युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:41pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नेपाली सेना भारतको कमाण्डमा पठाउने प्रस्ताव : हिमालयन गेम प्लानको अर्को शृङ्खला
Thursday, 12.29.2016, 03:26pm (GMT+5.5)

काठमाडौं । नेपालमाथि आफ्नो पञ्जा गाड्न निरन्तर अनेक षड्यन्त्र गरिरहेको भारतले पछिल्लो समेत नेपाली सेनालाई आफू मातहत शान्ति सेनामा पठाउने प्रस्ताव गरेर हस्तक्षेपको सबभन्दा डरलाग्दो नमूना पेश गरेको छ । विश्व शान्ति स्थापनार्थ आधा शताब्दीभन्दा लामो इतिहास बोकेको नेपाली सेनालाई भारतले आफू मातहत शान्ति सेना खटाउने गरी राजनीतिक तयारी सुरु गरेपछि यसले नेपालको सत्ता राजनीति मात्र हैन सैनिक नेतृत्व र आम नागरिकमा आक्रोश र चिन्ता उत्पन्न गरेको छ ।

संघीयता कार्यान्वयन र मधेशी जनताको अधिकारका नाममा मधेश र पहाडको सम्बन्ध टुटाउने खेल खेल्दैआएको भारतले शान्ति सेना समेत उसकै मातहत राख्ने प्रस्ताव गरेको समाचार प्रवाह भएपछि भारतको नियत र योजना अरु प्रष्टिएको छ । यो प्रकरणपछि भारतले सार्क राष्ट्रबाट पाकिस्तानलाई अलग्याउन नेपाललाई हतियारका रुपमा प्रयोग गर्न चाहेको र सिंगो सैनिक संरचनालाई नै आफ्नो कमाण्डमा राखेर नेपालको सुरक्षाको जिम्मा लिने षड्यन्त्र गरिरहेको आँकलन गर्न गाह्रो छैन । किनभने पाकिस्तानलाई अलग्याउन भारतले भुटान, बंगलादेश, भारत र नेपालको एउटा अलग्गै संगठन (बीबीआईएन)को अवधारणा अघि सारेको छ । दृश्यमा भारतले अफ्रिकी युनियनको जस्तै संयुक्त शान्ति सेना हुने प्रस्ताव गरेको देखिए पनि भारतको नियत के हो भन्ने प्रश्न यो प्रकरणले अरु प्रष्टिएको छ । 

नेपाली सैनिक विश्वभरि नै शान्ति स्थापनामा अब्बल मानिन्छन् र अन्तर्रा्ष्ट्रिय क्षेत्रमा नेपालको सबभन्दा महत्त्वपूर्ण पक्षका रूपमा नेपाली सेनाले शान्ति स्थापनार्थ निर्वाह गरेको तटस्थत भूमिकालाई पनि लिइन्छ । यिनै पक्षहरूले गर्दा द्वन्द्वग्रस्त मुलुकको रोजाइमा नेपाली सेना पर्दै आइरहेको छ । नेपालले ५८ वर्षदेखि निरन्तर शान्ति मिसनमा सहभागिता जनाउँदै हालसम्म १ लाख १४ हजार ७ सय ९४ सैनिकलाई यूएनको शान्ति मिसनमा पठाइसकेको छ ।

नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राखेर आफ्नो स्वार्थ पूरा गर्ने भारतको धेरै पहिलेदेखिको योजना हो । सिक्कीम विलय गरेपछि नेपालमाथि आँखा गाडेको भारतले यसका लागि अनेक खेल खेल्दै आयो र ती सबै असफल हुने देखेपछि अब नेपाली सेनालाई सुरुमा क्षेत्रीय सैन्यको अवधारणा देखाएर आफूमातहत ल्याउने र पछि कमाण्ड नै सम्हाल्ने रणनीति बनाएको आशंका एक अवकाशप्राप्त सैनिक अधिकारीको छ ।

नेपालका नेताहरू हामीले भन्यो त्यही मान्छन् भन्ने भ्रम भारतलाई परेको छ र यस्तो धेरै सन्दर्भमा ठ्याक्कै मेल खान्छ । तर, कतिपय सन्दर्भमा नेताहरूले राष्ट्रिय  सुझबुझ देखाएका छन । संविधान जारी गर्ने सवालमा नेताहरूले भारतको भनाइ मानेनन् । तर, त्यसको परिणाम अहिले पनि भोग्दैछ मुलुकले । अहिले सेनाका विषयमा पनि नेताहरू राष्ट्रिय स्वार्थकै पक्षमा उभिन्छन् भन्ने विश्वास गर्न त सकिन्छ । तर, कतिबेला कस्तो खेल भारतले खेल्छ र नेपालका नेताहरूले कसरी त्यसलाई सम्बोधन गर्छन् त्यो चाहिं यसै भन्न सकिन्न ।

