेको भए पनि सत्ता गठबन्धनभित्र सत्ताको भागबण्डा र पूर्व सहमतिको खिचलोले सरकारको भविष्यप्रति आशंका खडा गरेकाले त्यसको नकारात्मक प्रभाव प्रशासनिक राजनीतिक सवै क्षेत्रमा परिरहेको छ । संविधानको कार्यान्वयन र तहगत निर्वाचनका लागि प्रक्रियागत थालनीका कुराहरू नितान्त गौण बन्दैगएका छन् । मुलुक राजनीतिक अस्थिरता र अन्योलको गोलचक्करमा फँस्दैगएको छ । नेताहरूको ध्यान केवल सिंहदरवारको घुमाउने कुर्सीमा मात्र केन्द्रित छ । देशको असामान्य अवस्थाप्रति नेताहरू पटक्कै संवेदनशील देखिएका छैनन् ।

राजनीतिक सूत्रहरू भन्दछन्– सत्ता गठबन्धनभित्र बढ्दैगएको असमझदारी निरन्तर छताछुल्ल भैरहेको छ । सरकारमा महत्वपूर्ण मन्त्रालय ओगटेर बसेको नेकपा माओवादी केन्द्रले कुनै पनि बेला सत्ताबाट बाहिरिने छनक दिएर पूर्व सहमतिअनुसार माओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व सुम्पन दवाव दिइरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेमाथि विगतमा ढल्नैलागेको सरकार जोगाउने क्रममा  बैशाख २३ गते भएको ९ बुँदे लिखित र ३ बुँदे अलिखित सहमति कार्यान्वयन गर्न कुनै चासो नदेखाएको आरोप लगाउँदै माओवादी केन्द्रले सत्ताबाट बाहिरिने धम्की बारम्बार प्रवाह गरिरहेको छ । अर्कातिर वर्तमान सरकार गिराउन र अहिलेको गठबन्धन टुटाउनका लागि आन्तरिक कसरतलाई तीब्रता दिन एउटा बाह्यशक्तिले भित्रभित्रै चलखेल गरिरहेको र अर्को बाह्यशक्तिले अहिलेकै गठबन्धन जोगाउन पहल गरिरहेको सम्मका चर्चाहरू राजनीतिक  बजारमा छ्याप्छ्याप्ती छन् । नेपालको आन्तरिक राजनीतिकमा बाह्यशक्तिहरूको प्रतिस्पर्धात्मक खेलका अनपेक्षित चर्चाले नेपालका प्रमुख राजनीतिक दलहरूको स्वनिर्णयात्मक क्षमता र जवाफदेहिता वहन गर्ने प्रवृत्तिमाथि नै निरन्तर प्रश्न उठाइरहेको असंगत अवस्था इङ्गित गरिरहेको छ । क्षणिक सत्तास्वार्थका निम्ति राष्ट्रिय स्वार्थ र सम्मानलाई बलिबेदीमा चढाउने अपसंस्कृतिको विकासले स्वतन्त्र नेपालको जुन हुर्मत लिइरहेको छ त्यसलाई नै निरन्तरता दिने कसरतमा नेताहरू  अझै पनि लागिरहनु आत्मघात  बाहेक केही होइन भन्ने स्वतन्त्र विश्लेषकहरूको ठहर छ ।

