युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 01:09am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
भारतको बन्दुक, कांग्रेस–माओवादीको काँध
Tuesday, 07.19.2016, 10:33am (GMT+5.5)

काठमाडौं । भारत जे चाहन्थ्यो त्यही भयो । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच केपी ओली नेतृत्वको सरकार ढाल्ने खेल आन्तरिक राजनीतिक कसरत र आवश्यकताको उपज नभै भारत प्रकट भएको कुरा अविश्वास प्रस्ताव दर्ता भएपछि काठमाडौंस्थित भारतीय दूताबासमा चलेको भोजले नै स्पष्ट गर्दछ । यी दुई पार्टीको काँधमा बन्दुक राखेर भारतले ओली सरकारको टाउकामा गोली हान्यो । कांग्रेस र माओवादीबीच सात बुँदे सम्झौता भएको छ ।

दुई पार्टीबीच भएको ७ बुँदे पनि यसअघि नै दिल्लीमै तयार भएको खुलासा भएको छ । जतिबेला शेरबहादुर देउवा पत्नी आरजुको उपचारका लागि दिल्ली गएका थिए त्यति नै बेला माओवादी नेता कृष्णबहादुर महरा पनि दिल्ली पुगे र त्यही त्यो सम्झौता भएको रक्षा मन्त्री भीम रावलले खुलासा गर्नुभयो । दिल्लीबाट फर्केपछि सरकार ढाल्ने खेल सुरु भयो । तर, ओलीले रोकिदिए । अहिले सकेनन् । 

भारतको नाकाबन्दीको डटेर सामना गर्नु र चीनसंग व्यापार तथा पारवहन सम्झौता गर्ने बाहेक ओली सरकारले जनताको जीवनस्तर उकास्ने र सहज बनाउने कुनै काम गरेको थिएन । यसैको बहानामा सरकार परिवर्तनको खेल रचिएको देखिए पनि वास्तवमा त्यो भारतको चाहना अनुसार भएको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको विश्लेषण छ । (हेर्नुहोस् अन्तवार्ता पृष्ठ ३ मा)

विजुक्छेको विश्लेषण छ– अहिलेको परिस्थिति एकाएक आएको हैन । यसअघि पनि आएको थियो । दृश्य देख्दा कांग्रेससँग मिलेर माओवादीले सरकार बनाउन खोजेजस्तो देखिए पनि यसभित्रको खेल अर्को छ । ग्रीसको युद्धमा प्रयोग भएजस्तै भारतको ट्रोजन हर्सका रुपमा माओवादी प्रयोग भएको छ । तर, त्यतिबेला प्रधानमन्त्री ओलीले रोकिदिए । त्यसअघि कृष्णबहादुर महरा दिल्ली गएका थिए । निम्तो त प्रचण्डलाई नै थियो । उहाँ आफैं जान नमिल्ले भएर महरालाई पठाइयो । त्यसको साथै शेरबहादुर देउवा पुगे । जहाँसम्म खुसीले उफ्रने मधेशबादी दलहरूको त कुरा गर्नै परेन । यी सबै एउटै लाइनमा छन् । यस कारण यो सामान्य कुरा होइन । मधेशवादीले त आफूलाई काठमाडौंभन्दा दिल्लीलाई नै नजिक ठान्छ । तर, भारतसंग सुरुङ युद्धको शंखनाद गर्ने प्रचण्ड भने काठको घोडा नै रहेछन । युद्धकालमा पनि भारतको बिरोध गर्दै जनता भुलाउँदै भारतमै बसे ।

अहिले भारत त्यसैको ब्याज प्रचण्डबाट खोजिरहेको छ । काठको घोडा जसरी उपयोग गरेर । प्रचण्डको अस्थिर मनस्थिति पनि भारतको उपयोगमा आउने एउटा कारण हो । उनी देश र जनताको पक्षमा लाग्न थाले कि वा माओवादीलाई आफ्नो ठानेर जनता जव नजिक पुग्छन् अनि त्यो काठको घोडाबाट लडाकु निस्केजस्तो भारत निस्केर नेपालीलाई कब्जा गर्छ ।

उहाँ भन्नुहुन्छ– कांग्रेसको बिषयमा त हामीले बिद्यार्थी कालमै २०१२।०१३ सालमै क्लास लिंदा खेरी नै भारतीय एकाधिकार पूँजी परस्त शक्ति हो भन्ने बुझेका हौं । भारतपरस्त भनेको राम्रो शब्दमा भनेको हो, त्यसको अर्थ पूजा गर्ने भन्ने लाग्छ । नराम्रो शब्दमा भन्ने हो भने यो एजेन्ट वा दलाल हो भन्ने अर्थ लाग्छ । किन त भन्दा नेपाली कंग्रेसले गरेका अहिलेसम्मका सन्धि सम्झौताहरू सबै भारतका पक्षमा छन् । ऊ जे गर्छ नेपाल भन्दा धेरै भारतको पक्षमा निर्णय गर्छ । भारतको प्रमुख सेवक नै हो कांग्रेस ।