नेपाली सेनाले भारतको यो चाहना कुनै हालतमा स्वीकार गर्नुहुन्न भन्ने भन्दै नेताहरूलाई सचेत गराइरहेका छन् । भारतले पहिलेदेखि नै आफ्नो मातहतमा शान्ति सेना पठाउने प्रस्ताव राख्दै आएको थियो । सुरुमा सार्कमार्फत राष्ट्रसंघको शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो । भारत विश्वमा ठूलो सैन्य शक्ति भएको राष्ट्रमध्ये एक हो । 

यस विषयमा भारतले नेपालको राजनीतिक तहमा लबिङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरेको उच्च स्रोतको दाबी छ । यसैका लागि भारतका पूर्व जनरलदेखि सैन्य अधिकारीहरूको नेपाल भ्रमण दोहोरिइरहेको छ । स्मरणीय कुरा के छ भने नेपाली सेनाका प्रधान सेनापति भारतको स्थल सेनाका मानार्थ प्रधान सेनापछि हुने र भारतीय स्थल सेनाध्यक्ष नेपाली सेनाका मानार्थ प्रधान सेनापति हुने प्रावधान छ ।

नेपालको सत्ता राजनीतिमा भारत भक्ति प्रदर्शन गर्ने धुन्दुकारी चरित्रका नेताहरूका कारण भारतीय हस्तक्षेप एक दशकयता ह्वात्तै बढेको छ । सामान्य मानिसले समेत अनुभूत गर्न सक्ने गरी बढेको भारतीय हस्तक्षेपको पछिल्लो चरणका रुपमा शान्ति सेना उसको कमाण्डमा जाने प्रस्ताव हो । लोकतन्त्र स्थापनासंगै बाँडिएको नागरिकताले तराईमा उथलपुथल मच्चएर गैर नेपालीहरूको हावी हुन थालेको छ । राजनीतिमा पनि त्यस्तै व्यक्तिहरूको हालिमुहाली हुँदा तराईका भूमिपुत्रहरू अल्पमतमा पर्दै नेपालबाट तराई अलग गर्ने र सो क्रममा नेपाली सेनालाई नियन्त्रण गर्ने योजना होइन भन्न सकिन्न ।

नेपालमा लोकतन्त्र (गणतन्त्र) स्थापनालगत्तै भारतबाट एउटा सनसनीपूर्ण सामग्री सार्वजनिक भएको थियो । ‘हिमालयन गेम प्लान’ भन्दै नेपालको सार्वभौमसत्तामाथि प्रहार गरी नेपाललाई भारतको सुरक्षा छातामा राख्ने रणनीति थियो त्यो । भारत अहिले पनि त्यही प्लान अनुसार खेलिरहेको छ । कहिले शान्त त कहिले आक्रामक भएर भारतले दादागिरी देखाइरहेको छ । यसका लागि कहिले कसलाई उपयोग गर्ने त कहिले कसलाई गर्दै नेपालको हितको दुहाई दिएर भारत आफ्नो स्वार्थ पूरा गर्ने मेसोमा निरन्तर लागिरहेको छ ।

भारतको त्यो गेम प्लानमा तराईलाई आफू अनुकूल बनाउने उल्लेख छ । सोमार्फत भारतले नेपालको तराई क्षेत्रको मुस्लिम वस्तीप्रति रिस पोखेको थियो ।  खासमा भारत लगायतका अन्य देशमा धर्मका कारणा नरसंहार मच्चिरहँदा नेपालका हिन्दु र मुस्लिमबीच भाइचारा कायम राख्नै सदभाव कायम गर्न एकताबद्ध भएका अनेक दृष्टान्त छन् । यसले पनि भारतलाई तराईमा आफ्नो पकड बढाउन सजिलो भएको छैन । त्यसैले ऊ अनेक दाउपेच रचिरहन्छ ।

