युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.26.2019, 07:22pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
गुटबन्दीको शिकार विद्यार्थी
Tuesday, 08.16.2016, 12:28pm (GMT+5.5)

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको गुटबन्दीको शिकार नेपाल विद्यार्थी संघ भएको छ । विद्यार्थी नेताहरुबीच स्वस्थ प्रतिस्पर्धा समेत हुन नदिने गरी पार्टी नेताहरुले टीके प्रथा जारी गर्न खोज्नु, आफ्ना पक्षलाई जिताउन फर्जी महाधिवेशन प्रतिनिधि तयार गर्नु जस्ता काण्डले ९ वर्षपछि सुरु भएको महाधिवेशन दश दिन पुग्न लाग्दा पनि सकिएको छैन । 

शनिबार बल्लबल्ल विवाद मिल्यो भनेर महाधिवेशनको मुख्य कार्य नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया आइतबारबाट सुरु गर्ने भनिए पनि आइतबार दिउँसो महाधिवेशन प्रतिनिधि विवादले पुनः नयाँ मोड लियो । यो विवादले झडपको स्थिति नित्याएसँगै आज हुने भनिएको निर्वाचन अनिश्चितता तर्फ धकेलिए पनि सोमबार दिउँसो कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको असन्तुष्टिकाबीच उम्मेदवारी मनोनयन कार्य गरिएको छ । तर, यो प्रक्रिया अघि बढ्नेमा भने शंका छ । प्रतिनिधिसंख्या थपेर नामावली आएपछि चर्को बिरोध सुरु भयो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्देशन समितिमा भएको सहमति र निर्णय विपरित मतदाता नामावली प्रकाशित भएको आरोप लगाइरहेका छन् भने अर्कोतर्फ अनशन बसेकै भरमा प्रतिनिधि थप्न नहुने केही विद्यार्थी नेताहरुको अडान रहेको छ । 

नेविसंघको प्रतिनिधि विवाद निर्देशन समितिले मिलिसकेको बताए पनि निर्देशन समितिकै दुई सदस्यले नै पहिले भएको समझदारी विपरित मतदाता नामावलीमा हेरफेर गरिएको बताएपछि प्रतिनिधि विवाद पुनः चर्किएको हो । यो समाचार तयार पार्दासम्म विवाद मिलिसकेको छैन । आइतबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको नेताहरुको बैठकले पूर्व सहमति विपरित मतदाता नामावालीमा धेरै हेरफेर गरेको भन्दै नयाँ विवाद जन्मिएको हो । सो बैठकपछि पौडेल पक्षबाट निर्देशन समितिमा प्रतिनिधित्व गरेका दुई सदस्यहरु गुरुराज घिमिरे र गोविन्द भट्टराईले मतादाता नामावलीमा हेरेफेर भएको दाबी गर्दै प्रेस विज्ञप्ती नै निकाले । 

नेविसंघका नेताहरु दीपक भट्टराई लगायत निलकण्ठ रिजाल, क्षितिज भण्डारी, मनोज आचार्य, विनिता अधिकारी, पदमराज पन्थले आइतबार नै एक पत्रकार सम्मेलनको आयोजना गरी मतदाता नामावलीमा दाखिल भएका फर्जी मतदाता नहटाई निर्वाचन भए त्यस विरुद्ध संघर्षमा उत्रने बताएका छन् । केही दिनअघि निर्देशन समितिका संयोजक प्रकाशशरण महतले पत्रकार सम्मेलनको आयोजना गरेर नेविसंघको महाधिवेशनमा ३४६० प्रतिनिधि हुने बताए पनि आइतबार वेबसाइटमा सार्वजनिक भएको मतदाता नामावलीमा ३७६० जनाको नाम सार्वजनिक भएपछि विवाद बढेको हो । 

अध्यक्षका प्रत्यासी दीपक भट्टराईका अनुसार वास्तविक नेविसंघ प्रतिनिधि भनेको मात्र २३३८ हो । तर आफ्नो पक्षका उम्मेदवारलाई जिताउनकै लागि त्यसलाई ३४६० पुर्याइयो । अहिले ३७६० को नाम सार्वजनिक भएको छ । अहिले करिव १४ सयका हाराहारीमा नेविसंघमा फर्जी मतदाता बनाइएका छन् । नेविसंघको महाधिवेशन साउन २३ गते आइतबार भृकुटीमण्डपमा सुरु भएको थियो । तर प्रतिनिधि विवादकै कारण लम्बिँदा अहिले यो पार्टी कार्यालय सानेपा सरेको छ ।

