युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 01:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
मुलुकलाई भयानक सङ्कटमा फँसाउने उद्देश्य
Tuesday, 07.26.2016, 12:11pm (GMT+5.5)

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफूबिरुद्धको अविश्वासको प्रस्तावमाथि उत्तर दिनेक्रममा अब आफूले सुरु गरेका विकासका अभियान र राष्ट्रियताको सम्बद्र्धन के हुने हो भन्ने प्रश्न गर्दै नेपालको आन्तरिक मामलामा वाह्य हस्तक्षेप झनै बढ्नेछ र नेपाललाई प्रयोग थलो बनाउने दुष्प्रयास तीव्र हुने आशंका व्यक्त गर्नुभएको छ । उहाँले वर्तमान राजनीतिक चलखेल खालि कसैलाई प्रधानमन्त्रीबाट हटाउन र कसैलाई बनाउनमा मात्र सीमित नभएर संविधान कार्यान्वयन हुन नदिएर मुलुकलाई भयानक सङ्कटमा फँसाउने उद्देश्यतिर पनि लक्षित रहेको समेत खुसाला गर्नुभयो । 

उहाँले भावी प्रधानमन्त्रीका लागि तयार भएर बस्नुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतिर फर्कदै भन्नुभयो– मेरो प्रश्न नै भयो– हेरौँ न त दुईचार महिना, भाषण मात्र हुन्छ की काम पनि गरिन्छ ? कहिले बाबुको पालो– कहिले छोराको, कहिले सासुको त कहिले बुहारीको भनेजस्तै प्रधानमन्त्रीको कुर्सीमा टेडो आँखा लगाएर बसेका मित्रहरूले गर्ने प्रगति र अधोगतिको वासलात जनताले हेर्लान् नि !

सत्यको पक्षमा उभिनेहरू दण्डित हुनु पर्ने, देशभक्तिको कुरा गर्नेहरूले सजाय भोग्नु पर्ने र अवसरवादको बिगबिगी हुने स्थिति पनि आउँछ । तर यस्तो स्थिति सधैँ रहनेछैन । यसबीचमा संविधान जारी गरिएको छ । यो कार्यान्वयनको क्रममा छ । आर्थिक समृद्धि र विकासको बलियोे जग बसालिएको छ । राष्ट्रिय स्वाभीमान र गौरवलाई माथि उठाइएको छ । हो, यिनलाई भत्काउने कोसिस सुरु भएको छ र आगामी दिनमा यस्ता प्रयास अझ तीव्र पारिनेछन् । मत्थर भएका जातीय–क्षेत्रीय सङ्कीर्णता एवम् विद्वेषलाई फेरि चर्काउने चेष्टा हुनेछ ।

चाडपर्वका बेला नाकाबन्दीका कारण जनताको चुल्हो बल्ने अवस्था नभएको, नेपाल–भारत सम्बन्ध इतिहासकै जटिल बिन्दुमा पुगेका बेला आफूले मुलुकको जिम्मेवारी लिएको स्मरण गर्दै उहाँले त्यसलाई सुधार्न भएको प्रयास र प्राप्त सफलता, भूकम्पपछिको पुनःनिर्माणको काम, मुलुक अभावले ग्रस्त भएका अवस्थामा मुलुकले विकास, निर्माण एवम् संविधान कार्यान्वयनमा गति लिन लागेका बेला सरकारको गठबन्धन भित्रैबाट सरकार परिवर्तनको रहस्यमय खेल सुरु भएको र सरकारमाथि ‘एक्कासी’ आक्रमण भएको गुनासो गर्नुभयो ।

प्रधानमन्त्री ओलीको प्रश्न थियो– “नेपाल भूपरिवेष्ठितभन्दा पनि एक मुलुक वेष्ठित जस्तो भएकाले मित्रराष्ट्र चीनसँग पारवहन सन्धी गरेको र विभिन्न सम्पर्क सञ्जाल स्थापित गरिएको छ”– प्रधानमन्त्रीले भन्नुभयो, “चीन र भारतसँग पारवहन सम्बन्ध स्थापित गर्ने, अन्तरदेशीय प्रसारण लाइन बनाउने निर्णय स्वाभाविक नभए कस्तो निर्णय चाहिँ स्वाभाविक हुन जान्छ ?” 

