युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नेपाल डुबाउने दीर्घकालीन रणनीति
Tuesday, 01.31.2017, 11:37am (GMT+5.5)

काठमाडौं । मुलुकमा संविधान संशोधनको रडाको मच्चिरहेका बेला भारतले अन्तर्राष्ट्रिय प्रावधान मिचेर नेपाली भूमिलाई समस्यामा पार्ने गरी दशगजामा संरचना निर्माण गरिरहेको छ । बाँकेमा दशगजा मिचेर सडक बनाएको भारतले अहिले महोत्तरीमाा दशगजा मिचेर संरचना निर्माण गरेको छ । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ । 

जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो । सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दसगजा मिचेर पक्की संरचना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताउनुभयो । 

भारतीय पक्षले दसगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको सम्बन्धी गत पुस २३ गते नै जानकारी पाएपछि सशस्त्र बेस क्याम्प मटिहानीले सो संरचनाको विरोध गरी काममा अवरोध खडा गर्दै रोक लगाएको थियो । तर पुनः भारतले सबै मान्यता र सम्झौतालाई लत्याउँदै तीन साता नबित्दै दसगजामा सडक र नाला निर्माण गरेको सशस्त्र प्रहरी उपरीक्षक, प्रकाश श्रेष्ठले बताउनुभयो । 

भारतले यसरी दसगजामा बनाएको पक्की सडक र नालाको महोत्तरीका प्रजिअ यादवसहितको सुरक्षा निकायले स्थलगत निरीक्षण गरेको छ भने यसबारे उहाँहरूले भारततर्फका मधुवनी जिल्लाका डिएम र सशस्त्रका कमाण्डरसँग समन्वय गरी निर्माण गरिएको संरचना भत्काएर मिचिएको दसगजा क्षेत्रलाई खाली गराउन प्रयास भइरहेको जनाइएको छ ।

मुलुकको सीमा भारतबाट मिचिइरहेको छ । तर, काठमाडौंमा भारतको निर्देशनमा तराईको हित गर्ने भन्दै भारतकै निर्देशनमा देशघाती काम भैरहेको छ । तराईका जनता भारतीय हस्तक्षेपको चर्को बिरोध गर्दै प्रतिकारमै उत्रन थालेका छन् । गत साउनमा सप्तरीको तिलाठीका जनताले कुनौलीमा बाँध नबनाउने सहमति गरेको छ । यो प्रतिरोधले भारतीय ज्यादतीलाई गतिलो पाठ सिकाएको थियो । 

भारतसँग सीमा जोडिएका दर्जनौं ठाउँमा भारतले यसरी नै बाँध बाधेर नेपाली भूभाग डुबानमा पार्दै आएको छ । सीमाका हजारौं नेपालीहरू डुवानका कारण विस्थापित बन्नुपर्ने स्थिति पैदा भइरहेको छ । रातारात जंगे पिलरहरू गायब हुने गरेका छन् । दिनदिनै नेपाली चेलीहरूको सीमामा अस्मिता लुटिएको छ । घास, दाउरा, मेलापात जाँदा नेपालीहरू एसएसबीको गोलीका शिकार भएका छन् । यस्तो ज्यादतीका विरुद्ध दशजगाका नेपालीहरू दिनदिनै लडिरहेका छन्, तर उनीहरूको लडाइमा नेताहरूो साथ छैन । 

नेपाल र भारतबीच अनेक स्थानमा सीमा समस्या छ । भारतले नेपालको ६५ हजार हेक्टरभन्दा बढी भूभाग अतिक्रमण गरेको सिमाविदहरूले बताइरहेका छन् । नवलपरासीको सुस्ता र दार्चुलाको कालापानीमा सबभन्दा बढी भूभाग अतिक्रमण भएको छ । कालापानीमा त भारतीय फौज नै बसेको छ । भारतले सिंगो तराईलाई डुबाउने गरी दशजगामा १६०० किलोमिटर लामो सडक बनाउने योजना बनाएको र यसको सुरुवात बाँकेहुँदै अहिले महोत्तरी पुगेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
निर्वाचनको हल्लामात्रःराजनीतिक सङ्कट गहिरिने सङ्केत (01.18.2017)
देश टक्र्याउँछु भन्नेलाई कारबाही गर्ने प्रावधान राख (01.18.2017)
पुनःसंरचना प्रतिवेदन अर्को लफडा (01.18.2017)
शिलान्यास गर्ने त्यसपछि चुपचाप... (01.18.2017)
नेपाल नै नबच्ने चिन्ता (01.18.2017)
मुलुकको भविष्य सन्दिग्ध (01.12.2017)
“मुलुकलाई जुवाको खालमा थापियो” (01.12.2017)
एकता दिवस मनाउनु आवश्यक (01.12.2017)
सरकार नै पालना गर्दैन अदालतको आदेश (01.12.2017)
राजनीतिपछि औद्योगिक क्षेत्रमा हमला (01.04.2017)
सत्तापक्ष नै भीडन्त निम्याउन निर्देशित ! (01.04.2017)
यो ध्रुवीकरणको परिणाम के आउला ? (01.04.2017)
द्वन्द्व अवशानको कुनै लक्षण छैन (12.29.2016)
नेपाली सेना भारतको कमाण्डमा पठाउने प्रस्ताव : हिमालयन गेम प्लानको अर्को शृङ्खला (12.29.2016)
सिमाना हेरफेर असंवैधानिक (12.29.2016)
संसद चल्नै सकेनः निर्वाचनमा जाने कुरा हौवा मात्र (12.20.2016)
छलछामका लागि निर्वाचनको रटान (12.20.2016)
कार्यकर्ता बाहेकका राजदूत बन्लान् ? (12.20.2016)
भारु सटहीमा सरकारको वेवास्ता (12.20.2016)
संविधान संशोधनको पक्षमा भारतको चलखेल (12.07.2016)



 
::| Latest News

 
[Page Top]