अध्यक्षका अर्का दाबेदार मनोजमणि आचार्यले निर्देशन समितिले लामो छलफलपछि तीन हजार ४६० प्रतिनिधि रहने निश्चित गरिसकेका अवस्थामा रातारात ३०० फर्जी प्रतिनिधि थपेको भनी आक्रोश व्यक्त गर्नुभयो । उहाँले ६४ जिल्लाको सूची पूर्ववत् अवस्थामा नै राखेर निर्वाचन प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वसँग माग गर्नुभयो । 

त्यस्तै अध्यक्षका दाबेदार क्षितिज भण्डारीले ‘पार्टी नेतृत्वले प्रहरीको घेरामा नेविसङ्घ कब्जा गर्ने शैलीमा गर्ने निर्वाचन’ मान्य नहुने बताउनुभयो । विद्यार्थी नेता नीलकण्ठ रिजालले पार्टी नेतृत्वको शैलीले आन्तरिक प्रजातन्त्र कस्तो छ भन्ने छर्लङ्ग भएको बताउँदै वास्तविक मतदाताको नामावली काटिएकामा विरोध जनाउनुभयो ।

मुलुकको सबभन्दा ठूलो र पुरानो लोकतान्त्रिकक पार्टीको शक्तिशाली भातृ संगठनमा देखिएका यो वितण्डाले मुलुकको भविष्य कुन दिशातिर जाँदैछ भन्ने पनि स्पष्ट संकेत गरेको छ । लोकतन्त्रको दुहाई दिने पार्टीका नेताहरुले आआफ्नो वर्चश्व कायम गर्न जुन शैली प्रदर्शन गरे र विद्यार्थी नेताहरुले जसरी आफूलाई नेताका झोले मात्र बनाउने उपक्रम सुरु गरे यसले युवा विद्यार्थीहरुको भविष्य अन्धकारमय भएको टिप्पणी हुन थालेको छ । तीन दिनमा सकिनुपर्ने महाधिवेशन १० दिनमा पनि सम्पन्न हुन नसक्नु चरम अव्यवस्थापनको नमूना हो । नेपाली कांग्रेसको महाधिवेशनमा जे देखिएको थियो नेविसंघको महाधिवेशन पनि त्यस्तै देखियो । यो मुलुकका लागि शुभसंकेत हैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रचण्ड सरकार सुरूदेखि नै शंकाको घेरामा (08.09.2016)
जब सप्तरीका जनता जागे (08.09.2016)
वाहवाही पाएर निस्किए ओली (08.09.2016)
अन्त्यहीन अस्थिरता र राष्ट्रको सुरक्षा सर्वाधिक ठूलो चुनौती (07.26.2016)
स्थानीय निकाय पाँच सय ६५ स्थानीय तहको (07.26.2016)
मुलुकलाई भयानक सङ्कटमा फँसाउने उद्देश्य (07.26.2016)
सत्ता परिवर्तनको निर्देशित खेल : राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग (07.19.2016)
भारतको बन्दुक, कांग्रेस–माओवादीको काँध (07.19.2016)
डा. केसीको अनशनका उपलब्धि (07.19.2016)
आन्तरिक र बाह्यशक्तिको संलग्नतामा सत्ता गठबन्धन टुटाउने उत्कर्षमुखी कसरत ! (07.14.2016)
सहमतिको नाममा भद्रगोल मच्चाउने तयारी (07.14.2016)
न्यायिक क्षेत्रमा नयाँ इतिहास (07.14.2016)
नियमावली पारितपछि निर्वाचनको सम्भावना बढ्यो (06.21.2016)
विस्फोटनमा परी १४ नेपालीको निधन (06.21.2016)
युगसम्वाद २९औं वर्षमा प्रवेश (06.21.2016)
सयभन्दा बढी कानुन कहिले बन्ला ? (06.21.2016)
नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन (06.21.2016)
संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी (06.14.2016)
आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने (06.14.2016)
धर्म प्रचारकहरूका लागि उर्बर समय (06.14.2016)



 
::| Latest News

 
[Page Top]