भारतको गेम प्लानमा तराईका भारतीय सीमा क्षेत्रमा मदरसाहरूको संख्या बढेको, साउदी सहयोग तराई क्षेत्रमा लगानी भएको आरोप मात्र लगाएन कि पछिल्लो समय चीनले तराईमा बढी चासो दिएकोमा समेत असन्तुष्ट छ । भारत र अमेरिकीहरू चिनीया सीमा क्षेत्रमाा निर्वाध जाँदा केही नहुने तर चिनीयाहरू तराई झर्दा भारतको पारो चढ्ने गरेको छ । 

भारतले नेपालको तराई आतंकवादको आश्रयस्थलका रुपमा समेत प्रमाणित गर्ने कोसिस गरिरहेको छ । खासमा यो खुला सीमाका कारण हो र आतंककारी भारत हुँदै नेपाल छिरेर भारत पस्ने हुन् । अर्को कुरा नेपालबाट जति आतंककारी भारत प्रवेश गरेको भनिन्छ त्योभन्दा दशौँ गुणा बढी भारतीय भाषाका आतंककारीहरू भारत पाकिस्तान, भारत बंगलादेश सिमाना र अरब सागरको बाटोबाट प्रवेश गर्ने गरेका छन् ।

नेपालको तराई क्षेत्रमा हुँदैआएको आपराधिक गतिविधिमा भारतबाटै आएका अपराधीहरूको हात छ । भारतीयहरूकै कारण नेपालमा असुरक्षा बढेको भए पनि त्यसलाई देखाएर आफ्नो सुरक्षा चासो भन्दै तराईलाई निल्ने योजना बनाइरहेको छ । खुला सीमा कारण भारतमा अपराध गरेर नेपालमा लुक्ने र नेपालबाट भारत र भारतबाट नेपालमा अपराध संजाल चलाउनेहरूको विगविगी रहेकोमा कुनै शंका छैन । तर यसमा नेपालीबाट नभै भारतीयबाटै बढी सुरक्षा खतराा बढिरहेको छ । संविधान जारी हुनु अघिदेखि भएको तराई आन्दोलनमा भारतीयको संलग्नताा प्रष्टै देखिएको हो र त्यसमा भारतीय सत्ता र गुप्तचर संस्थाको साथ रहेको समाचार विवरण पनि सार्वजनिक भएको थियो । 

यी र यस्तै तमाम घटनाक्रमहरूको विश्लेषण गर्ने हो भने नेपाली सेनाको शान्ति सेना मिसनलाई कमाण्ड गर्ने भारतको चाहनाको भित्री पाटोका विषयमा गम्भीर हुन सकिएन भने नेपालले ठूलो दुर्भाग्यको सामना गर्नुपर्ने चिन्ता आमरुपमा जागृत भएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सिमाना हेरफेर असंवैधानिक (12.29.2016)
संसद चल्नै सकेनः निर्वाचनमा जाने कुरा हौवा मात्र (12.20.2016)
छलछामका लागि निर्वाचनको रटान (12.20.2016)
कार्यकर्ता बाहेकका राजदूत बन्लान् ? (12.20.2016)
भारु सटहीमा सरकारको वेवास्ता (12.20.2016)
संविधान संशोधनको पक्षमा भारतको चलखेल (12.07.2016)
मुलुकको हित हैन बाह्यस्वार्थ हावी हुँदै (12.07.2016)
किस्ता–किस्तामा टुक्र्याउने रणनीति (12.07.2016)
यसरी बन्ने छ हिन्दी सरकारी भाषा (12.07.2016)
संविधान र सरकारको भविष्य अन्योलग्रस्त (11.29.2016)
यस्तो छ संशोधन प्रस्ताव (11.29.2016)
महाकाली नदी हडप्ने दाउमा भारत (11.29.2016)
द्रुतमार्ग आफैं बनाउने ढोका खुल्दै (11.23.2016)
संविधान संशोधनको एकोहोरो रटान (11.23.2016)
चार अर्बमध्ये गरीबको हातमा कति पर्याे (11.23.2016)
सांसदको सुविधा बेमौसमी बाजा (11.23.2016)
दश वर्षमा अंगीकृत नागरिक संवैधानिक पदमा पुग्ने (11.08.2016)
बाहिरी निर्देशनका एजेण्डाबिरुद्ध व्यापक जनमत (11.08.2016)
भारतसंगको सम्बन्ध आआफ्नै स्वार्थ अनुसार (11.08.2016)
भारतीय राष्ट्रपतिको भ्रमण सकारात्मक : नेताहरू (11.08.2016)



 
::| Latest News

 
[Page Top]