युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 05:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
जब सप्तरीका जनता जागे
Tuesday, 08.09.2016, 12:07pm (GMT+5.5)

काठमाडौं । भारतीय नेता र नेपालका मधेशवादी नेताहरू नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको र यो सम्बन्ध संसारमा अन्त कहीं नभएको दावी गर्दै आइरहेका छन् । तर, तिनै रोटी र बेटीलाई घात गर्ने काम भारतबाट भैरहँदा मधेशवादी नेताहरूबाट मुकदर्शकको भूमिका निर्वाह भैरहेको छ । उनीहरू भारतका कारण तराईबासीे भोग्नुपरेका समस्याहरूका विषयमा अनजान बन्दैआएका छन् । सीमा अतिक्रमण, डुबान समस्या मधेशवादी दलका नेताहरूको मुद्दै बन्न सकेको छैन । त्यसैले त भारतले यिनै नेताहरूलाई प्रयोग गरेर नेपालीमाथि थिचोमिचो गरिरहेको छ ।

लामो समयदेखि कायम रहेको यो शोषण र हस्तक्षेपको स्थितिमा सप्तरीको तिलाठीबासीको संघर्षले भने अर्कै मोड दिएको छ । नेपालका दर्जनौं जिल्लामा भारतले एकतर्फी रुपमा सीमा क्षेत्रमा बनाएको बाँध आतंकका विषयमा सिंगो राज्यले निरीहता प्रदर्शन गरिरहेको बेला तिलाठीबासीको साहसको देशव्यापी सह्राना भैरहेको छ । 

नेपालीमा एउटा उखान छ अती गर्नु अचाक्ली नगर्नु । सप्तरीमा यस्तै भएको हो । नेपाल र भारत दुबैतिरका सरकारले जनताको आवाज नसुनेकै कारण प्रकृतिले नै जनताको आवाज सुनुवाई गर्याे । अब रुपन्देही, नवलपरासी, बाँके लगायत दर्जन बढी बाँधका पीडितहरू पनि यस्तै मौकाको प्रतिक्षामा छन् । यसअघि नै समस्याको राजनीतिक र कूटनीतिक तहबाट समाधान गरिनुपर्दछ । नत्र रोटी र बेटीको सम्बन्धको अर्थ र परिभाषा नै बदलिएर घोर दुश्मनीमा परिणत हुनसक्छ । यसतर्फ नेपालभन्दा भारत बढी सचेत हुनुपर्छ ।

भारतले तिलाठीमा खाँडो खोलामा १९७४ मै बाँध बाँधेको थियो । त्यतिबेलादेखि जनता कराइरहेका थिए । त्यहाँबाट कति मन्त्री भए, सांसद भए, तर कसैले सुनेनन् । आखिर पानी रोक्ने बाँध पानीले नै भत्काइदियो । त्यसपछि पुनः बाँध बाँध्न खोज्दा जनताले प्रतिकार गरे । घाइते भए । सम्बन्धको प्रचलित सुगारटाई यहाँ उल्टो भयो । देवनारायण यादवजस्ता राष्ट्रिय नायकहरू जुर्मुराए ।

तिलाठबासी कस्तो बेलामा संघर्षमा उत्रिए भने मधेशी जनताले डुबानको समस्या भोग्दै गर्दौ सिंहदरबारदेखि मधेशसम्मका नेताहरूको मुखको बोली बन्द भैरहेको थियो र मधेशवादीहरू सत्ताको भागवण्डा मिलाउन व्यस्त थिए । खाँडो नदीमाथिको बाँध बनाउन नदिन स्थानीय जनताले गरेको प्रतिकार अनि मधेशवादी र सत्तारुढ ठूला दलको मौनता आश्चर्यजनक छैन । उनीहरू मालिक रिसाउला कि भनेरै बस्ने हुन् । तर, सत्ता बाहिर रहँदा भने उनीहरू राष्ट्रियताको चर्को कुरा गर्ने र भारतको हस्तक्षेप, अतिक्रमण अनि बाधका विषयमा बोल्ने गर्दछन् । भारतको आशीर्वादविना सरकारमा जान नपाइने भ्रम पालेर उसको थिचोमिचो स्वीकार्दैआएका नेताहरूले जनतामा जागेको राष्ट्रियताको जागरणको सम्मान गर्न सकेनन् भने उनीहरूको टेक्ने र समाउने दुबै हाँगो हुने छैन ।

भारतलाई गाली गरेर नेपाली पक्षको दास मानसिकताको ढाकछोप गर्न सकिन्न । सीमा क्षेत्रमा यत्रो घटना भइसक्दा पनि शीर्षस्थ मधेशी नेताहरू मौन बस्नुको कारण के हो ? सरकारमा सामेल दलहरू किन चुपचाप छन् ? 