मधेशबादी दलहरूको कुरा गर्नु ? उनीहरूको यस्तो अनुहार देखिन्छ– मोहीयानी हक छैन, जमिन जोत्नेको गर्नु प¥यो, रोजगारी छैन, सिंचाईको बन्दोबस्त छैन, दहेज प्रथालाई हटाउन प¥यो भन्ने त्यहाँका जनताको माग हो । त्यो माग एक शब्द पनि उनीहरूको मागमा छैन । उनीहरूको मागमा भरर्खरै नागरिकता पाएका बिदेशीहरूलाई नेपाली सरहको नागरिकता दिनुपर्छ भन्ने छ । ती भर्खरै नागरिकता लिएकाले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश पाउनु प¥यो भन्छन् । यी मधेशी जनताका मान्छे हुन् कि भारतका ?

हाम्रोजस्तो सानो, गरिव र राजनैतिक चेतना नभएको देशमा त्यसरी नागरिकता दिने हो भने भोलि त्यहाँका टाटा–बिडलाहरू आएर पैसाले चुनाव जित्छन् । अनि त्यसको परिणम के होला ? के हुन्छ देशको अबस्था ? अहिले नै हामी आधा जनसंख्या छौं भनिरहेका छन् । यो अवस्थामा यहाँका नेताहरू पनि त्यस्तै भएको हुँदा कुनै पनि बेला देश उनीहरूको हातमा जाने अवस्था छ ।

त्यसकारण संबिधान संशोधन गरेर उनीहरूको माग पूरा गर्ने भन्नुको मतलब देशलाई घात गर्ने नै हो । त्यसको बिरोधमै जनता सचेत हुन जरुरी छ । भोलि होइन, आजै सडकमा जाऔं । यो देशभक्तिको कुरा हो । जनताले बुझ्न थाले कि भारतले नेपाली जनताको लागि हैन कि सबै काम उसले आफ्नो हितमा गरिरहेको छ । दुईटा राज्य भएसम्म आ–आफ्नो हित खोज्नु स्वभाविकै हो ।

तर हाम्रो देशमा हाम्रो सरकारमा उसले उसको हित खोज्ने होइन नि । यहाँ त भारतले आफ्नो हित हेर्दा विरोध ग¥यो भनेर हल्ला चलाइन्छ । ठीक छ उसले उसको हित हेर्ने हो, हामीले मानेका छौं तर, हाम्रो देशका लागि गर्ने काममा पनि भारतको हित हेर्नु पर्छ भन्नेहरूलाई दलाल नभनेर के भन्ने ? दुबैको विनविन हुने ब्यापारजस्तो विषयमा लागू हुन्छ । तर जहाँ देशको हितको कुरा आउँछ आफ्नो देश र जनताको हित सोच्ने हो ।

अहिले प्रचण्डले र नेपाली कांग्रेसले जे गरिरहेका छन् त्यो न ब्यापारको कुरा छ न देश हितको कुरा छ । जे भैरहेको छ सबै भारतको हितमा काम भैरहेको छ । गएको केही महिना यता भारत पछि हटिसकेको थियो । पछि नहटी नहुने अबस्था आएको थियो । तर फेरि उसले चाल बदल्यो । हामी संबिधानलाई मान्छौ भन्दै आयो । त्यो भनेको अब यो नेपालीहरूसँग टसल गरेर हुँदैन यिनीहरूलाई फेरि फकाउनु प¥यो भनेर फकाउन खोजेको हो । तर चाल चै त्यही हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
डा. केसीको अनशनका उपलब्धि (07.19.2016)
आन्तरिक र बाह्यशक्तिको संलग्नतामा सत्ता गठबन्धन टुटाउने उत्कर्षमुखी कसरत ! (07.14.2016)
सहमतिको नाममा भद्रगोल मच्चाउने तयारी (07.14.2016)
न्यायिक क्षेत्रमा नयाँ इतिहास (07.14.2016)
नियमावली पारितपछि निर्वाचनको सम्भावना बढ्यो (06.21.2016)
विस्फोटनमा परी १४ नेपालीको निधन (06.21.2016)
सयभन्दा बढी कानुन कहिले बन्ला ? (06.21.2016)
युगसम्वाद २९औं वर्षमा प्रवेश (06.21.2016)
नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन (06.21.2016)
संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी (06.14.2016)
आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने (06.14.2016)
धर्म प्रचारकहरूका लागि उर्बर समय (06.14.2016)
मधेश आन्दोलन राजधानी भित्रियो (05.17.2016)
मुद्दाले झस्किएको माओवादी एकतातर्फ (05.17.2016)
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए (05.17.2016)
२१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला (04.27.2016)
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ? (04.27.2016)
आयोगको सक्रियताले माओवादीमा सकस (04.27.2016)
कसले खान्छ करोडौं लिटर पेट्रोलियम ? (04.27.2016)
अकूत सम्पत्ति कमाएको आरोपमा दीक्षित पक्राउ (04.27.2016)



 
::| Latest News

 
[Page Top]