देश भूगोल र जनसङ्ख्याका आधारमा साना ठूला हुन सक्छन् तर सार्वभौमसत्ता समान हुन्छ भन्दै प्रधानमन्त्रीले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध स्थापित गर्न लागिपरेको उल्लेख गर्नुभयो । वर्तमान सरकारले स्थापित गरेको परराष्ट्र सम्बन्ध ऐतिहासिक छन् भन्ने प्रधानमन्त्रीको दाबी थियो ।

प्रधानमन्त्री ओलीले भारतीय कूटनीतिज्ञहरूले प्रश्न उठाइरहेको र आफूले पाउनुपर्ने दावी गरिरहेको “सरकार आफँैले निर्माण गर्ने भनेको काठमाडौँ–निजगढ द्रुतमार्ग, केरुङ–काठमाडौँ–पोखरा– लुम्विनी रेल सेवा, हुलाकी राजमार्ग के हुन्छ ? भन्ने प्रश्न उठाउँदै आफ्नो दुई वर्षमा कृषि र ऊर्जामा आत्मनिर्भर बनाउने कार्यक्रम, बीस हजार जनतालाई आवास निर्माण गर्ने कार्यक्रम, तराईका सदरमुकाममा बन्ने चक्रपथ, हरेक सदरमुकाम चार लेनको बाटोले जोड्ने योजना र बजेट के हुन्छ भन्ने प्रश्न उठाउनुभयो । 

त्यस्तै भैरहवा विमानस्थलजस्ता पर्याप्त बजेट छुट्याइएका योजना के हुन्छन् ? सामाजिक सुरक्षा, शैक्षिक प्रमाणपत्र धितो राखेर विद्यार्थीले ऋण पाउने व्यवस्थालाई के गर्नुहुन्छ ?” भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीले ओलीले विभिन्न दातृ निकायसँग गरिएका सहमति बाध्यकारी नभएका भए वर्षायाम अगावै भूकम्पपीडितले राहत पाउन कुनै समस्या हुने थिएन भन्दै उहाँले सरकारले जति काम गरेको छ त्यो आशालाग्दो रहेको बताउनुभयो र यही आशाले त्रस्तहरूले सरकार ढालेको बताउँदै २०५२ सालमा मनमोहन अधिकारीको सरकार अपदस्थ गरिएकोे स्मरण गर्नुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सत्ता परिवर्तनको निर्देशित खेल : राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग (07.19.2016)
भारतको बन्दुक, कांग्रेस–माओवादीको काँध (07.19.2016)
डा. केसीको अनशनका उपलब्धि (07.19.2016)
आन्तरिक र बाह्यशक्तिको संलग्नतामा सत्ता गठबन्धन टुटाउने उत्कर्षमुखी कसरत ! (07.14.2016)
सहमतिको नाममा भद्रगोल मच्चाउने तयारी (07.14.2016)
न्यायिक क्षेत्रमा नयाँ इतिहास (07.14.2016)
नियमावली पारितपछि निर्वाचनको सम्भावना बढ्यो (06.21.2016)
विस्फोटनमा परी १४ नेपालीको निधन (06.21.2016)
सयभन्दा बढी कानुन कहिले बन्ला ? (06.21.2016)
युगसम्वाद २९औं वर्षमा प्रवेश (06.21.2016)
नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन (06.21.2016)
संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी (06.14.2016)
आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने (06.14.2016)
धर्म प्रचारकहरूका लागि उर्बर समय (06.14.2016)
मधेश आन्दोलन राजधानी भित्रियो (05.17.2016)
मुद्दाले झस्किएको माओवादी एकतातर्फ (05.17.2016)
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए (05.17.2016)
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ? (04.27.2016)
२१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला (04.27.2016)
आयोगको सक्रियताले माओवादीमा सकस (04.27.2016)



 
::| Latest News

 
[Page Top]