सत्ताघटक दलहरू वर्तमान गठबन्धनको निरन्तरता र भविष्यकाबारे छलफल गर्न वारम्वार जुटिरहेका भए पनि कुनै तार्किक निष्कर्षमा पुगेका छैनन् । माओवादी केन्द्रभित्र अहिलेको गठबन्धन टुटाउन कुन शक्तिले किन प्रेरित गरिरहेको भन्ने कुतुहलता  सर्वत्र जागृत भैरहेको छ । ओली सरकार गिराउन विगतमा भएको आन्तरिक सहमति पालना नगरी त्यो प्रकरणलाई माओवादी केन्द्रको नेतृत्वले ‘मोलमोलाईको औजार’मात्र बनाएको मानेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  नयाँ सत्तासमीकरणका लागि सत्ताबाट बाहिर आउनुपर्ने शर्त माओवादीसंग राखिसकेको छ । हठात् सरकारबाट बाहिर आउँदा कांग्रेस र एमाले मिलेर आफूलाई बाहिर पार्ने हुन् कि भन्ने त्रास पनि माओवादीलाई उत्तिकै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रको बार्गेनिङ्लाई बारम्बार स्वीकार गर्नुभन्दा बरू सरकार नै छोड्नेसम्मको सन्देश दिएर क. प्रचण्डलाई जे गर्ने हो चाँडै निर्णय गर्न चुनौती दिइरहेको पनि ज्ञात हुनआएको छ । अहिले सत्ता परिवर्तन र समीकरण परिवर्तनका जे जति कुरा सतहमा आइरहेका छन् ती कसरतका पछाडि यो संविधानलाई कार्यान्वयनको बाटोमा अगाडि बढ्न नदिने र नेपालमा अन्योल र अस्थिरतालाई निरन्तरता दिने साजिस रहेको आभास भैरहेको छ । गत आइतवार मात्र बसेको सत्तारूढ दलहरूको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारत र चीनसंगको सम्झौता कार्यान्वयन हुन नदिन, मुलुकलाई अगाडि बढ्नबाट रोक्न र सरकारले गरेका कतिपय कामका कारण बाह्य र आन्तरिक दुवैतर्फबाट गठबन्धन भत्काउने प्रयास भैरहेको खुलाशा गर्नुलाई सामान्य रुपमा लिन नसकिने विश्लेषकहरूको निष्कर्ष छ । 

नेपाल चीनबीचको सम्बन्धले नयाँ गति लिन लागेको र चिनीया राष्ट्रपतिबाट आगामी असोजमा नेपाल भ्रमणमा आउने तयारी भैरहेको सन्दर्भ एकातिर छ भने अर्कातिर नेपालका राष्ट्रपतिको भरत भ्रमण र भारतका राष्ट्रपतिको नेपाल भ्रमणका प्रसंगहरू पनि उत्तिकै चर्चामा छन् । अहिलेको चलखेल चिनीया राष्ट्रपतिको नेपाल भ्रमण रोक्ने निहित उद्देश्यतर्फ लक्षित रहेको आशंका घनिभूत छ । तत्काल सरकार परिवर्तन हुने हो भने पूर्व तयारीमा रहेका यी कार्यक्रमहरू स्वतः ओझेलमा पर्ने आशंका तर्कहीन छैन । नेपालको सत्ता राजनीतिलाई आफ्नो निहित स्वार्थ अनुरूप हुँडलिरहने बाह्यशक्तिको निरन्तरको प्रयासले अहिले पनि भित्रभित्रै तीब्र गति लिइरहेकाले वर्तमान सत्ता गठबन्धन भूमरीमा फस्नसक्ने आशंका बढ्दैगएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सहमतिको नाममा भद्रगोल मच्चाउने तयारी (07.14.2016)
न्यायिक क्षेत्रमा नयाँ इतिहास (07.14.2016)
नियमावली पारितपछि निर्वाचनको सम्भावना बढ्यो (06.21.2016)
विस्फोटनमा परी १४ नेपालीको निधन (06.21.2016)
सयभन्दा बढी कानुन कहिले बन्ला ? (06.21.2016)
युगसम्वाद २९औं वर्षमा प्रवेश (06.21.2016)
नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन (06.21.2016)
संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी (06.14.2016)
आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने (06.14.2016)
धर्म प्रचारकहरूका लागि उर्बर समय (06.14.2016)
मधेश आन्दोलन राजधानी भित्रियो (05.17.2016)
मुद्दाले झस्किएको माओवादी एकतातर्फ (05.17.2016)
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए (05.17.2016)
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ? (04.27.2016)
२१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला (04.27.2016)
आयोगको सक्रियताले माओवादीमा सकस (04.27.2016)
कसले खान्छ करोडौं लिटर पेट्रोलियम ? (04.27.2016)
अकूत सम्पत्ति कमाएको आरोपमा दीक्षित पक्राउ (04.27.2016)
भारतीय रणनीतिमा सरकार परिवर्तनको कसरत ! (04.22.2016)
क्रिकेटले दियो नयाँ वर्षको खुसीयाली (04.22.2016)



 
::| Latest News

 
[Page Top]