युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 12:37am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
वाहवाही पाएर निस्किए ओली
Tuesday, 08.09.2016, 12:04pm (GMT+5.5)

काठमाडौं । नेपालका प्रधानमन्त्रीहरूमध्येमा जनताको मनमा बस्न सफल भएका औंलामा गन्न सकिनेको सूचीमा पर्नुभयो केपी शर्मा ओली । भारतको नाकाबन्दी र मधेशवादी दलको आन्दोलनकाबीच प्रधानमन्त्री बन्नुभएका ओली सरकारले भारतको नाकाबन्दीको डटेर सामना गरी नेपाललाई भारत निर्भरताबाट मुक्त गर्ने बाटो खोल्यो । आम जनताका दैनिकमा सुधार ल्याउने काम गर्न नसके पनि राष्ट्रियताको जगेर्ना र जागरण पैदा गर्न ओली सरकार सफल भयो । त्यसैको प्रतिफल होे भारतको हेपाहा प्रवृत्ति बिरुद्ध तराईका जनता प्रतिकारमा उत्रे । सप्तरीको तिलाठीबासीले राष्ट्रियताप्रति देखाएको अग्रसरता सिंगो देशका लागि उदाहरणीय बन्यो । 

ओली सरकार ढल्ने भएपछि फेरि प्रधानमन्त्री बन्न माग गर्दै सडकमा नारा लागे । ओली सरकार ढाल्न पाइँदैन भन्दै बिरोध प्रदर्शन भयो । यस्तो घटना कुनै पनि प्रधानमन्त्रीका लागि नौलो हो । पूर्व प्रधानमन्त्री केपी ओलीले बालुवाटार बसाईको लोभ एक घण्टा पनि बढी राख्नुभएन । नयाँ प्रधानमन्त्री चयन हुनुअघि बुधवार प्रधानमन्त्री निवास बालुवाटारबाट संसदका लागि निस्नुभऐका ओली त्यहाँ चुनाव सकिएपछि सिधै बालकोटस्थित आफ्नो घर फर्किनुभयो । ओली जसरी बालुवाटार पस्नुभएको थियो त्यसरी नै निस्किनुभयो ।

बालुवाटारमा पीपलको बिरुवा रोपेर बाहिरिनुभएका ओलीलाई संसद भवनबाट युवाको र्यालीले इस्कर्टिङ गरेको थियो । ९ महिनाअघि जुन उत्साह र खुसीसाथ उहाँ बालुवाटार पस्नुभएको थियो, त्यही शैलीमा बालकोट फर्किनुभयो । ९ महिनाको छोटो अवधिमा ओलीले राम्रा र नराम्रा दुवै काम गर्नुभयो । आम जनतामा उहाँको पालामा भएका नराम्रा काम ओझेलमा परे भने राजनीतिक प्रतिस्पर्धीहरूले राम्रा काम ओझेलमा पार्न खोजे । ओलीबाट राजनीति, कुटनीति र विकास समृद्धिका केही विषय यसरी बाहिर आए, जसका कारण उनी सधै सम्झिइने पात्र बनायो ।

भारतले गरेको नाकाबन्दी, एकतर्फी परनिर्भरता तोड्ने गरी चीनसँग भएको पारवहन सम्झौता, रेल्वे विकास, पेट्रोलियम उत्खननको प्र्रयास ओलीको इतिहासका बहिखातामा लेखिने महत्वपूर्ण बुँदा हुन् । भारतीय पक्षसँगको मात्र परनिर्भरता तोड्न उहाँले चीनसँग रणनीतिक खालको सम्झौता गर्नुभयो । सरकारी निवास छाड्नुअघि ओलीले बालुवाटारमा रहेका कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गर्दै नयाँ प्रधानमन्त्रीलाई पनि आफूलाई जस्तै सहयाग गर्न आग्रह गर्नुभएको थियो । 



Rating (Votes: )   
Share     Print


Other Articles:
अन्त्यहीन अस्थिरता र राष्ट्रको सुरक्षा सर्वाधिक ठूलो चुनौती (07.26.2016)
स्थानीय निकाय पाँच सय ६५ स्थानीय तहको (07.26.2016)
मुलुकलाई भयानक सङ्कटमा फँसाउने उद्देश्य (07.26.2016)
सत्ता परिवर्तनको निर्देशित खेल : राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग (07.19.2016)
भारतको बन्दुक, कांग्रेस–माओवादीको काँध (07.19.2016)
डा. केसीको अनशनका उपलब्धि (07.19.2016)
आन्तरिक र बाह्यशक्तिको संलग्नतामा सत्ता गठबन्धन टुटाउने उत्कर्षमुखी कसरत ! (07.14.2016)
सहमतिको नाममा भद्रगोल मच्चाउने तयारी (07.14.2016)
न्यायिक क्षेत्रमा नयाँ इतिहास (07.14.2016)
नियमावली पारितपछि निर्वाचनको सम्भावना बढ्यो (06.21.2016)
विस्फोटनमा परी १४ नेपालीको निधन (06.21.2016)
सयभन्दा बढी कानुन कहिले बन्ला ? (06.21.2016)
युगसम्वाद २९औं वर्षमा प्रवेश (06.21.2016)
नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन (06.21.2016)
संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी (06.14.2016)
आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने (06.14.2016)
धर्म प्रचारकहरूका लागि उर्बर समय (06.14.2016)
मुद्दाले झस्किएको माओवादी एकतातर्फ (05.17.2016)
मधेश आन्दोलन राजधानी भित्रियो (05.17.2016)
घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए (05.17.2016)



 
::| Latest News

 
[Page Top]