सीमा क्षेत्रमा दुई देशका नागरिक भीडन्त हुनु सामान्य विषय हैन । दुवैतर्फका प्रशासन तथा कतिपय राजनीतिक दलका नेतासमेतले यस घटनालाई अप्रत्यासित भने तर स्थानीय यसलाई अप्रत्यासित मान्दैनन् । उनीहरूका अनुसार दुवैतिरको राजनीतिक एवम् प्रशासनिक नैराश्यता एवम् कुटनीतिक पहलको अभावमा दशकौंदेखि सँगै बस्दै आएका दुई गाउँलेलाई एक आपसमा जुध्नुपर्ने अवस्था सृजना हुन गएको हो ।

खास गरी नेपालतर्फका स्थानीय प्रशासनदेखि सिंहदरबारसम्मको निरीहताले दशगजा क्षेत्रमा बर्षौंदेखि हेपिँदै आएका नेपाली अब भारतीयबाट कुटिन थालेको तिलाठीका निवर्तमान गाविस अध्यक्ष दिनेश्वर मिश्रको भनाइ छ । तिलाठीका स्थानीय बुद्धिजिवी सह–प्राध्यापक दयानन्द मिश्रको भनाइमा “भारतसँग हाम्रो रोटी–बेटीको सम्बन्ध छ तर सम्बन्धमा भनेको एकतर्फी मात्रै हुँदैन । भारतीयहरूले पनि त्यो कुरा बुझ्नु पर्यो ।“

भारतले सही अर्थमा ‘रोटी–बेटी सम्बन्ध’को ख्याल गरेको भए दशगजामा झडपको स्थिति नै सृजना नहुने मिश्रको बुझाइ छ । सदियौंदेखिको ‘रोटी–बेटी’ सम्बन्धकै कारण तिलाठीसहित दक्षिणी भेगका जनताले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत ठूलो सहयोग गरेको तर भारतीय हामीलाई सघाउनु त परै जाओस उल्टै हेप्न मात्रै जानेको उहाँको बुझाई छ ।

स्मरणीय के छ भने भारतीय स्वतन्त्रता संग्रामका महानायकहरू जय प्रकाश नारायण, जेपी लोहिया सहितकाहरूलाई सप्तरीबासीले आश्रय मात्र हैन हनुमाननगर करागारमा हुँदा जेल तोडेर भारतसम्म पुर्याइदिएका थिए । तर, आज तीनै स्वतन्त्र भारतीयहरूले जवरजस्ती बनाएको बाँधका कारण हामी डुबानमा परिरहेका छौं ।

तिलाठीस्थित दशगजा क्षेत्रमा भारतीयसँगको झडपमा दर्जन बढी नेपालीहरू घाइते भइसक्दासमेत कुनै पनि मधेशसी दलका ठूला नेताहरूको तर्फबाट कुनै पनि प्रतिक्रिया नआएकोप्रति स्थानीय र घाइते दुबैथरि छुब्द छन् । घाइते मध्ये एक श्यामप्रसाद कामैत उनीहरू हाम्रो नेता हुन वा भारतको भन्ने प्रश्न गर्दै सीमा क्षेत्रमा मधेसी कुटिँदा, डुवानमा पर्दा जस्ता बेला एक थान प्रेस विज्ञप्तिसम्म निकाल्ने आट नगर्नुलाई के भन्नु ?


Rating (Votes: )   
Share     Print


Other Articles:
वाहवाही पाएर निस्किए ओली (08.09.2016)
अन्त्यहीन अस्थिरता र राष्ट्रको सुरक्षा सर्वाधिक ठूलो चुनौती (07.26.2016)
मुलुकलाई भयानक सङ्कटमा फँसाउने उद्देश्य (07.26.2016)
स्थानीय निकाय पाँच सय ६५ स्थानीय तहको (07.26.2016)
सत्ता परिवर्तनको निर्देशित खेल : राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग (07.19.2016)
भारतको बन्दुक, कांग्रेस–माओवादीको काँध (07.19.2016)
डा. केसीको अनशनका उपलब्धि (07.19.2016)
आन्तरिक र बाह्यशक्तिको संलग्नतामा सत्ता गठबन्धन टुटाउने उत्कर्षमुखी कसरत ! (07.14.2016)
सहमतिको नाममा भद्रगोल मच्चाउने तयारी (07.14.2016)
न्यायिक क्षेत्रमा नयाँ इतिहास (07.14.2016)
नियमावली पारितपछि निर्वाचनको सम्भावना बढ्यो (06.21.2016)
विस्फोटनमा परी १४ नेपालीको निधन (06.21.2016)
सयभन्दा बढी कानुन कहिले बन्ला ? (06.21.2016)
युगसम्वाद २९औं वर्षमा प्रवेश (06.21.2016)
नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन (06.21.2016)
संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी (06.14.2016)
आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने (06.14.2016)
धर्म प्रचारकहरूका लागि उर्बर समय (06.14.2016)
मधेश आन्दोलन राजधानी भित्रियो (05.17.2016)
मुद्दाले झस्किएको माओवादी एकतातर्फ (05.17.2016)



 
::| Latest News

 
[Page Top]