युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:41pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
किस्ता–किस्तामा टुक्र्याउने रणनीति
Wednesday, 12.07.2016, 02:39pm (GMT+5.5)

काठमाडौं । संविधानसभभाले जारी गरेको संविधानलाई मधेशवादीले स्वीकार गरेनन्, लामो आन्दोलन भयो, भारतले नाकाबन्दी लगायो । त्यसपछि तत्कालीन सरकारले संविधानको पहिलो संशोधन प्र्रस्ताव दर्ता गराएपछि पनि मधेशवादीहरुले त्यसलाई स्वीकार गरेनन् । भारतीय राजदूतले उनीहरुलाई बोलाएर स्वीकार्न भने, तर भित्री कुरा अर्कै थियो, परिस्थिति अर्कै बन्यो, सरकार बदलियो । अहिले फेरि संविधान संशोधनको भूमरी उठेको छ । 

यस्तै स्थिति अहिले देखिएको छ । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि मधेशी मोर्चाका नेताहरुले स्वीकार गरेनन् । त्यसपछि राजदूत रेले शनिबार लैनचौरस्थित भारतीय दूतावास बोलाएर मधेशी मोर्चाका नेताहरुलाई संविधान संशोधनमा साथ दिए अह्राए । तर, मधेशवादी नेताहरुले केही परिमार्जन गरिए मात्र स्वीकार्ने राजदूतलाई बताएका खबर बाहिर आए । यो असन्तोष मधेशवादी नेताहरुको राजनीतिक भविष्य समाप्त हुनेतिर केन्द्रित थियो । संविधान संशोधन भएर चुनाव भए आफूहरुलाई मधेशबाटै बढारिदिने त्रास उनीहरुमा छ ।

त्यसो त राजदूतको संविधान संशोधन प्रस्तावलाई स्वीकार्न दिएको निर्देशन र नेताहरुले अस्वीकार गरेको विषय ‘हात्तीको देखाउने दाँत’ मात्र भएको जानकारहरु बताउँछन् । अहिले पनि मधेशमा चुनाव हारेका केही नेता प्रयोग गरेर भारतले मधेशी समुदायको असन्तुष्टि भन्दै नेपालको संविधानमा आफू अनुकुलको संशोधन गराउन खोजेको छ । संविधान जारी गर्नबाट रोक्न नसकेपछि भारतीय दूतावासले संविधानप्रति ७ बुँदे विरोध सार्वजनिक गरेको थियो र त्यही मुद्दालाई लिएर मोर्चाका नेताहरुले तराईमा आन्दोलन गर्दै आएका थिए । भारतले बनाइदिएको दाहाल सरकारले भारतले गत वर्ष सार्वजनिक गरेको ७ बुँदे विरोधलाई नै समावेश गरी संविधान संशोधनको ७ बुँदे प्रस्ताव दर्ता गराएको छ । त्यसलाई पारित गर्न भारतीय राजदूत रन्जित रे सक्रिय भएका छन् । 

संशोधन प्रस्तावमा प्रदेश नं.५ का पहाडी जिल्लालाई तराईबाट अलग गर्ने भनिएको छ । यसले सो क्षेत्रमा व्यापक आन्दोलन उठेको छ । यो आन्दोलन देशभर उठ्ने संकेत देखिएको छ । यस्तोमा भारतीय राजदूतले भने अहिलेको संशोधनलाई मानेर पहिलो किस्तामा सहीछाप गर्न मधेशवादीलाई निर्देशन दिएका छन् । मधेशी मोर्चासहितको गठबन्धनको माग पूरा गर्न भनेर सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पारित नहुने र त्यस बिरुद्ध जनदवाव देखेपछि भारतीय राजदूत रेले मधेशी मोर्चाका नेताहरुलाई दिवाभोजको निम्तो दिई आफूहरुले खोजेजस्तो संविधान संशोधन अहिले नै नभए पनि पछि अर्काे संशोधन मार्फत भारतका एजेण्डा पूर्ति हुने भन्दै अहिले आएको संशोधनका पक्षमा मतदान गर्न निर्देशन दिएका थिए । 

विश्वस्त सूत्रका अनुसार छलफलमा राजदूत रेले नेताहरुसमक्ष यत्ति उपलब्धिका लागि पनि पूर्ववर्ती सरकार ढालेर पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्न परेको र यो सरकारले पहिलो किस्तामा यति मात्रै गर्न सकेको जनाउँदै अहिलेको संशोधन असफल भए ओली सरकार ढालेर भारतले प्राप्त गरेको उपलब्धी पनि गुम्ने बताएका थिए । 

मोर्चाका नेताहरुले भने आफूलाई पहिले भारतले दिएको एजेण्डा अहिले नै पूरा नभए चुनावमा जान अप्ठ्यारो हुने गुनासो गर्दै भारतले भनेकै एजेण्डा लिएर नाकाबन्दीमा सहयोग गरेकको, आन्दोलन गर्दा ५४ जनाको ज्यान गएको र अब त्यो एजेण्डा पूरा नगरी चुनावमा पत्तासाफ हुने गुनासो गर्दै मधेशमा अहिले नै मधेशवादी नेताहरुका विरुद्ध मान्छेहरु उठ्न थालेको भन्दै सबै मागा पूरा हुनुपर्ने बताएका थिए ।

रेले मधेशवादी नेतालाई फकाउँदै “अहिलेको नतिजा पनि त्यतिकै आएको होइन, यसलाई समर्थन गरेर मात्रै नयाँ नतिजा ल्याउन सकिन्छ, अहिलेको संशोधन मार्फत पश्चिम तराईलाई अलग गर्न सकिन्छ । यसैलाई नजिर बनाएर पूर्वी तराईका झापा, मोरङ, सुनसरी र सुदूर तराईका कैलाली कञ्चनपुर छुट्याउने बाटो खुल्छ ।” त्यस्तै “मधेशको अलग राष्ट्रियता र वैवाहिक अंगीकृतको नागरिकता खुकुलो बनाएर हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउने उपलब्धी यसपटक पाएपछि अर्काे पटकमा अंगीकृतलाई सबै पदमा पु¥याउने गरी संशोधन गराउन सकिन्छ ।”

भारतले तत्काल चुनाव हुन नदिने रणनीति पनि बनाइसकेको रहेछ । सरकारले प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा चैत्रमा स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरे पनि त्यो संविधान संशोधन प्रस्ताव पास गराउने मेसो मात्र रहेको खुलस्त भएको छ । मधेशवादी नेताहरुलाई राजदूत रेले चुनाव हुन्छ भन्ने भ्रम नपाल्न भन्दै संविधान संशोधनपछि फेरि अर्काे संशोधनका लागि आन्दोलन नै गर्ने भएकाले तपाईंहरुलाई नै देखाएर चुनाव हुन भारतले दिंदैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
यसरी बन्ने छ हिन्दी सरकारी भाषा (12.07.2016)
यस्तो छ संशोधन प्रस्ताव (11.29.2016)
संविधान र सरकारको भविष्य अन्योलग्रस्त (11.29.2016)
महाकाली नदी हडप्ने दाउमा भारत (11.29.2016)
द्रुतमार्ग आफैं बनाउने ढोका खुल्दै (11.23.2016)
संविधान संशोधनको एकोहोरो रटान (11.23.2016)
चार अर्बमध्ये गरीबको हातमा कति पर्याे (11.23.2016)
सांसदको सुविधा बेमौसमी बाजा (11.23.2016)
बाहिरी निर्देशनका एजेण्डाबिरुद्ध व्यापक जनमत (11.08.2016)
दश वर्षमा अंगीकृत नागरिक संवैधानिक पदमा पुग्ने (11.08.2016)
भारतसंगको सम्बन्ध आआफ्नै स्वार्थ अनुसार (11.08.2016)
भारतीय राष्ट्रपतिको भ्रमण सकारात्मक : नेताहरू (11.08.2016)
आम नेपाली समुदायमा बडादशैंको चहलपहल (10.05.2016)
उपत्यकाका भूकम्प पीडितलाई तिहारपछि (10.05.2016)
यही हो भारत भ्रमणको सफलता ? (10.05.2016)
संविधान संशोधन आफ्ना लागि कि अरुलाई रिझाउन ? (09.27.2016)
भारत खुसी पार्दा चीन झस्कियो (09.27.2016)
लडाकु शिविर काण्डमा फस्दै शीर्ष नेताहरू (09.27.2016)
प्रधानमन्त्री दाहालको भारत भ्रमण प्रत्युत्पादक ! (09.20.2016)
पुरानै समस्या, पुरानै रटान र पुरानै प्रतिबद्धता (09.20.2016)



 
::| Latest News

 
[Page Top]